किरात राई यायोक्खाले किरात सिरिजङ्गा लिपिलाई प्रचलन गर्ने - Naya Online

किरात राई यायोक्खाले किरात सिरिजङ्गा लिपिलाई प्रचलन गर्ने

काठमाडौँ, ८ साउन । किरात राई यायोक्खाको पहलमा चार किरात साथै सरोकारवाला संस्थाहरुस्ँग समन्वयमा किरात सिरिजङ्गा लिपिलाई थप सम्वृद्ध गर्दै आम रुपमा प्रचलनमा ल्याउने प्रयास गरिरहेको जनाएको छ ।

भर्चुअल माध्यमबाट ७ साउनमा भएको यायोक्खाको नियमित बैठकबाट यो उक्त प्रयासबारे प्रकाश पारिएको थियो ।

यायोक्खाकै पहल किरात राई समुदाय भित्रका ८ भन्दा बढी भाषा सरकारी विद्यालयहरुमा पठनपाठन सुरु भएको र ३ भन्दा बढी भाषा स्थानीय तहमा सरकारी कामकाजको रुपमा प्रयोग हुने भएको पनि जनाएको छ ।

त्यसैगरी किरातीहरुको मुन्दुममा उल्लेखित खुवालुङ बिकासको लागि १ नम्बर प्रदेश सरकारले बजेट ब्यबस्थापन यायोक्खले गरिरहेको जानकारी दिएको छ ।

१२ औ राष्ट्रिय जनगणनामा जातिको महलमा राई, भाषाको महलमा आ–आफ्नो भाषा र धर्मको महलमा किरात लेख्न, लेखाउन बृहत् अभियान नै चलाएर प्रयास गरिरहेको र किरात प्रदेश नाम राख्न निरन्तर प्रयासमा रहेको यायोक्खा विस्वभर रहेका समुदायको सकारात्मक सुझावसहित अघि बढ्ने निर्णय गरेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

महिला शक्ति विकास केन्द्रद्वारा कुम्मायकमा एकदिने कार्यक्रम

पदम सुखी सम्बाहाम्फे पाँचथर, ६ माघ । कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा आज महिला नेतृत्व...

सञ्जय तुम्बाहाम्फेकृत ‘सृष्टिको याङदाङ’ लोकर्पण

ललितपुर, ४ माघ । कवि सञ्जय तुम्बाहाम्फेको कविताकृति ‘सृष्टिको याङदाङ’ ललितपुरस्थीत चुम्लुङहिममा लोकार्पण भएको...

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

दयालको पुस्तक ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ प्रकाशित

विराटनगर, ४ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ नामक...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

सेहोनाम्लाङमा कियाचु पाँचथरको ताम्भुङ्चा (वनभोज) कार्यक्रम

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा पाँचथरको आयोजनामा...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

भेन र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा २१ वर्षीय पवन लिम्बुको मृत्यु

मोरङ, २९ पुस । उर्लाबारी नगरपालिका–७ ग्राण्ड होटल नजिक भेन र मोटरसाइकल एकआपसमा ठक्कर...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘सिरिजङ्गा तङ्नाम्’को भिडियो छायांकन सम्पन्न

काठमाडौ – लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । सिक्किमस्थित...