विदेशमा उपचार भइरहेको भिआइपीको उपचार खर्च सरकारले गर्न पाउँदैन –गगन थापा - Naya Online

विदेशमा उपचार भइरहेको भिआइपीको उपचार खर्च सरकारले गर्न पाउँदैन –गगन थापा

काठमाडौँ, ६ साउन । नेपाली काँग्रेसका नेता गगन थापाले जनस्वास्थ्य ऐनमा कुनै व्यक्तिलाई विदेशमा उपचार गर्दा नेपाल सरकारले उपचार उपलब्ध गराउन नमिल्ने उल्लेख गरेपनि वर्तमान सरकारले सो नियमलाई तोड्न लागेकोमा आपत्ति जनाएका छन् ।

थापाले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने भनेपछि आपत्ति जनाएका हुन् ।

फेसबुकमार्फत आपत्ति जनाएका थापाको भनाई यस्तो छ ।

“२०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा हाम्रै पहल र संशोधनमा “प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन” भन्ने व्यवस्था छ र उक्त कानून २०७५/६/२ गतेदेखि लागू भइसकेको छ ।

यो कानून कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति, प्रधानमन्त्रीदेखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन । कानूनको यो व्यवस्थाको सम्बन्धमा सम्मानीय प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छ ।

जहाँसम्म पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचारको सन्दर्भ छ हामी सबै वहाँको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छौँ । नेपालको लोकतान्त्रिक आन्दोलनमा अभूतपूर्व योगदान पुर्याउनु भएका झलनाथ खनालले पछिल्लो पटक निजी नाफा घाटाको हिसाब नगरी संविधान र लोकतन्त्रको पक्षमा आफूलाई जसरी उभ्याउनु भएको छ यसले उहाँको कद अझ बढेको छ । झलनाथ खनाल समेतको अडान र नेतृत्वदायी भूमिकाका कारणले जोगिएको संसदमा सँगै काम गर्न हामी प्रतीक्षारत छौं । मलाई विश्वास छ हाम्रो चाहना छिटै पुरा हुनेछ ।

उहाँको उपचारको लागि परिवार, स्वजन, पार्टी पंक्ति लागिरहेकै छ । उहाँलाई उपचार खर्च जुटाउनु पर्ने अवस्था नै आएमा त्यसको लागि देश विदेशमा रहेका हामी सबै नेपाली हरदम तयार छौँ र रहन्छौँ नै । यस्तो बेलामा उहाँको विदेशमा गरेको उपचारको खर्च सरकारले व्यहोर्ने भन्ने विषय उठाइ उहाँको बारेमा अनावश्यक टीकाटिप्पणी गर्ने वातावरण बनाएर उहाँ र उहाँको परिवारलाई दुःखी नबनाऊँ ।

सम्माननीय प्रधानमन्त्रीज्यू,
अतः “कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो र अघिल्लो सरकारले कानून विपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईको भनाई उधृत गर्दै आएका समाचार गलत हुन् भन्ने विश्वास छ ।”

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कृषिमा आत्मनिर्भर बन्दै मोरङको पाटीगाउँ

    चबेगुराज सानु पछिल्लो समय मोरङको केराबारी गाउँपालिका वडा नं. १, पाटिगाउँ कृषि...

युमा साम्यो (धर्म) नै किन ?

हितराम तिल्लिङ १. धर्म भनेको के हो ? धर्मको अर्थ तथा परिभाषा व्यक्ति समुदाय...

नयाँअनलाइनमा अब हरेक शनिबार नयाँ साहित्य

काठमाडौँ, १६ साउन । नयाँअनलाइनले हरेक शनिबार आउनेगरी साहित्यिक परिशिष्टाङ्कको रुपमा ‘नयाँ साहित्य’ स्तम्भ...

कम्युनिष्ट पार्टी शब्दजाल बुन्नमा सिपालु हुन्छ -भीम राई, केन्द्रीय सदस्य, जनता समाजवादी पार्टी

भीम राई जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य हुन् । उनले माध्यमिक तह अध्ययनरत...

रवीन्द्र मिश्रको संघीयता र धर्मनिरपेक्षता खारेज गर्ने प्रस्ताव वर्गशत्रु चिन्ने अवसर

मौसम आङ्देम्बे विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गरौं, धर्मनिरपेक्षताबारे जनमत संग्रह...

महामारीबाट जोगिने परम्परागत उपाय

डोल्मा शेर्पा / सिन्धुपाल्चोक विश्वव्यापी फैलिएको कोरोना महामारीकाबेला परम्परागत उपचार पद्दतिको खोजी सूरु भएको...

जसपाको आधिकारिकता उपेन्द्र यादव नेतृत्वको समूहलाई

काठमाडौँ, ११ साउन । निर्वाचन आयोगले उपेन्द्र यादव नेतृत्वको समूहलाई जनता समाजवादी पार्टी (जसपा)...

त्रिभुवन विमानस्थललाई किन रुवाउछ मलेसियाले ?

जेडी गाउँले क्वालालम्पुर, २४ जुलाई । शनिवारको बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल एकपटक फेरि स्तब्ध...

“राजनीतिक कोरोनाभाइरसलाई पार्टीमा स्थान दिए पार्टीलाई दुषित बनाउँछ”

काठमाडौँ, ९ साउन । जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य गंगा श्रेष्ठ मानवले पार्टीलाई धोका...

निर्वाचन आयोगले जसपाको कार्यकारिणी सदस्य सनाखत गर्ने

काठमाडौँ, ७ साउन । जनता समाजवादी पार्टी, नेपालको आधिकारिकताका लागि निर्वाचन आयोगको इजलासमा भएको...