सुनिता बिसीको तीज गीत मेरो नाचो सार्वजनिक - Naya Online

सुनिता बिसीको तीज गीत मेरो नाचो सार्वजनिक

काठमाडौँ, ८ साउन । नेपाली दिदिबहिनी महिलाहरूको महान चाड तीज नजिकिदै छ । तीज नजिकिएसँगै तीजसँग सम्बन्धित बिभिन्न भाकाका गीत तथा म्युजिक भिडियोहरू बन्ने क्रम बढ्दो छ ।

कोरोना महामारी र लकडाउनका कारण पहिलो वर्ष भिडियो बन्ने क्रम केही कमै भएपनि यसपाली भने केही बढ्दो छ । यसैबीच गायिका सुनिता बिसीको स्वरले सुसज्जित तीजको “मेरो नाचो” बोलको गीत सार्वजनिक भएको छ ।

दिदिनहिनीको मनमा हालको विभिन्न परिस्थितिका कारण मनमा कुजिएका कुरालाई दर्शाउन खोजिएको निकै नै मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।

प्रकाश शाहीको लय शब्द तथा विपिन आचार्यको एरेन्ज रहेको गीतमा विभिन्न प्राकृतिक बिपत्ति बाध्यता, विवस्ता, राजनीतिक परिघटना र वैदेशिक हस्तक्षेपले हाम्रो समाजमा परेको नराम्रो असर तथा विषेशतः नारीहरूमा प्रत्यक्ष मारमा परेको कुराहरूलाई उजागर गर्न खोजिएको छ ।

यिनै कथा ब्यथाहरूलाई उजागर गर्दै जस्तोसुकै पीर ब्यथामा पनि आफ्नो संस्कार संस्कृति जगेर्ना गर्न नारीहरू रमाउने गर्छन् नारीहरूको संस्कृति र नाचलाई केसैले पनि रोक्न र छेक्न सक्दैन भन्ने साकारात्मक सन्देश पनि गीतमार्फत दिन खोजिएको छ ।

श्रीनाथ फिल्मस् प्रा.लि.को पोस्ट प्रोडक्सन चन्द्र मन्दिरको निर्देशनमा तयार पारीएको भिडियोमा सुधा कार्की, बिनम कंडेल, ममता खडलुक, जानकी शाही, लक्ष्मी शाही, भुमिका खड्कालगायतको अभिनय तथा नृत्य देख्न सकिन्छ ।

ज्योती पौडेल (शाही) निर्माता रहेको भिडियोमा छायांकन अर्जुन सापकोटा, सम्पादन तथा रंग संयोजन निर्मल प्याकुरेल, श्रृङ्गार इन्द्रजित खड्का, कोरियोग्राफी सीता भण्डारीको रहेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चाडपर्वमा परदेशीको पीडा

काठमाडौं, ९ असोज। दर्जन चलचित्रमा अभिनय गरिसकेका व्यस्त नायक दिनेश केसी र आशा केसीको...

थारु, वालुङ तथा सौका समुदायका लोपोन्मुख धुनहरुमाथि हाम्रो धुनः हाम्रो धड्कन

काठमाडौँ, ४ असोज । संविधान दिवस –२०७८ को अवसरमा थारु, वालुङ तथा सौका समुदायका...

“पात बजाउँदै…” को म्युजिक भिडियो बजारमा

नडाहा, ३ सुनसरी । कृष्टी किराँती राईद्वारा निर्देशित “पात बजाउदै ….“ लोक गीतको म्युजिक...

गीतकार जीवन मुकारुङको ‘जवानी मनलाई’ सार्वजनिक (भिडियोसहित)

काठमाडा, २ असोज। चिरपरिचत गीतकार जीवन मुकारुङको ‘जवानी मनलाई फुलैमा सारी’ बोलको गीत भिडियोसहित...

कवि तथा गीतकार चन्द्र सम्बाहाम्फे लिम्बुको शब्दमा ‘मंगोलियन मुहार’

काठमाडौं, २ असोज । गायक तथा मोडल आयन राईले निर्माण गरेको ‘मंगोलियन मुहार’ बोलको...

बालकृष्ण वनेमको ‘मनको विरह’ सार्वजनिक

काठमाडौ, २८ भदौ । गायक तथा संगीतकार बालकृष्ण वनेमको ‘मनको विरह’ बोलको गीतको अडियो ...

पुष्पन प्रधान र प्रविशा अधिकारीको ‘तिम्रो मन’

काठमाडौ, २८ भदौ । पुष्पन प्रधान र प्रविशा अधिकारीको स्वरमा रहेको गीत ‘तिम्रो मन’...

नेशनल बक्स अफिस तीज अवार्ड–२०७८ सम्पन्न, करिष्मा, दिपाश्री, भुवन केसी लगायत सम्मानित

काठमाडौ, २७ भदौ । नेशनल बक्स अफिस तीज अवार्ड–२०७८ भव्यताका साथ सम्पन्न भएको छ...

चाम्लिङ भाषाको ‘फोप्ती’ म्युजिक भिडियो सार्वजनिक

ललितपुर, २६ भदौं । चाम्लिङ राई भाषाको ‘फोप्ती’ बालगीतको म्युजिक भिडियो सार्वजनिक भएको छ...

राजधानीमा राष्ट्रिय कलाकार तथा सर्जक सम्मान कार्यक्रम सम्पन्न

काठाडौ, २५ भदौ । सोमबार राजधानीमा राष्ट्रिय कलाकार तथा सर्जक सम्मान कार्यक्रम २०७८ सम्पन्न...