साहित्यकार नवल फाइवालीको निधन - Naya Online

साहित्यकार नवल फाइवालीको निधन

झापा, ५ साउन । याक्थुङ साहित्यकार नरबहादुर लिम्बू (नवल फाइवाली)को निधन भएको छ । अर्जुनधारा ७ निवासी ८० वर्षीय साहित्यकार नवल फाइवालीको मंगलबार दिउँसो निधन भएको हो ।

उनलाई ५ दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि सोमबार उपचारका लागि बिर्तामोडको बिर्ता सिटी हस्पिटलमा भर्ना गरिएको थियो । यसअघि अर्जुनधारा ७ कै शंकर हस्पिटलमा केही दिन उपचार गरिएको थियो । उपचारकै क्रममा छातीमा समस्या देखिएपछि उनलाई मंगलबार बिर्ता सिटी हस्पिटलमा भर्ना गरिएको हो ।

पछिल्लोपटक उनको एन्टिजेन परीक्षण गरिँदा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उपचारकै क्रममा हृदयघात भइ निधन भएको हो । हस्पिटलमा भर्ना गरिए पनि उनको छातीमा समस्याबाहेक कुनै समस्या नदेखिएको परिवारले जनाएको छ ।

साहित्यकार नवल फाइवाली किरात धर्म, संस्कार र भाषाका लागि विज्ञ मानिन्थे । उनका दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उनको पछिल्लो कृति ‘अन्तिम यात्रा’ प्रकाशनमा आएको थियो । उनी किरात याक्थुङ चुम्लुङका पूर्व केन्द्रीय सदस्य हुन् । विभिन्न संघसंस्थाले उनलाई सम्मान गरिसकेका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

प्रज्ञामा प्रथम कवि राईलाई वडाको सम्मान

भोजपुर, १८ साउन । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा असार ९ गते आयोजित राष्ट्रिय कविता महोत्सवमा ‘देशको...

पीडितमैत्री सेवा, हिरासत तथा आन्तरिक व्यवस्थापन थप प्रभावकारी बनाउनुपर्नेः प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री

काठमाडौं, १८ साउन । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले महिला, बालबालिका तथा जेष्ठ नागरिक...

‘समकालीन नेपाली कवितामा समावेशीकरण’ प्रकाशित

काठमाडौँ, १८ साउन । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट ‘समकालीन नेपाली कवितामा समावेशीकरण’ नामक पुस्तक प्रकाशित भएको...

नागरिक दबाव सञ्जाल, धरानका संयोजक शर्माद्वारा प्रधानमन्त्रीलाई खुलापत्र

धरान, १८ साउन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्यालाई ध्यान दिनको लागि नागरिक...

संगठित रूपमा ‘जीवनज्योति स्कुल’ सञ्चालन हुने

प्रकाश दिप्साली राई नडाहा, १८ साउन । बराहक्षेत्र नगरपालिकाको प्रतिष्ठित स्कुल जीवनज्योती इङ्लिस स्कुल...

कृषिमा आत्मनिर्भर बन्दै मोरङको पाटीगाउँ

    चबेगुराज सानु पछिल्लो समय मोरङको केराबारी गाउँपालिका वडा नं. १, पाटिगाउँ कृषि...

जनसांस्कृतिक महासंघ सचिवालय बैठकद्वारा विभिन्न महत्वपूर्ण निर्णय

काठमाडौँ, १७ साउन । जनसांस्कृतिक महासंघको केन्द्रीय सचिवालय बैठक शनिबार काठमाडौँमा सम्पन्न भएको छ...

कोरोना भाइरसको संक्रमणबाट कुम्मायकमा एकको निधन

पदम सुखी सम्बाहाम्फे पाँचथर, १६ साउन । पाचथरको कुम्मायक गाउपालिका वडा नं. ५ निगालेका...

लालिगुराँस नगरपालिकालाई हङ्कङबाट अक्सिजन कन्सन्ट्रेटर उत्पादन गर्ने मेसिन प्राप्त

तेह्रथुम, १६ साउन । हङकङ नेपाली महासंघ, हङकङ तेह्रथुम फोरम, किरात याक्थुङ चुम्लुङ हङकङ...

मदन पुरस्कारको उत्कृष्ट सूचिभित्र इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’

काठमाडौं, १६ साउन । मदन पुरस्कार—२०७७ को लागि भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’...