नेपाल प्रज्ञा–प्रतिष्ठानले ल्यायो आधिकारिक एवम् प्रयोगात्मक शैक्षणिक व्याकरण - Naya Online

नेपाल प्रज्ञा–प्रतिष्ठानले ल्यायो आधिकारिक एवम् प्रयोगात्मक शैक्षणिक व्याकरण

काठमाडौँ, ८ साउन । नेपाल प्रज्ञा–प्रतिष्ठानले कुलपति गङ्गाप्रसाद उप्रेतीको निर्देशन र सम्पादनमा शिक्षा र प्राज्ञिक क्षेत्रका विशिष्ट विद्वान्हरू प्रा.डा. हेमनाथ पौडेल, प्रा.डा. रमेशप्रसाद भट्टराई र डा. प्रेमप्रसाद चौलागाईँद्वारा लेखिएको “प्रज्ञा नेपाली शैक्षणिक व्याकरण” प्रकाशन गरी बजारमा ल्याएको छ ।

प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले हालसम्म बजारमा पुरानै पद्धतिमा लेखिएका व्याकरणहरू रहेको अवस्थामा नेपाली भाषाका सिपहरूको शिक्षण गर्न अति उपयोगी हुने किसिमले लेखिएको यो हालसम्मकै नवीन व्याकरण भएको बताएका छन् । उनले नेपाली शैक्षिक क्षेत्रले लामो समयदेखि प्रयोगात्मक एवम् रचनामुखी आधिकारिक शैक्षणिक व्याकरणको खोजी गरिरहेको बेला आएको यस व्याकरणको आफ्नै महत्त्व रहेको कुरा प्रस्ट्याएका थिए ।

प्रस्तुत पुस्तकका लेखक प्रा.डा. हेमनाथ पौडेलले विशेष गरी विद्यालय र विश्वविद्यालयका शिक्षक र विद्यार्थीलाई केन्द्रित गर्दै प्रयोगात्मक विधिको प्रयोग गरी लेखिएको यो पाठपरक रचनात्मक व्याकरण भएकाले यस व्याकरणले शिक्षण–प्रशिक्षणका साथै व्याकरणका सबै अध्येतालाई सघाउ पु¥याउने बताएका थिए ।

अर्का लेखक प्रा.डा. रमेशप्रसाद भट्टराईले पुस्तकमा सबैभन्दा पहिला विभिन्न विषयका सान्दर्भिक पाठहरू दिई ती पाठमा प्रयोग भएको व्याकरणलाई पहिचान गरी त्यसबाट व्याकरण सिकाउने विधिको प्रयोग गरिएको बताए । उनले भाषा र व्याकरण अलग कुरा होइनन् व्याकरण भनेको भाषाभित्रकै नियम हो भन्ने कुरालाई यसले प्रस्ट पारेको र नियम र सिद्धान्तबाट व्याकरण सिकाउने निगमनात्मक पद्धति भन्दा आगमनात्मक पद्धतिको प्रयोग गरी व्याकरण सिकाउँदा शिक्षण प्रभावकारी, रोचक र सरल हुनुका साथै भाषिक सिपको अभिवृद्धिमा पनि सहयोग पुग्ने बताएका थिए ।

अर्का लेखक डा. प्रेमप्रसाद चौलागाईंका अनुसार पुस्तकमा भाषिक व्यवस्थाका विविध पक्षलाई प्रतिनिधित्व गर्ने खालका विभिन्न पाठहरू दिइएका छन् । विद्यार्थीहरू भाषिक प्रयोगबाट नै नेपाली भाषाको व्याकरण व्यवस्थासित परिचित होऊन् भन्ने उद्देश्यले प्रबन्ध, दैनिकी, कथा आदिबाट प्रत्येक पाठको प्रारम्भ गरिएको छ भने ती प्रत्येक पाठका अन्त्यमा विभिन्न स्रष्टाका रचनाका अंश दिई त्यसबाट अभ्यास गराइएको छ । उहाँले यो हालसम्मकै नवीन, आधिकारिक र पाठपरक प्रयोगात्मक व्याकरण भएको पनि बताएका थिए ।

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा तयार पारिएको यो व्याकरण सबै तहका शिक्षक–विद्यार्थीका लागि त अति उपयोगी छ नै साथै मानक नेपाली व्याकरण जान्न, बुझ्न चाहने सबै व्यक्तिहरूका लागि पनि यो उत्तिकै महत्त्वपूर्ण बनेको देखिन्छ । डिमाइ आकारको ३५२ पृष्ठको यो पुस्तकको मूल्य ३१५ रहेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चाडपर्वमा परदेशीको पीडा

काठमाडौं, ९ असोज। दर्जन चलचित्रमा अभिनय गरिसकेका व्यस्त नायक दिनेश केसी र आशा केसीको...

विष्णुमाया लिम्बुलाई सलिसाम कतारको आर्थिक सहयोग

मोरङ । काठमाडौस्थित किर्तिपुर अस्पतालमा उपचार गराइरहेकी केराबारी गाउपालिका वडा नम्बर २ घर भएकी...

डिसहोममा ‘वीर योद्धा’

काठमाडौ । चलचित्र ‘वीर योद्धा’ शुसक्रबारबाट प्रदर्शनमा आएको छ । उद्धव अविदित निर्देशित ‘वीर...

डा. चित्र मावोको तेतृत्वमा माओवादी केन्द्र सङ्गठन

इक्साहाङ चेम्जोङ ताप्लेजुङ, १ असोज । माओवादी केन्द्रले देशैभरी संगठन निर्माणलाई तिब्रता दिएको छ...

स्मार्टले ल्यायो नेपाल मै पहिलो पटक ‘ग्रेटेस्ट जिबी प्लान’

काठमाडौ, ३१ भदौ। स्मार्ट टेलिकमले नेपालमा टेलिकम जगत मै पहिलोपटक ‘अब जमाना जिबीको’ भन्ने...

ओखलढुंगामा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं, २८ भदौ । ओखलढुंगा, मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानी मितेरिभन्ज्याङस्थित सडकमा बा.११ च ५२१० नंम्बरको...

३ किलो सुन सहित २ जना पक्राउ

काठमाडौं, ३० भदौ । काठमाडौं महानगरपालिका–८ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्गत आन्तरिक उडान तर्फको व्यागेज...

हेवाखोलाले बगाएको ४ वर्षीया आँचल योङ्याको शव फेला

काठमाडौ, ३० भदौ । हेवाखोलाले बगाई आठ दिनदेखि बेपत्ता भएकी ४ वर्षीया बालिकाको शव...

ईजाजत प्राप्त चिकित्सकको स्वीकृतिबिना ल्याउँदै गरेको औषधि सहित पक्राउ

पर्सा, २८ भदौ । वीरगंज महानगरपालिका–१६ नगवामा ईजाजत प्राप्त चिकित्सकको स्वीकृति बिना ना.३ ख...

पुष्पन प्रधान र प्रविशा अधिकारीको ‘तिम्रो मन’

काठमाडौ, २८ भदौ । पुष्पन प्रधान र प्रविशा अधिकारीको स्वरमा रहेको गीत ‘तिम्रो मन’...