प्यारालाइसिसले थलिएका केवटलाई जनउद्दार केन्द्रले गर्यो उद्दार - Naya Online

प्यारालाइसिसले थलिएका केवटलाई जनउद्दार केन्द्रले गर्यो उद्दार

जेडी गाउँले

क्वालालम्पुर, मलेसिया २३ जुलाई । प्यारालाइसिसले थलिएका नवलपरासी जिल्लाको साविक हरपुर ५ का ४० बर्षिय हरिशचन्द्र केवटलाई उद्दार गरी नेपाल पठाइएको छ ।

उनी अवैधानिक रुपमा मलेसियाको मेलाका राज्यमा काम गर्दै आएका थिए ।

केवटको अवस्था थाहा पाएपछि उनको परिवार र साथीहरूले जनउद्धार केन्द्र समक्ष सहयोगको याचना गरेपछि केन्द्रले कागजी प्रक्रिया लगायत याबत कुराहरुमा समन्वय गरेर आज हिमालयन एअरलाइन्सको उडानमार्फत नेपाल पठाइएको हो ।

जनउद्धार केन्द्रका अध्यक्ष केशु थापाबाट प्राप्त जानकारीअनुसार केवटको पारिवारिक स्थिति एकदमै कमजोर रहेको छ । प्रतिकुल परिस्थितिको फाइदा उठाउदै केवट कार्यरत कम्पनीले उपचारमा मोटो रकम खर्च भएको र नेपाल पठाउनसमेत अहिलेको अबस्थामा निकै रकम खर्च हुने भन्दै पिडितको परिवारसँग मोटो रकम असुली गरेको र उक्त रकम सबै उपचारमा खर्च भएको भन्दै थप रकमको माग गरिरहेको थियो । यसको विवरणसहित लिखित जानकारीसहित उद्दार गरिपाउ भनी परिवारले जनउद्धार केन्द्रलाई निवेदन गरेपछि उनको उद्दारको लागि लागिपरेको थियो ।

अध्यक्ष थापाका अनुसार कोभिड १९ र यसले मलेसियामा पारेको प्रतिकुल अबस्थामा जसरी पनि उद्दार गर्ने र केवटको परिवारबाट असुल गरिएको रकम फिर्ता गराउने संकल्प गरेका थियो । त्यो पूरा भएको छ ।

अवैधानिक भएको र शारीरिक रुपमा अशक्त भएकोले केवटसँग नेपालसम्म नै पुग्नेगरी सहयोगी पनि साथमा पठाइएको अध्यक्ष केशुले जानकारी गराएका छन् ।

के हो जनउद्दार केन्द्र ?
मलेसियालाई केन्द्र गरेर “श्रमिकको हित हाम्रो चाहना, पीडितको उद्धार हाम्रो कामना” नारा लिएर स्थापना सामाजिक संस्था हो जनउद्दार केन्द्र ।

जनउद्दारले आप्रवासी कामदारहरूको लागि काम गर्ने गर्दछ । प्रवासमा काम गर्नुपर्दाको समस्यालाई नजिकबाट बुझ्ने गर्दछ र हिंसाविरुद्ध खबरदारी पनि गर्दछ ।

गैर–नाफामुखी संस्थाको रुपमा स्थापित यस केन्द्रले परदेशी कामदारहरूको लागि परोपकार र कल्याणमा केन्द्रित छ । रोजगार ऐनको सर्तको कुनै विवाद वा उल्लङ्घनको विरूद्ध असहाय विदेशी कामदारहरुलाई आपसी परामर्श र परामर्श प्रदान गर्ने गर्दछ । कोष जुटाउन गतिविधिहरू आयोजना गर्दछ । बिरामी परेका विदेशी कामदारलाई सहयोग पुर्याउन र उनीहरूको स्वदेश फिर्तीका लागि रिटेन्सन क्याम्प वा जेलमा राखिएकालाई सहयोग गर्ने गर्दछ ।

केन्द्रको स्थापना कालदेखि आजसम्म थुप्रै बिरामी, अबैधानिक नेपालीहरू र जेल जीवन भोगेकाहरूलाई उद्दार गरि स्वदेश फर्काउन सफल भएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

विष्णुमाया लिम्बुलाई सलिसाम कतारको आर्थिक सहयोग

मोरङ । काठमाडौस्थित किर्तिपुर अस्पतालमा उपचार गराइरहेकी केराबारी गाउपालिका वडा नम्बर २ घर भएकी...

कवि तथा गीतकार चन्द्र सम्बाहाम्फे लिम्बुको शब्दमा ‘मंगोलियन मुहार’

काठमाडौं, २ असोज । गायक तथा मोडल आयन राईले निर्माण गरेको ‘मंगोलियन मुहार’ बोलको...

आदिवासी जनजाति महासंघ मकाउको मातृसंस्थाहरूसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न 

सन्देश लिम्बु मकाउ । वैदेशिक रोजगारीको शिलशिलामा मकाउ स्थित विभिन्न क्षेत्रमा कार्यरत नेपाली जनजातिहरूविच...

चलचित्र निर्देशक सुमन दाहालसहित विभिन्न व्यक्तिहरु सम्मानित

काठमाण्डौँ, भदौ २९ । चलचित्र तथा म्युजिक भिडियो निर्देशक सुमन दाहाल सम्मानित भएका छन्...

अमेरिकाको ल्याक्सिङटनमा सुदुरपश्चिम समाज गठन

काठमाण्डौँ, भाद्र २८ । सुदुरपश्चिमको कला संस्कृतिको संरक्षणसँगै प्रवर्धनका लागि अमेरिकाको केन्टकी राज्य स्थित...

मकाउमा नेपाली जनसम्पर्क समितिको चौथो अधिवेशन सम्पन्न

सन्देश लिम्बु मकाउ, १० सेप्टेम्बर । गत ८ सेप्टेम्बर बुधबार मकाउ स्थित नेपाली कांग्रेस...

बाग्लुङ समाज पोर्तुगलको दोश्रो अधिवेशन सम्पन्न

केश तमू पोर्तुगल, ९ सेप्टेम्बर । बाग्लुङ समाज पोर्तुगलको दोश्रो अधिवेशन सम्पन्न भएको छ...

भूपू गोर्खाहरूको माग सम्बोधन गर्न युकेमा प्राम्भिक बैठक सम्पन्न

लण्डन । बेलायती भूपू सेनाका मागहरू सम्बोधनका लागि बुधबार प्रारम्भिक बैठक सम्पन्न भएको छ...

आफ्ना लागिभन्दा अरुका लागि बाँच्न सिकौं –सुनिता गुरुङ

देब बाँस्कोटा इजरायल, ७ सेप्टेम्बर । भोजपुरकी सुनिता गुरुङ विगत १५ वर्षदेखि इजरायलमा कार्यरत...

मोना पोर्तुगल (केन्द्र)को सातौं अधिवेशन सम्पन्न

केश तमु पोर्चुगल, ७ सेप्टेम्बर । म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्चुगलले आइतवार सातौ...