चुलाचुली स्वास्थ्य शाखाद्वारा कोभिड रोकथाम तथा नियन्त्रणमा भएको खर्च सार्वजनिक - Naya Online

चुलाचुली स्वास्थ्य शाखाद्वारा कोभिड रोकथाम तथा नियन्त्रणमा भएको खर्च सार्वजनिक

सबिन राई

पेल्टिमारी इलाम, ७ साउन । चुलाचुली स्वास्थ्य शाखाले गत वर्षमा कोभिड रोग रोकथाम तथा नियन्त्रणका लागि शाखाद्वारा भएको विभिन्न शिर्षकमा रहेको खर्चको विवरण प्रकाशन गरेको छ ।

उक्त विवरण अनुसार मिति २०७७ साउन देखि ७८ असार मसान्त सम्ममा विभिन्न शिर्षकहरूमा जम्मा ४१,१६,४४८.२५ रकम खर्च भएको छ ।

प्राप्त विवरण अनुसार कोभिडको पहिलो र दोस्रो भेरियन्टका क्रममा क्वारेन्टाइन निर्माण देखि आईसोलेसन व्यावस्थापन, औषधी खरिद, स्वाब परिक्षणका क्रममा पिसिआर ओसारपसार, कर्मचारी प्रोत्साहन भत्ता लगायत समावेस गरिएको छ ।

जस अन्तर्गत सबै भन्दा धेरै कर्मचारी प्रोत्साहन भत्ता अन्तर्गत खर्च भएको उल्लेख छ । उक्त शिर्षक अन्तर्गत जम्मा ९८६,१२२.८० खर्च भएको छ । कोभिड बिरामीहरूको लागि अहोरात्र खटेर आफ्नो स्वास्थ्यको पर्वाह नगरी अग्रपंतीमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूलाई प्रोत्साहन स्वरूप उक्त रकम वितरण गरिएको हो ।

साथै कोभिड रोकथाम तथा न्युनिकरण कै क्रममा विभिन्न मिडियाहरू मार्फत सुचना, सन्देश र जनचेतनामुलक कार्यक्रमहरू सन्चालन/प्रसारण गरे बापत पनि शाखाले ५९,१०० रकम भुक्तानी गरेको छ ।

विभिन्न चरणमा बिरामी ओसार पसार, पिसिआर परिक्षणको लागि बिराटनगर लानेल्याउने, औषधी ढुवानी लगायतको लागि यातायात शिर्षकमा जम्मा ५२८,२४० रकम खर्च भएको उल्लेख गरिएको छ भने स्वच्छ पिउने पानीको लागि ६३,७४८ रकम खर्च भएको छ ।

विभिन्न चरणमा चलाईएको कोभिड खोप कार्यक्रममा खट्ने स्वास्थ्यकर्मीहरूको दैनिक भत्ता बापत १६००० रकम खर्च गरिएको छ । कोभिड अस्पताल र परिसर सरसफाई शिर्षकमा ३५,३०० रकम खर्चिएको छ ।

चुलाचुलीमा सन्चालन भएको पहिलो क्वारेन्टाईन जनता मा.वि. बाह्रगोठेमा २०० जना भन्दा धेरैले सेवा लिएका थिए भने वडा नं. ३ मा सन्चालित पहिलो आइसोलेसन सेन्टर (अस्थाइ कोभिड अस्पताल) मा ३० जनाले सेवा प्राप्त गरेका थिए ।

वडा नं. ३ कै अहिलेको अस्थाइ कोभिड अस्पतालमा यो समाचार तयार पार्दा सम्म ६० जना भनदा बढिले स्वास्थ्य लाभ गरिसकेका छन् भने २ जना उपचार कै क्रममा अस्पतालमा रहेका छन् ।

चुलाचुलीमा अहिले सम्म जम्मा ३०० को हाराहारीमा कोरोना संक्रमण पुष्टि भएको छ । जस मध्ये १४ जनाको दुखद निधन भैसकेको छ भने अन्यले स्वास्थ्य लाभ गरिसकेका छन् । सक्रिय २५ जनाले होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

जसपा जिल्ला समन्वय समिति पान्थरद्वारा सङ्गठन सुदृढीकरण तथा जनजागरण सुज अभियान कार्यक्रम सम्पन्न

पदम सुखी सम्बाहाम्फे कुम्मायक, ९ असोज । जनता समाजबादी पार्टी जिल्ला समन्वय समितिद्वारा शुक्रबार...

घुन्सा हेलिकप्टर दुर्घट्नामा ज्यान गुमाएकाहरूको फोटोमा माल्यार्पण र दिपप्रज्वलन

काठमाडौ, ७ असोज। जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालको आयोजनामा ताप्लेजुङको घुन्सा स्थित हेलिकप्टर...

अजम्मरी अक्षरहरुको बिमोचन

इक्साहाङ चेम्जोङ बिराटनगर, २ असोज । प्रदेश नम्बर १ का नारी स्रष्टाहरुको कविताहरुलाई संकलन...

थारु, वालुङ तथा सौका समुदायका लोपोन्मुख धुनहरुमाथि हाम्रो धुनः हाम्रो धड्कन

काठमाडौँ, ४ असोज । संविधान दिवस –२०७८ को अवसरमा थारु, वालुङ तथा सौका समुदायका...

आदिवासी जनजाति महासंघ मकाउको मातृसंस्थाहरूसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न 

सन्देश लिम्बु मकाउ । वैदेशिक रोजगारीको शिलशिलामा मकाउ स्थित विभिन्न क्षेत्रमा कार्यरत नेपाली जनजातिहरूविच...

सर्जिकल सामग्री सप्लायर्स हुँ भन्दै २४ लाख ठगी गर्ने पक्राउ

आफूलाई सर्जिकल सामग्री सप्लायर्स हुँ भन्दै सर्जिकल सामग्री उपलब्ध गराइदिने विश्वास दिलाई नगद ४२...

गीतकार संघको ‘राष्ट्रिय स्रष्टा सम्मान’ असोज पहिलो सातामा हुने

काठमाडौ । गीतकार सङ्घ नेपालले वार्षिक रुपमा आयोजना गर्दै आइरहेको ‘राष्ट्रिय स्रष्टा सम्मान’ कार्यक्रम...

सङ्खुवासभामा ६ जनाको हत्या गर्ने लोकबहादुरलाई प्रहरीले सार्वजनिक गर्‍यो

काठमाडौ, २७ भदौ । गत सोमबार सङ्खुवासभाको मादी नगरपालिका–१ उमलिङ खोला गाउँमा एकै परिवारका...

चौबिसे समाजद्वारा ढाका उद्यमी यमुना तुम्सा सम्मानित

धरान, २६ भदौ । चौबिसे समाज धरानद्वारा चौबिसे सङ्घ ढाका उद्योगका सन्चालिका यमुना तुम्सा...

बाढी पहिरो पीडितलाई लायन्स क्लब अफ नेपाल शेर्पाजको राहत सामग्री

दोलखा, २६ भदौ । दोलखाको कालिञ्चोक गाउँपालिका स्थित लापिलाङका पहिरो पीडितलाई न्यानो कपडा र...