आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानद्वारा प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीसँग भेट - Naya Online

आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानद्वारा प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीसँग भेट

काठमाडौँ, ७ साउन । झापाको कमल गाउँपालिका –५ स्थित आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानको एक प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ ।

केपी शर्मा ओलीको सरकारले आदिवासी रंगशालाको नाम रातारात परिवर्तन गरी मदन भण्डारी रंगशाला नाम बनाएर बजेट छुट्याएको थियो । प्रतिष्ठानले नाम परिवर्तन गरी छुट्याएको बजेट लिएको छैन ।

प्रतिष्ठानसहित पाँच दलीय गठबन्धनको टोलीले निर्माणाधीन रंगशालाको भोगाधिकार तथा वजेट विनीयोजन गर्न माग राख्दै प्रधानमन्त्रीसहित अर्थमन्त्री जनादर्न शर्मा र गृहमन्त्री बालकृष्ण खाँडलाई भेट गरि माग पत्र बुझाएको छ ।

प्रतिष्ठानका अध्यक्ष हुकुमसिंह राईका अनुसार प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्माले आदिवासी रंगशालाको योजना पूरा गराउन सरकारले सहयोग पुर्याउने आश्वासन दिएका छन् ।

प्रतिनिधि मण्डलमा नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमन्त्री केशव कुमार बुढाथोकी, कांग्रेस झापाका सभापति उद्धव थापा, कांग्रेसकी संघीय सांसद महेन्द्रकुमारी सुब्बा, माओवादी केन्द्रका १ नम्बर प्रदेशका सदस्य झलकसिं दर्लामी, प्रदेश कमिटी सदस्य गगन पुरी, जनता समाजवादी पार्टी नेपालका नेता खगेन्द्र माखिम, जसपा झापा जिल्ला अध्यक्ष दिपेनवाला राईलगायतका दलीय प्रतिनिधि तथा प्रतिष्ठानका पदाधिकारीहरू लगायतको सहभागिता रहेको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली महिला फुटबल टिमले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौ, २४ भदौ । नेपाली महिला फुटबल टिमले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ...

नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज साँझ ५ः३० बजे

  काठमाडौ, २० भदौ । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज साँझ हुँदैछ...

नेपाल भारतको मैत्रीपूर्ण खेल बराबरीमा सकियो

काठमाडौ, १७ भदौ । नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ ।...

भारतले फर्कायो गोल, नेपाल भारत बराबरी

काठमाडौ, १७ भदौ । नेपाल र भारतबीच भइरहेको मैत्रीपूर्ण खेलमा भारतल ५९ औं मिनेटमा...

भारतविरुद्ध पहिलो हाफमा नेपाल १–० ले अघि

काठमाडौ, १७ भदौ । दशरथ रंगशालामा भइरहेको भारत र नेपालबिचको मैत्रिपूर्ण खेलमा पहिलो हाफ...

१२ बर्ष पछि म्यानचेस्टर युनाइटेड फर्कदै रोनाल्डो, इङ्ल्यान्डको सार्वजनिक स्थलहरूमा उनको पोस्टर तथा भिडियोहरू डिस्प्ले

सन्देश ‘ईङ्घङ’ मकाउ, २ सेप्टेम्बर । विश्व फुटबल जगतको किर्तिमानी खेलाडी क्रिश्चियानो रोनाल्डो म्यान्चेस्टर...

दशरथ रंगशालामा आज नेपाल र भारत भिड्दै

काठमाडौ, १७ भदौ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज नेपाल र भारतबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल...

मेस्सीले आँसु पुछेको टिस्यू पेपर लिलामीमा, मूल्य ११ करोड

धरान । दैनिक प्रयोगमा आउने बस्तुहरु मध्ये संसारकै सबैभन्दा सस्तो बस्तुहरुमा टिस्यु पेपर पनि...

मेस्सी: जसले फुटबल दुनियाँलाई रुवाए ….

भरौलको मनोज विष्ट यो साता विश्व फुटबल जगत गरमागरम बन्यो । विश्वभरिका खेल समर्थक...

फिप्ना कप २०२१ सम्पन्न

न्यूयोर्क, १० अगष्ट । २७ औं विश्व आदिवासी दिवस २०२१ को अवसरमा नेपाल आदिवासी...