दक्षिण कोरियाबाट गजेन्द्र सेर्माले तीन गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग - Naya Online

दक्षिण कोरियाबाट गजेन्द्र सेर्माले तीन गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

पदम सुखी सम्बाहाम्फे

पाँचथर, ६ साउन । पाँचथरको कुम्मायक –२ माङजाबुङ निबासी समाजसेवी गजेन्द्र सेर्माले कुम्मायक गाउँपालिका साथै फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । रोजगारको शिलसिलामा दक्षिण कोरियामा रहनु भएका सेर्माले कोभिड १९ महामारिको रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले सो स्वस्थ्य सामग्री बितरण गरेका हुन् ।

समाजसेवी सेर्माले चार लाख रकम बराबरको ज्वरो नाप्ने थर्मलगन र सेनिटाइजर लगायतका स्वस्थ्य सामाग्री सहयोग गरेका हुन् । गजेन्द्रद्वारा पठाइएको सो सामाग्री उनका दाजु घनेन्द्र सेर्मामार्फत तीन गाउँपालिकाका विभिन्न केन्द्रमा वितरण गरिएको छ ।

मिक्लाजुङ गाउपलिकाका १ र २ का लागि ३५ वटा थर्मलगन, ६ हजार ४ सय पिस सर्जिकल मास्क, फाल्गुनन्द गाउँपालिकाका लागि वडा नम्बर ६ मा ६ ओटा थर्मलगन र ४ हजार ५ सय पिस मास्क, हस्तान्तरण गरिएको छ ।

कुम्मायक गाउँपालिका–१ का लागि थर्मलगन २४ वटा वडा नम्बर २ का लागि ३० वटा थर्मलगन र ४ हजार ९ सय ९४ पिस सर्जिकल माक्स, साथै वडा नम्बर ३ का लागि १६ वटा थर्मललगन, वडा नम्बर ४ का लागि १२ वटा थर्मलगन, र वडा नम्बर ५ का लागि १६ वटा थर्मलगन गरि १ सय ४७ थर्मलगन अनि १५ हजार ९ सय पिस सर्जिकल माक्स सहयोग गरेका छन् ।

समाजसेवी सेर्माले एक बिज्ञप्ति जारी गर्दै कोरोना भाइरस कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा थप सहयोग पुगोस् भनेर आफुले स्वास्थ्य सामग्री सहयोग गरेको कोरियाबाट सहयोगदाता गजेन्द्र सेर्माले जानकारी दिएका छन् ।

बिगतका केही समयमा पनि ब्यक्तिगत रुपमा कुम्मायक –२ मा २ लाख १६ हजार बराबरको स्वस्थ्य सामग्री बितरण गरिसकेको कुरा पाँचथर एफएमका स्टेशन मेनेजर कविन्द्र सेर्माले जानकारी दिएका छन् ।

वैदेशिक रोजगारमा रहेर दिनरात नभनी खटेर यस्तो उदाहरणीय साथ सहयोग गरेको भन्दै सम्पुर्ण गाउँपालिकाबासिले सहयोगदाता गजेन्द्र सेर्माप्रति आभार प्रकट गरेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पीडितमैत्री सेवा, हिरासत तथा आन्तरिक व्यवस्थापन थप प्रभावकारी बनाउनुपर्नेः प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री

काठमाडौं, १८ साउन । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले महिला, बालबालिका तथा जेष्ठ नागरिक...

नागरिक दबाव सञ्जाल, धरानका संयोजक शर्माद्वारा प्रधानमन्त्रीलाई खुलापत्र

धरान, १८ साउन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्यालाई ध्यान दिनको लागि नागरिक...

संगठित रूपमा ‘जीवनज्योति स्कुल’ सञ्चालन हुने

प्रकाश दिप्साली राई नडाहा, १८ साउन । बराहक्षेत्र नगरपालिकाको प्रतिष्ठित स्कुल जीवनज्योती इङ्लिस स्कुल...

कृषिमा आत्मनिर्भर बन्दै मोरङको पाटीगाउँ

    चबेगुराज सानु पछिल्लो समय मोरङको केराबारी गाउँपालिका वडा नं. १, पाटिगाउँ कृषि...

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको कोर्समा बिमला तुम्खेवाका कविता

    साउन १७, काठमाडौं । कवि तथा पत्रकार बिमला तुम्खेवाका कविता सुदूरपश्चिमका विश्वविद्यालय...

तुइन भएको स्थानमा तत्कालै पुल राख्न गृहमन्त्रीको निर्देशन

  काठमाडौ, १७ साउन । गत शुक्रबार भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको डोरी...

आन्छि मिम आफाल्लाङ मेसिनेन म्युजिक भिडियोमा आउने

  काठमाडौ, १७ साउन । हाङ चेम्जोङको निर्देशनमा “आन्छि मिम आफाल्लाङ मेसिनेन”  बोलको गीतको...

गैर आवासीय नेपाली संघ अष्ट्रियाको अध्यक्षमा भवानी तिवारी निर्वाचित

  १७ साउन, काठमाडौ । – गैरआवासीय नेपाली संघ अष्ट्रियाको अध्यक्षमा भवानी तिवारी निर्वाचित...

उपेन्द्र यादव जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको नेता चयन

काठमाडौँ, १६ साउन । जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठकले अध्यक्ष उपेन्द्र यादवलाई...

लिम्बुवान भर्चुअल श्रृङ्खलाले आफ्नै पार्टी सरकारमा रहेपनि खबरदारी गर्छ –खगेन्द्र माखिम

ललितपुर, १६ साउन । जसपा, लिम्बुवान राष्ट्रिय समितिको भर्चुअल प्रतिगमनविरुद्ध शुरु भएर आन्दोलनको चरणसम्म...