बुङलावा राईमा द्वारे, सुबेदार र गौरूङ्ग कसरी प्राप्त भयो ? - Naya Online

बुङलावा राईमा द्वारे, सुबेदार र गौरूङ्ग कसरी प्राप्त भयो ?

आजेश राई

बुङलावा राईमा द्वारे, सुबेदार र गौरूङ्ग पदहरू छन् । यो कसरी प्राप्त भयो भन्ने विषयमा मेरो जिज्ञासा ठूलो थियोे । किनभने अन्य प्रशस्त राईहरूको पनि बसोवास रहिआएको बुङ्लावा बसोबास क्षेत्रमा अन्य जातजातिहरू पनि छन् ।

त्यो समयको विकास, स्रोतसाधन र बाटोघाटो साथै शिक्षाको अभावले केन्द्रीय तहका सबै क्षेत्रमा पहुँच पुग्नु असम्भव नै थियो । अति काम विशेषले काठमाडौ आउनलाई पैदल हिडेर एकतर्फी १ महिना लाग्दथ्यो भनिन्छ । स्वभाविक रुपमा केन्द्रसँग जोडिएर ठूला पद लिनु असम्भव थियो भन्ने जिज्ञासा म मा पनि रहिआएको थियो ।

देपा डम्बर बहादुर बुङलावा राईसँगको जानकारी लिएअनुसार जिजु बाजे दलमानका ३ जना छोराहरू बागमान, राजमान, डिकमान थिए । राजमान दिङ्लामा खुलेको नेपाली सैनिकको भर्नामा छनौट भएर धनकुटा हुदै काठमाडौं दरबन्दीमा पुगेर सुबेदारजस्तो उच्च पदमा पुग्न सफल भए । त्यसै कारणले वहाँको पहुँच माथिल्लो तहसम्म रहेको हुनाले आफ्नो दाजु बागमानलाई द्वारे पदमा स्थापित गराए । बागमानमा द्वारे पदमा बस्न लायक व्यक्तित्व थिएछन् भन्न सकिन्छ । सोही कारणले भाइ राजमानको सिफारिसले पूर्णता पाएको हुनुपर्छ । त्यसैगरि गौरूङ पदका लागि बुङलावा दाजुभाइ भित्रकै आशपतिलाई सो पद दिलाए । आशपतिमा पनि गौरुङ पदमा बस्ने गुण थिएछ भनेर भन्न सकिन्छ । उनै जिजुबाजे आशपति हुँदै श्रीहर्कसम्म गौरुङ पद र अधिकार रहि आएको थियो । श्रीहर्कका ४ जना छोराहरू फौदसिं (निसन्तान र मृत्यु), अम्बीरध्वज, शेरजङ्ग, पिकुमान (निसन्तान मृत्यु) थिए ।

राजमान सुबेदार असल सैनिक अधिकारी मात्रै थिएनन् । समाज सुधारक र दूरदृष्टि भएका फराकिलो सोंच भएका व्यक्तित्व पनि थिएछन् । राजमानले गाँऊसमाजमा भित्र्याउनु भएका महान नयाँ कार्यहरू निम्न प्रकारका थिएछन्

  • अरुण नदीमा रहेको कात्तिके घाटमा डुंगाको स्थापना । यो संखुवासभा र भोजपुरको सिमानामा रहेको छ ।
  • गाँऊमा कपासबाट बनेका सादा रङ्गका कपडामा विभिन्न डिजाइनका फूलबुट्टा भर्न छिपा चलाउन जान्ने काठमाडौं का प्राविधिक नेवार समुदायहरू लगेर सोही ठाँऊमा बसोवास गराएको ।तिनै नेवार समुदायका दरसन्तानहरू हालका दिनमा पनि यथास्थानमा रहिआएको छ ।
  • काठमिस्त्रीहरूलाई चाहिने औजारहरू काठमाडौंबाटै लगेर गाँऊका काठमिस्त्रीहरूलाई उपलब्ध गराएको ।

यसरी राजमान सुबेदारका अनगिन्ती उल्लेख्य कार्यहरू थिएछन् । तर समयको कठिनाई र अज्ञानताले गर्दा वहाँका योगदानलाई पछिल्ला पिढीले लिपिबद्द गर्न नसक्नुले वहाँ योगदानलाई सबैले बिर्सेको अवस्था छ । साथै यि महत्त्वपूर्ण र शक्तिशाली पदहरूका विषयमा केशवराज पाण्डेद्वारा लिखित “नेपालको शाहकालिन प्रशास” पुस्तकबाट थाहा भयो ।

के हो द्वारे ?
लिच्छविकालदेखि नै द्वारे पद प्रचलनमा आएको हो । पछि शाहकालमा पनि चल्दै आएका थिए । शाहकालमा पनि गाउँदेखि दरबारको भारदारीसम्म द्वारेहरूको पहुँच रहन्थ्यो । रणबहादुर शाहले वि.सं. १८५५ मा गद्दीत्याग गरि ताम्रपत्रमा सही गराँउदा ९५ जना भाईभारदार दुईजना द्वारे थिए । द्वारेका खलक तिन पुस्तासम्म कायम रहेको पाईन्छ । यसले के देखाउछ भने जिम्मावाल, मुखियाजस्तै द्वारेलाई पनि सन्तान दरसन्तानकै रुपमा पद दिने गरिन्थ्यो । पृथ्वीनारायण शाहले एकिकरणकै क्रममा विजित भूभागमा त्यहाँको राजस्व उठाउने र स्थानिय प्रशासन चलाउने एवं न्याय निसाफ गर्ने उद्देश्यले द्वारे नियुक्ति गर्ने चलन बसाएको देखिन्छ । खासगरि द्वारेले राजस्व उठाउने र मुद्दामामिला स्थानिय भद्रभलादमीहरूको कचहरी बसाएर इन्साफ गर्ने गर्थे । पृथ्वीनारायण शाहका पालामा पहाडतर्फका थुमहरूमा द्वारेलाई प्रमुख बनाईन्थ्यो । उनिहरू थुम र गाँऊबाट राजस्व संकलन गर्ने र सो क्षेत्रमा शान्तिसुरक्षा कायम गर्ने दुवै काम गर्थे । द्वारेले त्यहाँका स्थानिय व्यक्तिहरूको प्रतिनिधित्व हुनेगरि अन्य ४ जना जग्गावाला व्यक्तिहरूलाई प्रधान नियुक्ति गरिन्थ्यो ।उनिहरू राजस्व उठाउने काम गर्थें ।

मल्लकालिन दोलखा क्षेत्रका द्वारेहरूभन्दा शाहका द्वारेहरूको काम, कर्तव्य र अधिकार बढेकाले उनिहरू अझ सक्रिय भएको बुझिन्छ । मकवानपुर राज्यमा भने सुब्बाले आफ्नो सहायकका रुपमा तिनचार वटा गाउँमा एउटा द्वारे नियुक्ति गर्थें । हड्सनका अनुसार द्वारेका मातहतमा चार प्रधानहरू रहने हुनाले सो क्षेत्रको मुख्य हाकिम भनेको द्वारे नै हो र प्रहरीको सुपरिवेक्षक पनि उनै हुन्थे ।

बाबुराम आचार्यका अनुसार द्वारेको स्थान बिचारीभन्दा माथि हुन्थ्यो । द्वारेले आफुले उठाएको राजस्वको छ भागको एक भाग रकम पारिश्रमिकवापत लिन पाउने व्यवस्था थियोे । जे होस् शाहकालमा द्वारेहरू स्थानिय प्रशासनको आर्थिक, प्रशासनिक र न्यायिक मामलासँग सरोकार राख्ने अधिकारी थिए । उनिहरूले खान्गी÷तलबबापत केही जग्गा वा खेत पाउथे । मुद्दामामिलाबाट उठेको दण्डजरिवानाबाट पनि केही रकम लिन पाँउथे । उल्लखित स्रोतसामग्रीका आधारमा स्थानिय प्रशासकिय अधिकारीको रुपमा रहेर काम गर्ने द्वारेहरूको काम, कर्तव्य र अधिकार निम्नअनुसार पाईन्छः

१. जग्गाजमिन र सिंचाइसम्बन्धि कार्य:
जग्गाजमिन आबाद गराउने,साँधसिमाना निर्धारण गर्ने, जग्गाजमिनको विवाद निरुपण गर्ने, नयाँ आवादी जग्गाहरूमा वस्ती बसाउने, विर्ता जग्गाको बेचबिखन गर्न स्वीकृति दिने, कुलो पानीको प्रबन्ध गरि सिंचाइको व्यवस्था मिलाउने आदि ।

२. बनजंगल र प्रकृतिको संरक्षण गर्ने कार्यः
आफ्नो ईलाका वा क्षेत्रको बनजंगल, रुखबिरुवा संरक्षण गर्ने जिम्मेवारी द्वारेहरूकै हुन्थ्यो । पानीपँधेरो, धारा, कुवाको संरक्षण गर्ने कार्य पनि द्वारेहरूको जिम्मेवारी अन्तरगत पथ्र्यो ।

३. जग्गाको पोत र राजस्व उठाउने कार्यः
आफ्न ईलाकाभित्रका गाँऊहरूको जग्गाजमिनको मालपोत, तिरोभरो र अन्य प्रकारका करहरू उठाएर द्वारेले नै दरबारमा बुझाउने गर्थें । त्यसैगरि मुद्दामामिलाको दण्डजरिवाना उठाउने पनि गर्थे ।

४. किल्लाहरूको संरक्षण र युद्धमा सहयोगः
शाहकालमा ससाना राज्यहरूलाई नेपाल अधिराज्यमा एकिकरण गरि आफ्नो क्षेत्र भित्रका सुरक्षाका किल्ला हरूको मर्मतसम्भार गर्ने,युद्धका बेला आवश्यक मद्दत गर्ने जिम्मेवारी द्वारेको हुन्थ्यो ।

५. शान्तिसुरक्षा संवन्धी कार्यः
आफ्नो ईलाका भित्रका गाँऊहरूमा मुखिया र नाईके नियुक्ति गर्ने गाँऊको सुरक्षाको प्रबन्ध गरि शान्तिसुरक्षा कायम गर्ने कार्य पनि द्वारेकै थियोे ।

६. न्याय सम्बन्धि कार्यः
द्वारेले स्थानीय स्तरको न्यायिक अधिकारीका रुपमा पनि काम गर्नु पथ्र्यो । पृथ्वीनारायण शाहको पालादेखि नै द्वारेहरू थुमका न्यायिक अधिकारीको रुपमा रहदै आएका थिए । गाँऊघरको झैझगडा, मुद्दामामिलाको फैसला गर्ने काम पनि द्वारेबाटै हुन्थ्यो ।

के हो गौरुङ्ग ?
नेपाली बृहत शब्दकोषमा गौरुङ्गलाई पहाडका गाँउको मुखियाभन्दा तलको एक पद भनि अथ्र्याइएको छ । यसै क्रममा गाँउमा हैकम भएको व्यक्ति वा ठालु पनि भनिएको छ । गौरुङ्गको काम, कर्तव्य र अधिकारबारे उल्लेख भएको नपाइए पनि नेपाल एकिकरण अभियानको क्रममा गौरुङ्गहरूको ठुलै हिस्सा सहभागी भएको पाईन्छ । गोर्खालीहरूको सैनिक इतिहास ग्रन्थमा “नेपाल हान्न जान्या नौ जना गौरुङ्गहरूको नाम” भनेर उल्लेख गरिएको छ । त्यसमा चौतरिया, काजी, सरदार आदि पदको मर्यादा क्रमअनुसार नै उल्लेख भएको देखिन्छ । त्यस अनुसार राख्ता खजाञ्चीभन्दा पछाडि र नजिकीभन्दा अगाडि गौरुङ्ग राखिएको छ । नजिकीभन्दा पछाडि जेठबुढा त्यसपछि उमराव आदि छन् ।

यश तथ्यबाट पृथ्वीनारायण शाहको समयमा स्थानीय तहको भए पनि गौरुङ्ग गन्यमान्य र मर्यादित पद नै रहेको देखिन्छ । स्थानीय तहमा गौरुङ्ग पद राणाकालमा पनि कायमै थियो ।

लेखकका अन्य लेखहरू

क्या. हर्क बहादुर राई, वृटिस आर्मी र वुङ्लावा भाषाप्रेमी

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कृषिमा आत्मनिर्भर बन्दै मोरङको पाटीगाउँ

    चबेगुराज सानु पछिल्लो समय मोरङको केराबारी गाउँपालिका वडा नं. १, पाटिगाउँ कृषि...

युमा साम्यो (धर्म) नै किन ?

हितराम तिल्लिङ १. धर्म भनेको के हो ? धर्मको अर्थ तथा परिभाषा व्यक्ति समुदाय...

नयाँअनलाइनमा अब हरेक शनिबार नयाँ साहित्य

काठमाडौँ, १६ साउन । नयाँअनलाइनले हरेक शनिबार आउनेगरी साहित्यिक परिशिष्टाङ्कको रुपमा ‘नयाँ साहित्य’ स्तम्भ...

कम्युनिष्ट पार्टी शब्दजाल बुन्नमा सिपालु हुन्छ -भीम राई, केन्द्रीय सदस्य, जनता समाजवादी पार्टी

भीम राई जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य हुन् । उनले माध्यमिक तह अध्ययनरत...

रवीन्द्र मिश्रको संघीयता र धर्मनिरपेक्षता खारेज गर्ने प्रस्ताव वर्गशत्रु चिन्ने अवसर

मौसम आङ्देम्बे विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गरौं, धर्मनिरपेक्षताबारे जनमत संग्रह...

महामारीबाट जोगिने परम्परागत उपाय

डोल्मा शेर्पा / सिन्धुपाल्चोक विश्वव्यापी फैलिएको कोरोना महामारीकाबेला परम्परागत उपचार पद्दतिको खोजी सूरु भएको...

जसपाको आधिकारिकता उपेन्द्र यादव नेतृत्वको समूहलाई

काठमाडौँ, ११ साउन । निर्वाचन आयोगले उपेन्द्र यादव नेतृत्वको समूहलाई जनता समाजवादी पार्टी (जसपा)...

त्रिभुवन विमानस्थललाई किन रुवाउछ मलेसियाले ?

जेडी गाउँले क्वालालम्पुर, २४ जुलाई । शनिवारको बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल एकपटक फेरि स्तब्ध...

“राजनीतिक कोरोनाभाइरसलाई पार्टीमा स्थान दिए पार्टीलाई दुषित बनाउँछ”

काठमाडौँ, ९ साउन । जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य गंगा श्रेष्ठ मानवले पार्टीलाई धोका...

निर्वाचन आयोगले जसपाको कार्यकारिणी सदस्य सनाखत गर्ने

काठमाडौँ, ७ साउन । जनता समाजवादी पार्टी, नेपालको आधिकारिकताका लागि निर्वाचन आयोगको इजलासमा भएको...