विश्वकै सबैभन्दा सानो देशका रुपमा दाबी गर्ने सील्याण्ड माइक्रो नेसन - Naya Online

विश्वकै सबैभन्दा सानो देशका रुपमा दाबी गर्ने सील्याण्ड माइक्रो नेसन

काठमाडौं, ७ साउन । विश्वमा एउटा यस्तो देश छ जुन दुई पिल्लरमा टिकेको छ । तर यो वास्तविकता हो । इंग्ल्याण्डको साफोल्स समुन्द्री तटबाट १० किलोमिटर टाढा रहेको सील्याण्ड माइक्रो नेसनका नामले पनि चिनिन्छ ।

सील्याण्डको जनसंख्या मात्र २७ छ । मात्र शून्य दशमलव शून्य शून्य एक वर्ग किलोमिटर क्षेत्रफल भएको सील्याण्ड युरोपको बिकसित देश बेलायतको नजिकै रहेको छ । यसले आफूलाई विश्वकै सबैभन्दा सानो देशका रुपमा दाबी गर्ने गरेको छ ।

यस देशका राष्ट्रपति, प्रधानमन्त्री वा मालिक जो भनेपनि रोय बेट्स नामक एक व्यक्ति थिए । उनको निधनपश्चात् त्यस देशको जिम्मेवारी उनका छोरा माइकलले लिएका छन् । यस देशको निर्माण दोश्रो विश्वयुद्धताका ब्रिटेनले गरेको भनाइ छ । यद्यपि यस देशलाई कुनैपनि अन्तर्राष्ट्रिय मान्यता भने दिइएको छैन ।

आफ्नै कुनै जीविकोपार्जनको साधन नभएता पनि यस देशको आफ्नै मु्द्रा र स्ट्याम्प टिकट छ । खासमा यस देशमा थुप्रै विदेशी आर्थिक सहयोग आउने गरेको छ । अन्तर्राष्ट्रिय मान्यता प्राप्त विश्वको सबैभन्दा सानो देश भने भ्याटिकन सिटी हो ।
एजेन्सीको सहयोगमा

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बन्जी कर्ड नबाँधीकनै हाम्फालेपछि हृदयघात

काठमाडौँ, ९ साउन । बन्जी जम्प गर्ने क्रममा बन्जीको डोरी नबाँधीकनै हामफाल्दा उत्तरी कोलम्बियाको...

विश्वकै सबैभन्दा सानो देशका रुपमा दाबी गर्ने सील्याण्ड माइक्रो नेसन

काठमाडौं, ७ साउन । विश्वमा एउटा यस्तो देश छ जुन दुई पिल्लरमा टिकेको छ...

कोरियामा मजदुरको न्युनतम ज्यालामा वृद्धि, नेपाली कामदार पनि लाभान्वित हुने

दक्षिण कोरिया, १३ जुलाई । दक्षिण कोरियामा न्युनतम ज्यालामा वृद्धि भएको छ । पटक...

अपराधको गुदी गुदी केलाउने अद्भूत जासूस

मिश्रको एक झिसमिसे बिहानी । एक युवा डाक्टर सानो पोको बोकेर उभिइरहेका थिए ।...

‘थिंक ट्यांक २०२२’को स्थापनाको घोषणा

कोरियाली प्रायद्वीपको एकीकरणका लागि नयाँ अवसरहरूको खोजी गरिने सियोल, कोरिया । संयुक्त राष्ट्र संघका...

अमेरिकाको होपी जनजाति

विरही काइँला होपी सुन्दरी १ फरवरी २०२० सम्मको संयुक्त राज्य अमेरिकाको संघीय मान्यता प्राप्त...

बलात्कारका दोषीलाई नपुंसक बनाइने

काठमाडौँ, ०१ पुष । पाकिस्तानले बलात्कारका दोषीलाई नपुंसक बनाउने कानुन अघि सारेको छ ।...

अफगानिस्तानमा आत्मघाती कार बम विष्फोटमा २६ जना सुरक्षाकर्मीको मृत्यु

अफगानिस्तानको घाज्नी प्रान्तमा आज भएको आत्मघाती कार बम विष्फोटमा २६ जना सरकारी सुरक्षाकर्मीको मृत्यु...

अमेरिकामा अर्को महिनादेखि कोरोना भाइरस विरुद्धको खोप दिन दिइने

काठमाडौं, ८ मंसिर। अमेरिकाका नागरिकलाई अर्को महिनादेखि कोरोना भाइरस विरुद्धको खोप दिन दिइने भएको...

रिपब्लिक टिभिका प्रधान सम्पादक अर्नब गोस्वामी पक्राउ

मुम्बई, ४ नोभेम्बर । रिपब्लिक टिभिका प्रधान सम्पादक अर्नब गोस्वामीलाई मुम्बई प्रहरीले पक्राउ गरेको...