विखण्डन भएको समाजलाई एकिकृत गर्नुपर्ने जरुरी ठानेकी छु -भवानी तिवारी - Naya Online

विखण्डन भएको समाजलाई एकिकृत गर्नुपर्ने जरुरी ठानेकी छु -भवानी तिवारी

धादिङ जिल्लाको मैदीगाउँमा जन्मिएकी भवानी तिवारी गैरआवासीय नेपाली संस्था (एनआरएनए) अष्ट्रियाको महासचिव छिन् । तिवारीले आगामी कार्यकाल (२०२१–२०२३)का लागि अध्यक्ष पदमा उम्मेदवार दिएकी छन् ।

सन् २००५ मा युरोपको साइप्रस पुगेकी तिवारी २०१२ देखि भने अष्ट्रियामा बस्दै आएकी छन् । यो १६ वर्षदेखि युरोपको बसाइले उनलाई नेपाली समुदायमात्र होइन एनआरएनमा पनि सक्रिय बनायो । उनको २००५ देखि नै प्रत्यक्ष र अप्रत्यक्ष रूपमा एनआरएनएका गतिविधिमा संलग्न हुँदै आएको हो । २०१७–२०१९ मा एनआरएनए एनसीसी अष्ट्रियाको महिला संयोजक हुँदै २०१९ मा भने महासचिव बनेकी तिवारी यो पटक चाहिँ अध्यक्षकै प्रत्यासी भएकी हुन् ।

प्रस्तुत छ, नयाँअनलाइनका लागि उनै अध्यक्षका प्रत्यासी भवानी तिवारीसँग म्यासेन्जर कुराकानी ।

महिला संयोजक, महासचिव हुँदै अध्यक्षको दावेदारी हुनुहुन्छ, कस्तो छ माहौल ?
माहौल त त्यस्तै हो खासै केहि फरक छैन ।

उम्मेद्धार एक्लै हुनुहुन्छ कि अरू पनि ?
एकजना उमेदवार प्रतिद्वान्दी हुनुहुन्छ ।

एनआरएनमा अष्ट्रियाको चर्चा निकै हुने गर्दछ, के छ अष्ट्रियामा त्यस्तो महत्वको विषय ?
आन्तरिक विवाद थियो त्यसैले हुनसक्छ । संस्थामा व्यक्तिगत रिसिइवी मोल्ने स्थान बन्दैछ ।

पहिले तपाईको श्रीमान पनि अध्यक्ष हुनुहुन्थ्यो, अहिले तपाई हुन खोज्दै हुनुहुन्छ । यो त शेष घलेपछि जमुना घले आउन खोजेजस्तै भएन र ?
हजुर ! त्यस्तै लाग्नू स्वभाविकै हो तर श्रीमान अध्यक्ष हुनु भएको थियो भन्दैमा श्रीमतीले पनि आफ्ना चाहना, इच्छाहरू मार्नुपर्छ भन्ने छैन जस्तो लाग्छ ।

नेपाली पहिचानको निरन्तरताको लागि नेपाली समुदायको राष्ट्रिय सम्मेलन गर्ने योजना गर्नुभएको रहेछ, यो भनेको के हो ?
नेपाली कला, भाषा संस्कृतिको पहिचानका लागि विभिन्न, जात, जाति, धर्मलाई समेटेर कार्यक्रम गर्ने हो । जुन कार्यक्रमले नयाँ पुस्ताका युवा युवतीहरूलाई एनआरएन संस्थाप्रति आस्था जागोस् र नेपाललाई सधैँ माया गरिरहुन् भन्ने उद्देश्य हो ।

एनआरएनले मातृभूमिको लागि केके गरिरहेको होला, यहाँको जानकारीमा भएको कुराहरू पाउँ न ।
एनआरएनले धेरै राम्रा कामहरू पनि गरेको छ । जस्तै विगत लामो समयदेखि योजनामा रहेको गोर्खाको लाप्राक नमूनाबस्ति हस्तान्तरण गर्यो । NRNA Mobile Blood Bank Project सञ्चालन गरिरहेको छ भने कोभिडको पेन्डामिक अवस्थामा एनआरएनले ठूलो आर्थिक सहयोग गरेको छ । साथै स्वास्थ क्षेत्रमा रहेका विश्वभरका गैरआवासीय नेपाली स्वास्थकर्मीहरूलाई टीमवर्क गरि परिचालन गराएको थियो । गैरआवासीय नेपाली संघको स्थापना कालदेखि परिकल्पना गरिएको रू. १० अर्बको लगानी नेपाल भित्र्याउने परियोजना “एनआरएनए नेपाल डेभलमेन्ट फण्ड”को रूपमा जन्मिएको छ । मातृभूमिलाई आपत विपत पर्दा सधैँ सक्रिय भूमिका निभाएको छ । यिनै हुन् ।

जसरी इण्डियाको एनआरइले सम्पूर्ण भारतको विकासमा ठूलो योगदान दियो, त्यसरी एनआरएनएले नेपालको लागि ठोस कामहरू गर्न सक्छ कि सक्दैन ? या गरिसकेको छ कि छैन ?
एनआरएनले इण्डियाको एनआरइले भन्दा पनि राम्रो गर्न सक्छ तर संस्थामा मतलव पूरा गर्न आउनेको संख्या ज्यादा भैदिएन भने । संस्थाको हितका लागि काम गर्नेहरूले जग बलियो बनाउनु जरुरी छ । संस्थाको गुणात्मक विकास भएको खण्डमा मात्र केन्द्र बलियो बन्न सक्छ । अनि मात्र नेपालको लागि ठोस कामहरू गर्न सक्छ ।

यो एनआरएनमा खाली विवाद भइरहन्छन्, निर्वाचन हुन्छ, त्यो आवश्यक छ ?
विश्वभरका ८३ देशमा राष्ट्रिय समन्वय परिषद छन् । विवाद त भैहाल्छ नि तर यो कार्यकाल अलि बढि नै भयो । निर्वाचन हुनैपर्छ भन्ने छैन तर सर्वसहमति हुन नसकेको खण्डमा अन्तिम उपाय भनेको निर्वाचन पद्दति नै त हो ।

विवादको जड चाहीँ के हो ?
आजभोलि सामाजिक संस्था र नेतृत्वको परिभाषा परिवर्तन भएजस्तै लाग्छ । संस्थामा जिम्मेवारी लिएर के कस्तो भूमिका निभाउने भन्दा पनि कसले कसलाई ढलाउन जाने भन्ने धेरै छ । व्यक्तिगत इगो, रिसिइबी बोकेर संस्थाको नेतृत्वमा गएकै कारण विवाद चर्केको हुन्छ ।

तपाईका चुनावी एजेण्डा केके छन् ?
विखण्डन भएको समाजलाई एकिकृत गर्नुपर्ने जरुरी ठानेकी छु । संस्थालाई संस्थागत तवरले बलियो बनाउनु छ, र अन्य सामान्य एजेन्डाहरू छन् ।

त्यसलाई कसरी पूरा गर्नुहुन्छ ?
अष्ट्रियाको नेपाली समाजलाई राम्रोसँग नियालेको छु र गैरआवासीय नेपाली संस्थाको उद्देश्यलाई भित्रदेखि नै बुझेको हुनाले यी दुवै पक्षलाई ब्यालेन्समा राखेर आफ्ना योजनाहरू पूरा गर्नेर्छु ।

अन्त्यमा केही ?
अष्ट्रियावासी सबैमा हार्दिक धन्यवाद साथै आभार । मुल्यांकन गरेर मताधिकार प्रयोग गर्नु हुनेछ भन्ने पूर्ण विश्वास गरेको छु । यहाँले सम्पर्क गरेर आफ्नो अमूल्य समय दिनु भएकोमा विशेष धन्यवाद ।

प्रस्तुतिः सीता तुम्खेवा

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

गजलमा अतिवाद गलत र हानिकारक छ -प्रकाश आङ्देम्बे

प्रकाश आङ्देम्बे । नयाँ पुस्ताहरूको ढुकढुकी । आज नेपाली साहित्यलाई धेरै युवापुस्ताहरू प्रेम गर्छन्...

जति नै लेखे पनि ‘परदेश’का विषय र मुद्दाहरु लेख्न बाँकी उती नै रहन्छ -चकेन्द्र राई

धनकुटाको पाख्रिबास नगरपालिकामा २०३४ सालमा जन्मेका आख्यानकार हुन् चकेन्द्र राई । वैदेशिक रोजगारीका निम्ति...

‘बन्दकी समयका छोक्राहरू निचोरेर सिर्जनाकर्ममा लगाउनुपर्ने वाध्यता छ’ -गणेश खड्का

गणेश खड्का नेपाली साहित्यका शसक्त हस्ताक्षर हुन् । २०३३ सालमा भोजपुरको तिवारी भञ्ज्याङमा जन्मेका...

पुस्तक वार्ता: ‘पार्सल’का कथाहरू अरपेहरूका जीवन र जिन्दगीको भोगाई हुन्’

२०३४ सालमा धनकुटाको बोधेमा जन्मिएका कथाकार हुन् जीवन देवान गाउँले । झण्डै दुई दशकदेखि...

‘गीत संगीत मानिसको अभिन्न साथी हो’ -कला राई

गायिका कला राईको नेपाली संगीतमा छुट्टै पहिचान छ । लोकआधुनिक गायनमा चर्चा कमाएकी राईले...

‘लय र भाव गजलरूपी शरीरका दुईटा आँखा हुन्’ -श्रीजन श्री

विगत दुई दशकदेखि नेपाली साहित्यमा समर्पित स्रष्टाको नाम हो ‘श्रीजन श्री’ । नेपाली गजलको...

‘साहित्य सिर्जना र लेखन भनेको पथ प्रर्दशक नै हो’ -नेत्रप्रसाद काफ्ले

नेत्रप्रसाद काफ्ले। धरान उप महानगरपालिका वार्ड नम्बर १३ का वडाअध्यक्ष हुन् । सदा आफुलाई...

कम्युनिष्ट पार्टी शब्दजाल बुन्नमा सिपालु हुन्छ -भीम राई, केन्द्रीय सदस्य, जनता समाजवादी पार्टी

भीम राई जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य हुन् । उनले माध्यमिक तह अध्ययनरत...

विखण्डन भएको समाजलाई एकिकृत गर्नुपर्ने जरुरी ठानेकी छु -भवानी तिवारी

धादिङ जिल्लाको मैदीगाउँमा जन्मिएकी भवानी तिवारी गैरआवासीय नेपाली संस्था (एनआरएनए) अष्ट्रियाको महासचिव छिन् ।...

‘हालिमुहाली चै गरिनँ, पार्टीले दिएको जिम्मेवारी पुरा गरेँ’ -अइन्द्रसुन्दर नेम्बाङ

अइन्द्रसुन्दर नेम्बाङ नेपाल कम्युष्टि पार्टी एमालेका केन्द्रीय सदस्य हुन् । विद्यार्थी राजनीतिबाट अगाडि आएका...