नेपाल फर्कने तयारी गर्दागर्दै निधन - Naya Online

नेपाल फर्कने तयारी गर्दागर्दै निधन

जेडी गाउँले

मलेसिया, २३ जुलाई । मलेसियाबाट नेपाल फर्किने तयारीमा रहेका ओख्रेनी ७ सल्यानका २७ वर्षीय खिमबहादुर थापाको घर फर्किन नपाउदै मलेसियामै निधन भएको छ ।

थापाले नेपाल फर्कनको लागि उनले १९ तारिखका दिन नेपाली दुतावासले जारी गर्ने यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) समेत बनाईसकेका थिए । थापा केहि समय अगाडि देखि शरिर सुन्निले रोगवाट पिडित वनेका थिए । उनी केहि समय अगाडि देखि किड्नीका समस्याबाट पिडित भएको बुझिएको छ । हिड्नसमेत नसक्ने अवस्थामा पुगेपछि उनी बिरामी अस्वस्थामै क्वालालम्पुर आएर घर फर्कने प्रकृया अगाडि बढाईरहेका थिए ।

घर फर्कनको लागि आवश्यक पर्ने अध्यागमनको समेत काम पुरा गरिसकेर २५ तारिखका दिन नेपाल फर्कनको लागि टिकट समेत काटिसकेका थिए । पछिल्लो समयमा मलेसियामा अवैधानिक बसेका विदेशीहरुले सिधै एयरपोर्टमा पुगि जरिवाना बुझाएर आफ्नो देश फर्कन सक्ने प्रावधान त बनाएको छ तर कोरोना नेगेटिभ भएका प्रमाण पेश गर्नुपर्ने हुन्छ ।

थापाको शवलाई पोष्टमार्टमको लागि क्वालालम्पुर अस्पतालमा राखिएको छ । समयमै उपचार अभावमा उनको मृत्यु भएको मलेसियामा रहेका नेपालीहरुले बताएका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

विष्णुमाया लिम्बुलाई सलिसाम कतारको आर्थिक सहयोग

मोरङ । काठमाडौस्थित किर्तिपुर अस्पतालमा उपचार गराइरहेकी केराबारी गाउपालिका वडा नम्बर २ घर भएकी...

कवि तथा गीतकार चन्द्र सम्बाहाम्फे लिम्बुको शब्दमा ‘मंगोलियन मुहार’

काठमाडौं, २ असोज । गायक तथा मोडल आयन राईले निर्माण गरेको ‘मंगोलियन मुहार’ बोलको...

आदिवासी जनजाति महासंघ मकाउको मातृसंस्थाहरूसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न 

सन्देश लिम्बु मकाउ । वैदेशिक रोजगारीको शिलशिलामा मकाउ स्थित विभिन्न क्षेत्रमा कार्यरत नेपाली जनजातिहरूविच...

चलचित्र निर्देशक सुमन दाहालसहित विभिन्न व्यक्तिहरु सम्मानित

काठमाण्डौँ, भदौ २९ । चलचित्र तथा म्युजिक भिडियो निर्देशक सुमन दाहाल सम्मानित भएका छन्...

अमेरिकाको ल्याक्सिङटनमा सुदुरपश्चिम समाज गठन

काठमाण्डौँ, भाद्र २८ । सुदुरपश्चिमको कला संस्कृतिको संरक्षणसँगै प्रवर्धनका लागि अमेरिकाको केन्टकी राज्य स्थित...

मकाउमा नेपाली जनसम्पर्क समितिको चौथो अधिवेशन सम्पन्न

सन्देश लिम्बु मकाउ, १० सेप्टेम्बर । गत ८ सेप्टेम्बर बुधबार मकाउ स्थित नेपाली कांग्रेस...

बाग्लुङ समाज पोर्तुगलको दोश्रो अधिवेशन सम्पन्न

केश तमू पोर्तुगल, ९ सेप्टेम्बर । बाग्लुङ समाज पोर्तुगलको दोश्रो अधिवेशन सम्पन्न भएको छ...

भूपू गोर्खाहरूको माग सम्बोधन गर्न युकेमा प्राम्भिक बैठक सम्पन्न

लण्डन । बेलायती भूपू सेनाका मागहरू सम्बोधनका लागि बुधबार प्रारम्भिक बैठक सम्पन्न भएको छ...

आफ्ना लागिभन्दा अरुका लागि बाँच्न सिकौं –सुनिता गुरुङ

देब बाँस्कोटा इजरायल, ७ सेप्टेम्बर । भोजपुरकी सुनिता गुरुङ विगत १५ वर्षदेखि इजरायलमा कार्यरत...

मोना पोर्तुगल (केन्द्र)को सातौं अधिवेशन सम्पन्न

केश तमु पोर्चुगल, ७ सेप्टेम्बर । म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्चुगलले आइतवार सातौ...