प्रतिबन्धित क्याफिनयुक्त शक्तिवर्द्धक रेडबुल बरामद - Naya Online

प्रतिबन्धित क्याफिनयुक्त शक्तिवर्द्धक रेडबुल बरामद

काठमाडौँ, ६ साउन । नेपालमा प्रतिबन्धित इनर्जी ड्रिङ्स खुलेआम बिक्री–वितरण भइरहेको पाएपछि प्रहरीले ठूलो परिमाणमा बरामद गरेको छ । क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थको बिक्री–वितरण तथा कारोबार रोक लगाइएकोमा खुलेआम बिक्री भइरहेको पाइएपछि प्रहरीले बजारबाट बरामद गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलीले मंगलबार न्युरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन, गोठाटार लगायत क्षेत्रबाट २०२ कार्टुन रेडबुल बरामद गरेको हो । अपराध अनुसन्धान कार्यालयका अनुसार कारोबारमा संलग्न चार जना व्यक्तिहरू गिरफ्तारीमा परेका छन् ।

गिरफ्तारीमा पर्नेहरू प्रणव स्टोर न्युरोडका सञ्चालक रविनराज श्रेष्ठ, बाँके कोहलपुर घर भई गोंगबु बस्ने राजु पौडेल, शक्तिमाता स्टोर कपनका सञ्चालक धनबहादुर श्रेष्ठ र सर्लाही हरिपुर नगरपालिका–१ घर भई हाल गोठाटार बसिरहेका वीरेन्द्र चौधरी छन् ।

२०७६ असार २ मा प्रकाशित राजपत्रमा क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थ बिक्री–वितरणमा रोक लगाएपनि काठमाडौंमा रहेका होलसेल सप्लायर्स ताथ मार्टहरूमा त्यस्तो रेडबुल बिक्री भइरहेको पाइएको अनुसन्धान कार्यालयले जनाएको छ ।

यस्तो रेडबुलको कारोबार अन्य धेरै स्थानमा भइरहेको हुनसक्ने आशंकामा खोजी गरिरहेको र पक्राउ परेका व्यक्तिहरूबारे अनुसन्धान भइरहेको अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुबेर खापुङले जनकारी दिएका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पीडितमैत्री सेवा, हिरासत तथा आन्तरिक व्यवस्थापन थप प्रभावकारी बनाउनुपर्नेः प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री

काठमाडौं, १८ साउन । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले महिला, बालबालिका तथा जेष्ठ नागरिक...

नागरिक दबाव सञ्जाल, धरानका संयोजक शर्माद्वारा प्रधानमन्त्रीलाई खुलापत्र

धरान, १८ साउन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्यालाई ध्यान दिनको लागि नागरिक...

संगठित रूपमा ‘जीवनज्योति स्कुल’ सञ्चालन हुने

प्रकाश दिप्साली राई नडाहा, १८ साउन । बराहक्षेत्र नगरपालिकाको प्रतिष्ठित स्कुल जीवनज्योती इङ्लिस स्कुल...

कृषिमा आत्मनिर्भर बन्दै मोरङको पाटीगाउँ

    चबेगुराज सानु पछिल्लो समय मोरङको केराबारी गाउँपालिका वडा नं. १, पाटिगाउँ कृषि...

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको कोर्समा बिमला तुम्खेवाका कविता

    साउन १७, काठमाडौं । कवि तथा पत्रकार बिमला तुम्खेवाका कविता सुदूरपश्चिमका विश्वविद्यालय...

तुइन भएको स्थानमा तत्कालै पुल राख्न गृहमन्त्रीको निर्देशन

  काठमाडौ, १७ साउन । गत शुक्रबार भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको डोरी...

आन्छि मिम आफाल्लाङ मेसिनेन म्युजिक भिडियोमा आउने

  काठमाडौ, १७ साउन । हाङ चेम्जोङको निर्देशनमा “आन्छि मिम आफाल्लाङ मेसिनेन”  बोलको गीतको...

गैर आवासीय नेपाली संघ अष्ट्रियाको अध्यक्षमा भवानी तिवारी निर्वाचित

  १७ साउन, काठमाडौ । – गैरआवासीय नेपाली संघ अष्ट्रियाको अध्यक्षमा भवानी तिवारी निर्वाचित...

उपेन्द्र यादव जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको नेता चयन

काठमाडौँ, १६ साउन । जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठकले अध्यक्ष उपेन्द्र यादवलाई...

लिम्बुवान भर्चुअल श्रृङ्खलाले आफ्नै पार्टी सरकारमा रहेपनि खबरदारी गर्छ –खगेन्द्र माखिम

ललितपुर, १६ साउन । जसपा, लिम्बुवान राष्ट्रिय समितिको भर्चुअल प्रतिगमनविरुद्ध शुरु भएर आन्दोलनको चरणसम्म...