निर्वाचन आयोगले जसपाको कार्यकारिणी सदस्य सनाखत गर्ने - Naya Online

निर्वाचन आयोगले जसपाको कार्यकारिणी सदस्य सनाखत गर्ने

काठमाडौँ, ७ साउन । जनता समाजवादी पार्टी, नेपालको आधिकारिकताका लागि निर्वाचन आयोगको इजलासमा भएको बिहिबारको बहसपश्चात साउन ११ गते पार्टी दर्ता भएको बखत आयोगको दर्ता पुस्तकमा रहेका ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको सनाखत गर्ने आदेश भएको छ ।

सनाखतपश्चात आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४(६) बमोजिम सोही दिन बहुमत पक्षलाई आधिकारिकता दिने भएको छ ।

यसअघि आयोगले आफूलाई केन्द्रीय कार्यकारिणी समिति फेरबदल गर्न पाउने गरी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको पदाधिकारीहरुले निर्णय गरी अधिकार दिएको सक्कल कागजात पेस गर्न महन्थ ठाकुरलाई निर्देशन दिएको थियो ।

पार्टीको आधिकारिकताको विवाद आयोगमा पुगेपछि अध्यक्ष ठाकुरले २०७७ पुस ७ गते पार्टीको कार्यकारिणी समितिले आफूलाई कार्यकारिणी समिति फेरबदल गर्ने अधिकार दिएको दाबी गरेका थिए । त्यसैले आयोगले उक्त अधिकार दिने गरी पार्टीले गरेको निर्णयको सक्कली कागजात बुझाउन ठाकुरलाई निर्देशन दिएको हो ।

आयोगले जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवलाई पनि अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी गरिएको कारवाहीको सक्कल प्रमाण पेस गर्न आदेश दिएको थियो ।

जसपाको यादव समूहले २०७८ जेठ २० गते ठाकुरसहित चार नेतालाई पार्टीबाट कारवाही स्वरुप निष्कासन गरेको थियो । जसमा ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका ३० जना सदस्यहरुले हस्ताक्षर गरेका थिए ।

यादव समूहले ठाकुर लगायतलाई कारवाही गरेपछि ठाकुर समूहले पनि २०७८ जेठ ३० गते उपेन्द्र यादवलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको दाबी गरेका थिए । आयोगले उक्त निर्णयको पनि सक्कल प्रमाण माग गरेको छ ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

याक्थुङ लिम्बुहरू कुनै घुमन्ते जाति नभई यहीँ भूगोलकै रैथाने आदिवासी जनजाति हुन् : उदय पुर्वेली चोङ्वाङ्क्याक

-उदय पुर्वेली चोङ्वाङ्क्याक विभिन्न लेखक, मुन्धुमविद तथा इतिहासकारहरूको मतअनुसार, वर्तमान अवस्थाको लिम्बूवान र लिम्बू...

२०७७ सालको मदन पुरस्कार ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९–२०२०’ लाई

काठमाडौ, ७ भदौ । २०७७ सालको मदन पुरस्कार पुर्व सिडिओ भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक...

मोतीजयन्तिको अवसरमा गजल चर्चासहित नयाँ साहित्य

काठमाडौ, २६ भदौ । नयाँअनलाईनको शनिबारीय परिशिस्टाङ्क नयाँसाहित्य मोतिजयन्तिको अवसर पारेर गजलविशेष ल्याइएको छ...

एमसीसीकी उपाध्यक्ष फतिमा सुमार एमाले अध्यक्ष ओलीसँग भेट गर्न बालकोटमा

काठमाडौ, २४ भदौ । बिहिबार बिहान काठमाडौ आइपुगेकी अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन...

किरात लिपि, किरात सिरिजङ्गा लिपि, याक्थुङ सिरिजङ्गा लिपि वा सिरिजङ्गा लिपि ?

उदय पूर्वेली चोङ्बाङ्क्याक गत असार महिनाको अन्तिम साता आयोजित एक कार्यशालामा किरात याक्थुङ चुम्लुङ,...

राजनीतिलाई ‘गरीखाने भाँडो’ बनाउनेहरूले देशलाई ‘गति न मति’ बनाए

मलिसा याक्थुङ्बा लिम्बू नेपालको राजनीति गर्ने धुरन्धर क्रियाशिल अथवा होल्डटाइमरहरू अन्तमा आएर पेशाको रुपमा...

विश्लेषणात्मक लेखसहित यसपल्टको नयाँसाहित्य

धरान, १९ भदौ । वृहत् नागरिकको आन्दोलनबारे विश्लेषणात्मक लेखसहित यसपल्टको नयाँसाहित्य आएको छ ।...

नागरिक आन्दोलनको परीक्षा

बच्चु हिमांशु अघिल्लो वर्षदेखि लोकतन्त्रको रक्षाका निम्ति सामाजिक न्यायको पक्षमा बृहत् नागरिक आन्दोलनको ब्यानरमा...

याक्थुङ समुदायमा धर्मको बहस

आप्पुङ्गीहाङ याक्थुङ १. शुरूवात याक्थुङ समुदाय पृथक साँस्कृतिक पहिचान भएको आदिवासी हुन् । विशेषगरि...

अधिकारः कुम्लो बोकी ठिमीतिर

मलिसा याक्थुङ्बा लिम्बू नेपालको संविधानमा उल्लेख भएको जनताको अधिकार र केही वाँकी रहेका अधिकारहरू...