काठमाडौँ, ७ साउन । भारतीय व्यापारी तथा नायिका शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्राले पोर्न भिडियोबाट दैनिक ६, ७ लाख आम्दानी गर्ने खुलेको छ । उनलाई मुम्बई क्राइम ब्रान्चले गिरफ्तार गरी जुलाई २३ तारिखसम्म हिरासतमा राख्न अदालतले अनुमति दिइसकेको छ ।
राजले विभिन्न देशबाट यूवतीहरुलाई अडिसनका लागि बोलाउने र अडिसनबाट छनोट भएका यूवतीहरुको सुरुवातमा सेमी न्यूड भिडियो खिच्ने गर्दथे । उनीहरुलाई न्यूड भिडियो खिच्नका लागि दबाब दिइन्थ्यो भने कतिपय यूवतीले भने उनीहरुको कुरालाई अस्विकार गर्दै प्रहरीमा उजुरी समेत दिएका थिए ।
लण्डनमा बस्दै आएका आफ्ना नातेदार प्रदिप बक्सीलाई राजले भिडियो पठाएर हटसट नामक एपमा भिडियो सार्वजनिक गरेको खुलेको छ । कुन्द्राले भारतमा पोर्न भिडियो बनाउनु गैह् कानुनी भएका कारण बेलायतबाट सार्वजनिक गर्ने गरेका हुन् ।
यो पनि पढ्नुहोस्
राज कुन्द्रालाई पोर्न फिल्म बनाएको अभियोगमा गिरफ्तार
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।