याक्थुङ आइडल सिक्किम हुने - Naya Online

याक्थुङ आइडल सिक्किम हुने

सुबास केरुङ नुनाम

पाँचथर, ७ साउन । याक्थुङ आइडल सिक्किम (याक्थुङ इनाक सुखिम) हुने भएको छ । नियारा प्रोडक्सन सिक्किमद्वारा गर्न लागिएको उक्त प्रतियोगिता विश्वभरिका लिम्बू भाषिकाहरूले सहभागी हुन पाउने छन । मंगलबार सिक्किम डिलाइट होटलको सभाहलमा पत्रकार सम्मेलन गरि याक्थुङ आइडल सिक्किम (याक्थुङ इनाक सुखिम) को पोस्टर सार्बजनिक गरिएको थियो ।

सिक्किममा विभिन्न रियालिटी सोहरू भएता पनि याक्थुङ आइडल भने पहिलो पटक गर्न लागिएको हो । नियारा प्रोडक्सनले भने बिगत बर्षहरूमा पहिलो पटक अन्तरास्ट्रिय चासोक तङ्नाम मेला साथै विभिन्न लिम्बु फेस्टिभलहरूको आयोजना गर्दै आइरहेको छ ।

याक्थुङ आइडल (याक्थुङ इनाक)मा भने विभिन्न लिम्बू भाषाका गीतहरू गाउन सक्ने लिम्बू गैर–लिम्बुहरूले भाग लिन सक्ने कुरा यस आयोजक समितिका अध्यक्ष नियारा ताम्लिङले बताइन् ।

ताम्लिङका अनुसार प्रतियोगीताको अडिसन भने डिजिटल प्रबिधिबाट नभएर स्वयम् उपस्थितिबाट अडिसन गरिने तर विभिन्न स्थानमा अडिसन गरिने बारे स्पष्ट पारेकी छिन् ।

विश्व महामारी कोरोना भाइरसले बिश्वा प्रभावित भइरहेको अवस्थामा यस्तो कार्यक्रम गर्नु चुनौतिको बिषय होइन ? भन्ने प्रश्नमा हालको अवस्थालाई मध्यनजर गर्दै सामान्य अवस्थामा फर्किने बितिकै फारम बितरण खोल्ने र अडिसनको तयारी गर्ने जानकारी दिइन् ।

अहिलेको नयाँ पिडिमा आफ्नो भाषा संस्कार संस्कृति तथा साहित्य कलाका बिषयहरूमा चासो घट्दै गइरहेकोले यस्तो रियालिटी सो हरूले उनीहरूमा नयाँ थप उर्जा प्रदान गर्ने र आफ्नो जिम्मेवारी बारे थोरै भए पनि सिक्ने छन्, आयोजक समितिका प्रमुख सल्लाहकार एसपी माङ्युङले बताए ।

यस प्रतियोगितामा हाक्पारे, पालाम, ख्याली, ताम्के, तुवा र माङसाम्लो लगायत सबै बिधाका गीतहरू गाउन सकिने छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

अमेरिकाको टेक्सासमा याक्थुङ चुम्लुङको चासोक तङनाम साँझ र अधिवेशन सम्पन्न

नगेन्द्र ईङनाम “आठराईली” टेक्सास, ३ जनवरी । अमेरिकाको टेक्सास राज्यस्थित अर्भिङ शहरमा लिम्बुहरुको मौलिक...

मकाउमा मौलिक चाडपर्वहरुको अवसरमा सामुहिक रूपमा शुभकामना आदानप्रदान

-सन्देश ‘ईङघङ’ मकाउ, १३ पुस । मकाउमा सामुहिक रूपमा मौलिक चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान...

सर्जकहरूले मास्टर मित्रसेन थापालाई सम्झे

लन्डन, २८ डिसेम्बर । पुराना एवम् चर्चित लोकगायक मास्टर मित्रसेन थापा मगरलाई उनले दिएको...

अमेरिकामा भव्यतका साथ मनाईयाे चासाेक तङ्नाम

न्युयोर्क । अमेरिकामा चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ् अमेरिकाको...

किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डन शाखाले उधौली र चासोक तङ्नाम मनायो

प्रिन्स याक्खा लण्डन, १३ डिसेम्बर । किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डनको सिनियर ब्रान्चले फेल्थाम...

संस्थाको कुशल व्यवस्थापक सम्मान दिपेश लिम्बुलाई प्रदान

न्यूयोर्क, २७ नोभेम्बर । किरात आक्थुङ चुम्लुङ अमेरिकाले दिपेश लिम्बुलाई संस्थाको कुशल व्यवस्थापकको रूपमा...