मन्त्री शर्मालाई हटाउन शिल्पी विशेष प्रदेश समितिका अध्यक्षको माग - Naya Online

मन्त्री शर्मालाई हटाउन शिल्पी विशेष प्रदेश समितिका अध्यक्षको माग

काठमाडौँ, ७ साउन । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका अध्यक्ष दलमर्दन कामीले अर्थमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई मन्त्री पदबाट हटाउन माग गरेका छन् ।

पश्चिम रुकुम सोती नरसंहारका दोषीलाई संरक्षण गरेको भन्दै नेता कामीले सामाजिक सञ्जालमार्फत निरन्तर रुपमा अर्थमन्त्री शर्मालाई हटाउन माग गर्दै आएका हुन् ।

बाराम्बार मन्त्री जनार्दन शर्माप्रति कामीले टिप्पणी गरिरहेपछि माओवादीलगायत केही व्यक्तिहरुले प्रतिवाद र समर्थन गर्नेहरु भेटिएका छन् भने अर्थमन्त्री शर्माका नेताकार्यकर्ताबाट सामाजिक संजालमा गाली गलौज र फोनमा आफूलाई धम्की आएको कुरा पनि उल्लेख गर्दै स्ट्याटस लेखेका छन् ।

गत वर्ष २०७७ जेठ १० गते पश्चिम रुकुमको भेरी नगरपालिका–४, रानागाउँका नवराज विकले पश्चिम (रुकुम)को चौरजहारी नगरपालिका–८, सोतीगाउँबाट प्रेमिकालाई भगाउने योजनाका साथ पुगेलगत्तै आक्रमणमा परी उनीसहित ६ जनाको मृत्यु भएको थियो । सो घटनालाई नरसंहार भन्दै त्यसका दोषीलाई संरक्षण गरेको भन्दै शर्मामाथि आरोप लागेको हो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेकपा एमाले तेह्रथुमको अध्यक्षमा तेजमान कन्दङवा

तेह्रथुम । नेकपा एमाले तेह्रथुमको अध्यक्षमा तेजमान कन्दङवा सर्वसम्मत अध्यक्षमा चयन भएका छन् ।...

लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई

-आपुङ्गी हाङ काठमाडौं, २० पुस । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद...

निर्वाचन आयोगविरुद्ध मिलन पाण्डे पक्ष सर्वोच्च अदालत जाने

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पक्ष निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालत जाने...

विकृति विसंगति अन्याय अत्याचार र बिभेद प्रवृत्ति विरुद्ध लड्नु पर्छ –डा. भट्टराई

पदम सुखी सम्बाहाम्फे पान्थर, १९ पुस । पान्थर जिल्लाको कुम्मायक गाउँपालिकामा जनता समाजवादी पार्टी...

जसपा संसदीय दलको प्रमुख सचेतकमा प्रमोद साह नियुक्त

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको प्रमुख सचेतकमा प्रमोद साह नियुक्त भएका...

विवेकशील साझाबारेको निर्णयविरुद्ध पाण्डेको उजुरी निर्वाचन आयोगद्वारा खारेज

ललितपुर । विवेकशील साझा पार्टीबारे निर्वाचन आयोगको निर्णय पुनरावलोकन गर्न माग सहित तत्कालीन संयोजक...

एमालेनिकट मगर संघ नेपालको प्रदेश अधिवेशन पुस ९ र १० गते पोखरामा

पोखरा, ८ पुस । नेकपा (एमाले)निकट मगर संघ नेपाल, गण्डकी प्रदेशको प्रथम प्रदेश अधिवेशन...

राजनीति भनेकै जालझेल, पेलापेल, ठेलाठेल, दाउपेच, षड्यन्त्र र स्वार्थको पुलिन्दा रहेछ: उदय पुर्वेली

-उदय पुर्वेली चोङ्वाङक्याक विसं २०६० माघ २४ गते प्रचण्डले बोलाएकाले मातृका यादव पटनाबाट दिल्ली...

उधौलीको अवसरमा प्रदेश १ का प्रमुखद्वारा शुभकामना

विराटनगर । प्रदेश नम्बर १ का प्रमुख परशुरााम खापुङले अनेकतामा एकता नै देशको पहिचान...

नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर निर्वाचित भएका छन् ।...