युथ फोर्स, अखिल फोर्स औचित्यहिन –योगेश भट्टराई - Naya Online

युथ फोर्स, अखिल फोर्स औचित्यहिन –योगेश भट्टराई

काठमाडौँ, ८ साउन । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी र सामाजिक कामको नेतृत्व गर्न सक्ने संगठनलाई पाखा लगाएर नयाँ खोलिएका संगठनको औचित्य नहुने बताएका छन् ।

अनेरास्ववियू तथा युवा संघजस्ता संगठनलाई पाखा लगाउँदै युथ फोर्स, अखिल फोर्सजस्ता संगठनहरू स्थापना भएपछि यसो भनेका हुन् ।

फेसबुकमार्फत आक्रोस पोख्दै भट्टराईले भनेका छन् –“ऐतिहासिक र गौरवशाली ईतिहास भएका, पञ्चायत फाल्ने र गणतन्त्र ल्याउने आन्दोलन/क्रान्तिको अग्रभागमा रहेर भूमिका खेलेका, हजारौ युवाहरूलाई राजनीतिक/बैचारिक शिक्षा मार्फत पार्टी र सामाजिक कामको नेतृत्व गर्नसक्ने क्षमतामा पुर्याएका अनेरास्वबियू र युवासंघजस्ता संगठनलाई ओझेलमा रखेर निर्माण गरिएका युथ फोर्स अखिल फोर्सको औचित्य के छ ?”

यस्ता संगठनले राजनीतिलाई अपराधीकरण गर्न उद्दत गर्ने भट्टराईको ठम्याई छ । त्यसैले यस्ता संगठनको खारेज गरिनुपर्छ, उनले अगाडि भनेका छन् –“समाजमा आतंकको आभास दिने र युवाहरूलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्द्त यस्ता बाहुबली समुहहरू तत्काल खारेज गर्नु पर्दछ ।”

अनेरास्वबियू र युवासंघ जस्ता संगठनलाई सहि नीति र नेतृत्व प्रदान गरेर राजनीतिक र सामाजिक काममा अग्रसर गराउपर्नेमा भट्टराईको जोड छ । युवासंघ र अनेरास्ववियूले गर्न नसक्ने तर युथफोर्स र अखिल फोर्सले मात्र गर्न सक्ने कुनै त्यस्तो काम नभएको उनको तर्क छ ।

पञ्चायत अखिलले नै फालेको र २०४८ पछिको कांग्रेसको राज्य आतंकसँग अखिल नै लडेको कुरा उनले स्मरण गरेका छन् । त्यसैगरी माओवादीको १० बर्षे हिंसाको प्रतिवाद अखिल र युवासंघले गरेको उनको भनाई छ ।

पार्टीभित्रका गुटहरूमा बैचारिक चरित्र सकिंदै जाँदा एक अर्काका विरुद्ध बाहुबली जत्था प्रयोग गर्न खोजेको हो ? भट्टराईको प्रश्न छ ।

“यदि हो भने हामी आफ्नो र कम्युनिस्ट आन्दोलनको चिहान आफैँले खनिरहेको स्वीकार गर्नु पर्दछ । शान्तिपूर्ण र वैधानिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने, कानुनी राज्यलाई स्वीकार गर्ने, फरकमतलाई फक्रन दिनेजस्ता विशेषतासहितको बहुदलीय जनवादको सिद्धान्तलाई अनुशरण गरेको नेकपा एमालेका लागि यो सुहाउने काम होइन । तसर्थः यस्ता गतिविधिमाथि तत्काल रोक लगाउन पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसमक्ष हार्दिक अनुरोध गर्दछु ।” भट्टराईको अनुरोध गर्दै लेखेका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

जसपा जिल्ला समन्वय समिति पान्थरद्वारा सङ्गठन सुदृढीकरण तथा जनजागरण सुज अभियान कार्यक्रम सम्पन्न

पदम सुखी सम्बाहाम्फे कुम्मायक, ९ असोज । जनता समाजबादी पार्टी जिल्ला समन्वय समितिद्वारा शुक्रबार...

घुन्सा हेलिकप्टर दुर्घट्नामा ज्यान गुमाएकाहरूको फोटोमा माल्यार्पण र दिपप्रज्वलन

काठमाडौ, ७ असोज। जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालको आयोजनामा ताप्लेजुङको घुन्सा स्थित हेलिकप्टर...

अजम्मरी अक्षरहरुको बिमोचन

इक्साहाङ चेम्जोङ बिराटनगर, २ असोज । प्रदेश नम्बर १ का नारी स्रष्टाहरुको कविताहरुलाई संकलन...

थारु, वालुङ तथा सौका समुदायका लोपोन्मुख धुनहरुमाथि हाम्रो धुनः हाम्रो धड्कन

काठमाडौँ, ४ असोज । संविधान दिवस –२०७८ को अवसरमा थारु, वालुङ तथा सौका समुदायका...

आदिवासी जनजाति महासंघ मकाउको मातृसंस्थाहरूसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न 

सन्देश लिम्बु मकाउ । वैदेशिक रोजगारीको शिलशिलामा मकाउ स्थित विभिन्न क्षेत्रमा कार्यरत नेपाली जनजातिहरूविच...

सर्जिकल सामग्री सप्लायर्स हुँ भन्दै २४ लाख ठगी गर्ने पक्राउ

आफूलाई सर्जिकल सामग्री सप्लायर्स हुँ भन्दै सर्जिकल सामग्री उपलब्ध गराइदिने विश्वास दिलाई नगद ४२...

गीतकार संघको ‘राष्ट्रिय स्रष्टा सम्मान’ असोज पहिलो सातामा हुने

काठमाडौ । गीतकार सङ्घ नेपालले वार्षिक रुपमा आयोजना गर्दै आइरहेको ‘राष्ट्रिय स्रष्टा सम्मान’ कार्यक्रम...

सङ्खुवासभामा ६ जनाको हत्या गर्ने लोकबहादुरलाई प्रहरीले सार्वजनिक गर्‍यो

काठमाडौ, २७ भदौ । गत सोमबार सङ्खुवासभाको मादी नगरपालिका–१ उमलिङ खोला गाउँमा एकै परिवारका...

चौबिसे समाजद्वारा ढाका उद्यमी यमुना तुम्सा सम्मानित

धरान, २६ भदौ । चौबिसे समाज धरानद्वारा चौबिसे सङ्घ ढाका उद्योगका सन्चालिका यमुना तुम्सा...

बाढी पहिरो पीडितलाई लायन्स क्लब अफ नेपाल शेर्पाजको राहत सामग्री

दोलखा, २६ भदौ । दोलखाको कालिञ्चोक गाउँपालिका स्थित लापिलाङका पहिरो पीडितलाई न्यानो कपडा र...