दलित पुजारीको घोषणा तर बस्ती र मन्दिर भने कथित दलितकै - Naya Online

दलित पुजारीको घोषणा तर बस्ती र मन्दिर भने कथित दलितकै

सीता सुब्बा तुम्खेवा

ललितपुर, ६ साउन । कथित दलित र गैरदलितको जुहारी चलिरहेको बेला ललितपुरको गोदामचौरस्थीत निर्माणाधिन गणेश मन्दिरमा दलित पुजारी राखिने समाचार निकै प्रचारमा ल्याइयो । जसले छुवाछुत र विभेदमुक्त समाज निर्माणमा केही सान्तवना दिने काम गरेको भनी बहस पनि भयो ।

सनातन गोरक्ष राष्ट्र नेपालले शनिबार गोदामचौरमा आयोजना गरेको कार्यक्रममा वाचनप्रवीण पण्डित दीनबन्धु पोखरेलले स्थानीय लक्ष्मण रम्तेललाई कर्मकाण्ड सिकाएर मूल पुजारी बनाउने घोषणा गरेका थिए । घोषणा गर्दै भनेका थिए –“पछिल्लो समय नेपालमा जात र धर्मबीच द्वन्द्व फैलाउन खोजिएको छ, यसप्रति सबै सजग हुनुपर्छ ।”

तर समाचारमा प्रचार गरिएजसरी भने त्यहाँ छैन ।

करिब ८० घरजति कथित दलित बस्ती रहेको छ उक्त ठाउँमा । पहिले पाटी र गणेश मन्दिर रहेकोमा वि.सं. २०७२ सालको विनासकारी भुकम्पले मन्दिर र पाटी दुवै भत्काइदिएको थियो । त्यसपछि मन्दिरका मुर्तीहरूलाई साविक मन्दिरको अगाडिपट्टि एउटा रुखको फेदमा राखेर पूजा गरिँदै आएको छ ।

लक्ष्मण रम्तेल
लक्ष्मण रम्तेल

 

पाटीको पुननिर्माण भइरहेको छ, तर मन्दिरको भएन । त्यसैले स्थानीयले नै मन्दिर बनाउन लागेका हुन् । शिलान्यास हुने तयारीमा रहेको मन्दिर बनिसकेपछि रम्तेलले कर्मकाण्ड शुरु गर्ने भनिएको छ । सगौरा नेपालका संरक्षक अर्जुन रानासहितको बैठकबाट लक्ष्मण रम्तेललाई पूजारीको लागि छनौट गरिएपछि समाचारमार्फत प्रचारमा आएको हो ।

के सबै गैरदलितहरू दलित पुजारीकहाँ पूजा गर्न आउलान् त ?
पुजारीका लागि छनौट भएका लक्ष्मण रम्तेलका अनुसार दलित समुदयबाट बाजे बराजुको पालादेखि यहाँ राँगा मार हान्दै पूजाआजा गर्दै आएको हो । पूजा गर्न सबै जातिका आस्थावानहरू आउने गर्थे । आआफ्नै तरिकाले पूजा गर्थे ।

सबैले आआफ्नै ढङ्गले पूजा गर्ने स्थलमा मन्दिर बनाएर दलित पुजारी राख्दा पूजा गर्न सबै जातिका आस्थावानहरू आएतापनि पुजारीको हातबाट प्रसाद ग्रहण गर्न कतिको सम्भव छ त ? यहाँनेर भने शंका गर्न सकिन्छ । किनभने पहिलेको मन्दिरमा पुजारी थिएन । अहिले रुखको फेदमा राखिएको मूर्तिहरूलाई स्थानीयहरूले त्यसरी नै पुज्दै आइरहेका छन् ।

सानुबाबु नेपाली

 

“रम्तेल पूजारी नियुक्त भएपनि उनको काम भनेको मन्दिर रेखदेख गर्ने सुरक्षा दिने होलान् ।” स्थानीय सानुबाबु नेपालीले भने । आजभन्दा अगाडिको अनुभवमा ब्राम्हणले दलितहरूलाई निधारमा टिका नलगाइदिएको, हातैमा थाप्नुपरेको अनुभव सुनाउदै नेपालीले यसो भनेका हुन् । लक्ष्मण रम्तेलले भने समय परिवर्तन हुँदै आइरहेको र जातिय छुवाछुत पनि कम हुँदै गएको हुँदा सबैजनाले आफुबाट टिका र प्रसाद ग्रहण गर्न सक्ने बताए ।

गाउँलेहरूले नै मिलेर मन्दिर निर्माण गरिरहेको हुँदा इच्छुकहरूले सहयोग गर्न सक्ने लक्ष्मणले भने –“मन्दिर निर्माण गर्न करिब १० लाख अनुमानित भएको छ ।”

मन्दिर निर्माणस्थल र पाटी

 

वाचनप्रवीण पण्डित दीनबन्धु पोखरेलले आफ्नो वचनप्रति प्रतिवद्ध रहलान् या नरहलान्, आम हिन्दु धर्मलम्बी समुदायहरूले स्वीकार्लान कि नस्वीकार्लान् त्यो त समयले बताउला यस कदमलाई जातीय विभेदविरुद्धको एक सकारात्मक निर्णय मान्न सकिन्छ ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कृषिमा आत्मनिर्भर बन्दै मोरङको पाटीगाउँ

    चबेगुराज सानु पछिल्लो समय मोरङको केराबारी गाउँपालिका वडा नं. १, पाटिगाउँ कृषि...

युमा साम्यो (धर्म) नै किन ?

हितराम तिल्लिङ १. धर्म भनेको के हो ? धर्मको अर्थ तथा परिभाषा व्यक्ति समुदाय...

नयाँअनलाइनमा अब हरेक शनिबार नयाँ साहित्य

काठमाडौँ, १६ साउन । नयाँअनलाइनले हरेक शनिबार आउनेगरी साहित्यिक परिशिष्टाङ्कको रुपमा ‘नयाँ साहित्य’ स्तम्भ...

कम्युनिष्ट पार्टी शब्दजाल बुन्नमा सिपालु हुन्छ -भीम राई, केन्द्रीय सदस्य, जनता समाजवादी पार्टी

भीम राई जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य हुन् । उनले माध्यमिक तह अध्ययनरत...

रवीन्द्र मिश्रको संघीयता र धर्मनिरपेक्षता खारेज गर्ने प्रस्ताव वर्गशत्रु चिन्ने अवसर

मौसम आङ्देम्बे विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गरौं, धर्मनिरपेक्षताबारे जनमत संग्रह...

महामारीबाट जोगिने परम्परागत उपाय

डोल्मा शेर्पा / सिन्धुपाल्चोक विश्वव्यापी फैलिएको कोरोना महामारीकाबेला परम्परागत उपचार पद्दतिको खोजी सूरु भएको...

जसपाको आधिकारिकता उपेन्द्र यादव नेतृत्वको समूहलाई

काठमाडौँ, ११ साउन । निर्वाचन आयोगले उपेन्द्र यादव नेतृत्वको समूहलाई जनता समाजवादी पार्टी (जसपा)...

त्रिभुवन विमानस्थललाई किन रुवाउछ मलेसियाले ?

जेडी गाउँले क्वालालम्पुर, २४ जुलाई । शनिवारको बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल एकपटक फेरि स्तब्ध...

“राजनीतिक कोरोनाभाइरसलाई पार्टीमा स्थान दिए पार्टीलाई दुषित बनाउँछ”

काठमाडौँ, ९ साउन । जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य गंगा श्रेष्ठ मानवले पार्टीलाई धोका...

निर्वाचन आयोगले जसपाको कार्यकारिणी सदस्य सनाखत गर्ने

काठमाडौँ, ७ साउन । जनता समाजवादी पार्टी, नेपालको आधिकारिकताका लागि निर्वाचन आयोगको इजलासमा भएको...