क्या. हर्क बहादुर राई, वृटिस आर्मी र वुङ्लावा भाषाप्रेमी - Naya Online

क्या. हर्क बहादुर राई, वृटिस आर्मी र वुङ्लावा भाषाप्रेमी

आजेश राई

“चोला उठी गयो…
शरीर विलय भयो…
यथार्थ यही भयो…
कृतिका तिम्रा पानाहरू बाँची रहनेछन्…
नरहे चोला कृतिले तिमलाई बचाइरहनेछन्….. !”

शाश्वत सत्य मृत्यु छ । सर्वश्रेष्ठ प्राणी भनाँउदा प्रायः जसो मान्छेहरू थाहै नपाए झैं गरेर स्वार्थ र कपटको दुनियाँमा लड्दै र पड्दै कहाँ कति बेला, कतिखेर भुक्लुक्कै प्राण फुत्किदाँ उसका सबै भौतिक श्रोतहरू बेठेगानमा परिणत हुन्छन् । कोही केही असल नियतकाहरूले व्यक्तित्वहरूले मात्र संसारिक नियमलाई बुझेर जीवनकालमा कृति रहने उल्लेख्य कार्यहरू गरेर जान्छन् । जो कृति नै वास्तवमा अजम्बरी झै सदाकाल रहि रहनेछ ।

यस्तै सोंच बिचारले ओतप्रोत भएका गुनिला व्यक्तित्व थिए भू.पु. बृटिश गोर्खा क्याप्टेन हर्कबहादुर बुङलावा राई फोपा पनि । असल कार्यमा तल्लिन रहदाँ रहँदै शाश्वत सत्य मृत्युुका नियमलाई वहाँले पनि लघ्न गर्न सक्नु भएन…! त्यसैले आज वहाँ हामीबिच हुनुहुन्न… !

स्व.क्या.हर्क बहादुर राईको संक्षिप्त जानकारी र वहाँका कृति र योगदानहरू
क्या.हर्क बहादुर राईको जन्म विक्रम संम्बत् २००३ साल पौष २९ गतेका दिनमा भोजपुर जिल्ला अन्तरगत पर्ने नेपालेडाँडाको मझुवामा भएको थियो । शिक्षाप्रेमी व्यक्तित्व सुवेदार प्रभुध्वज राईको विशेष पहलमा भर्खर खुलेको “गोर्खा सैनिक सोल्जर्स बोर्ड स्कूल” हालको सिद्देश्वरी प्रा.वि.का वहाँहरू पहिलो ब्याचको रूपमा भर्ना भई प्राथमिक तहसम्मका अध्ययन गर्दै गर्दा नेपाली सैनिकका सुबेदार राजमानका काँईला छोरा पूर्व बृटिश आर्मीका हवल्दार(गल्ला) महावीर बुङलावा राईले ब्वाई(बोही) भर्ती (बृटिश सरकारको परियोजना अन्तरगत सानै उमेरका युवाहरूलाई शिक्षा दिक्षा दिई जवान भएपछि बृटिश आर्मीमा भर्ती गराउने)का लागि धरान अवस्थित घोपा क्याम्पमा ल्याउनु भएथ्यो । यसरी विक्रम सम्बत् २०१७ सालमा बृटिश सेनामा भर्ना हुनुभएथ्यो ।

वहाँले ५/७ वर्ष अघि मलाई पुराना अतीतका घटनाहरू सुनाउने क्रममा भन्नु भए अनुसार “म सानै उमेरका थिएँ । घरबाट पैदल हिँडेको दिन रुखको फेदमा वास बस्यौं । काँईला दाजु महावीरको छेवैमा टाँसिएर सुतेको थिएँ । आमाको कहिल्यै साथ नछोडेको म अचानक राती आमाको यादले सताएछ र म हिकिक्क गरेर रोएछु । के भो कान्छा भनेर झक्झकाउनु भयो । मलाई मेरो आमाको साह्रै याद आयो दाजु भनें र दाजुले सम्झाई बुझाई गरेर फकाउनु भएपछि म फेरि निदाँए । यसरी मेरो लाहुरे जीवन सुरु गरेथें नाति” भने मलाई सुनाउनु भएथ्यो । वहाँको यसरी बृटिश आर्मी यात्रा तयार भएको थियोे । तिक्ष्ण दिमाग, कर्मशील, ईमान्दार, दयालु, निडर, स्वभावले गर्दा वहाँलाई क्याप्टेन जस्तो उच्च पद सम्म प्राप्त भएथ्यो । वहाँले मलाई अर्को पनि रोचक कहानी सुनाउनु भएथ्यो ।

“वृटिश सरकार र अर्जेन्टिना सरकारको विबादमा रहेको फक्ल्याण्डको टापुमा महाघोर युद्धको घोषणा भयो (सन् १९८२) । युद्ध स्तरमा उत्रने दिन नजिकैदै थियोे । आदेशलाई पालना नगरी सुखै थिएन र घरमा चिठ्ठीपत्र गरेर देवी देवताहरूलाई भाकल गरि माँगे । नभन्दै हामी युद्धमैदानमा होमियौं र मेरो कमान्डिङको जत्था पानी जहाजमा थियौं । गोलाबारुद प्रहार हुन थाल्यो । तर भाग्यवस अर्जेन्टिनाका दुश्मनहरूले हाम्रो जहाजलाई दया भावले हेरेर यिनीहरू गोर्खाली हुन् यिनीहरूलाई बमबारुद प्रहार नगर्नु भन्ने संकेत दियो । यदि उनिहरूले दया नदेखाएको भए हामी समुद्रमै विलय हुने थियौं । त्यसैले म अर्जेन्टिनाप्रति सदैव कृतज्ञ हुन्छु ।

२०४८ सालमा सेवानिवृत्त भएर नेपाल आएपछि वहाँले व्यापारमा पाईला चाल्नु भएथ्यो । तर सो व्यापारले वहाँलाई असफल बनायो । त्यसैको कारणले वहाँमा मुुटु र बाथको दीर्घरोग बस्यो । त्यति हुँदा हुँदै पनि वहाँले दाजुभाइ र वंश अनि समाजलाई केही न केही गुन लगाउनु पर्छ भन्ने अभिप्रायले बुङलावा राईहरूको बहुमूल्य श्रोतकारूपमा “बुङलावा राईहरूको बंशवली”पुस्तक निजी लगानीमा प्रकाशित गर्नुभयो ।

वहाँले निजी खर्चमा बुढापाकाहरूलाई श्रोत बनाएर गाँऊबाट तुम्लिङटारको होटलमा हप्ता दिनसम्म राखेर अभिलेख तयार गर्दै उक्त पुस्तक भित्रका आधार स्तम्भ तयार गर्नु भएथ्यो । बुङलावा संस्थाको गठन गर्ने मेरो र बिक्रम राई काकाको योजना अनुरूप वहाँलाई संस्थापक अध्यक्ष बनाउने प्रस्ताव अनुसार वहाँ कमिटीमा बसेर दुई कार्य काल पूरा गर्नुभयो ।संस्थामा रहदाँ वा नरहदाँ पनि वहाँले आपद् विपद्मा परेकाहरूलाई दस हजारभन्दा कम नगद दिनुहुन्नथ्यो । वहाँको नामै दस हजार फोपा(बाजे) भनेर पछाडिबाट भन्ने गर्दथ्यौं ।

विगत ८÷९ वर्ष अघिबाट रातदिन लगाएर बुङलावा राई भाषाको शब्दकोषको लेखनमा तल्लिन हुनुहुन्थ्यो । मेरो बिचारमा शब्दकोष लेखन कार्य अन्तिम अन्तिममा पु¥याउनु भएथ्यो कि भन्ने लाग्छ । सो शब्दकोषले वहाँका हातबाट पूर्णता पाउन सकेको भए हामी बुङलावा राईहरूको भाषा जिवन्त रहने थियोे । असल व्यक्तित्वलाई गुमाउनु परेकोमा हामीमा पीडा त छ नै र सँगै बहुमूल्य दस्तावेज पनि हामीले गुमाएका छौं । वहाँको अधुरो कार्यलाई मन, सीप र ज्ञान हुनेले वहाँको परिवारसँग सल्लाह गरेर अघि बढाउदै पूर्णता दिने हो भने मृत आत्माले शान्ति त पाँउथ्यो होला नै । हामी र हाम्रा दरसन्तानका लागि पनि भाषामा आधारस्तम्भ बन्ने थियो । ईच्छुक व्यक्तिहरूमा मैले यही लेखबाट पनि हार्दिक अनुरोध गर्दछु ।

क्याप्टेन हर्क बहादुर फोपा स्वर्गवास भएको पनि यो आउने पौषमा दुई वर्ष पूरा हुने रहेछ । वहाँले मिति २०७६ पौष २२गते यो संसारबाट बिदा लिनु भएको थियो । यत्तिका दिन र वर्ष बितिसक्दा पनि फोपा जिवितै भएको भान हुन्छ मलाई । किन किन विश्वास नै लाग्दैन । वहाँको पार्थिव शरिर हेर्दा मृत्युलाई जित्ने आत्माविश्वास थियो भन्ने लाग्छ । किन कि वहाँका छाती चौडा थिए अनि दुबै हातका पोजिशन लत्रिएका थिएन । अनुहारमा चमक नै थियो तर आत्माले शरिरलाई छाडिसकेको थियो । असक्त शरीरको भान नहुदाँ नहुँदै पनि भित्री अंगले काम नगरेको वहाँलाई पत्तै भएनछ र नै अकास्मत अज्ञानतावस नै परलोक हुनुभएछ भन्ने मेरो बुझाई थियो ।

मैतिदेवीको याद र फोपाको सम्झना
काठमाडौं वहाँको घर मैतिदेवीमा हामीहरू वर्षको दुई चोटि दशैं र तिहारमा तासको म्यारिज खेल खेल्ने गर्दथ्यौं । पछिल्लो कालखण्डमा वहाँले बिमारको कारणले वाईनमात्रै खाने गर्नु हुन्थ्यो । हामी अन्य म्यारिज टिमलाई ह्वीस्की वियर दिनुहुन्थ्यो । यसरी खेल्दै खाईपिई गर्दा वहाँलाई पुराना गाँउले जीवनका यादले सताउथ्यो होला र टिपिकल दमाई बाजाका गर्रा धुनका गीत लगाएर बसेकै ठाउँमा हातमात्र हल्लाउँदै, कम्मर मर्काउदै नाचे जस्तो गर्नु हुन्थ्यो ।

‘तेरिमा लाने लाटीको लोग्ने,को छ र बोक्ने” भन्दै ए नि लै लै गाँउका बुढाहरू यसरी विहे बटुलोमा र हाट बजारमा नाँच्ने गर्थे । ती दिनहरूको झझल्को कम्ता आँउदैन त भनेर भन्ने गर्नु हुन्थ्यो ।

मैले दशकाम छोडेर भए पनि र अन्य साथीहरूको समयलाई तोडेरै भए पनि हर्क फोपासँगै मैले लगतार समय बिताउनु पर्दथ्यो । वहाँले महिना दिन अघिबाटै मलाई निम्तो दिने गर्नुहुन्थ्यो । अब ति सबै सम्झनामा मात्र सिमित रहेका छन् । मेरो मैतिदेवी जाने बाटो नै टुटेको दुई वर्ष पुग्न लागेको छ । मैतिदेवी र फोपाको सम्झना चाहिँ ताजै छ । सायद असल गुनिला व्यक्तित्व भएर नै होला । सम्झना छिन छिनमा आइरहन्छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

युमा साम्यो (धर्म) नै किन ?

हितराम तिल्लिङ १. धर्म भनेको के हो ? धर्मको अर्थ तथा परिभाषा व्यक्ति समुदाय...

एक “गुमनाम” पूर्व कांग्रेसी कार्यकर्ता मीनबहादुर थापाको संस्मरण

अर्जुन मादेन लिम्बू   राजनीतिसंगै गीत रचना र समाजसेवामा समर्पित मीनबहादुर थापालाई नियाल्दा मुलतः...

रवीन्द्र मिश्रको संघीयता र धर्मनिरपेक्षता खारेज गर्ने प्रस्ताव वर्गशत्रु चिन्ने अवसर

मौसम आङ्देम्बे विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गरौं, धर्मनिरपेक्षताबारे जनमत संग्रह...

महामारीबाट जोगिने परम्परागत उपाय

डोल्मा शेर्पा / सिन्धुपाल्चोक विश्वव्यापी फैलिएको कोरोना महामारीकाबेला परम्परागत उपचार पद्दतिको खोजी सूरु भएको...

बुङलावा राईमा द्वारे, सुबेदार र गौरूङ्ग कसरी प्राप्त भयो ?

आजेश राई बुङलावा राईमा द्वारे, सुबेदार र गौरूङ्ग पदहरू छन् । यो कसरी प्राप्त...

क्या. हर्क बहादुर राई, वृटिस आर्मी र वुङ्लावा भाषाप्रेमी

आजेश राई “चोला उठी गयो… शरीर विलय भयो… यथार्थ यही भयो… कृतिका तिम्रा पानाहरू...

धर्मले लादेको कानुन अहिले पनि व्यावहारमा

दलमर्दन कामी नेपालको संविधान –२०७२ ले नेपाललाई समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रूपमा...

टिप्पणीः ‘निर्वाचन क्षेत्रबाट ५०% बढि मत ल्याउने मात्र निर्वाचित हुनुपर्छ’

सरोज बराल २०१५ सालमा नेपाली काँग्रेसको दुई तिहाइ सरकार किन टिकेन ? २०४८ मा...

पोल्ट्रीफार्ममा विचौलिया आतङ्क

सिर्जना राई खोटाङका भीम राई (नाम परिवर्तन) लामो समय विदेशमा बसे । मलेसियाको एक...

‘विभेद पाइला–पाइलामा छ, न्याय मागे श्रद्धाञ्जली दिन्छन्’

सीता तुम्खेवा ३ बर्ष अघि म धरानको भानुचोक बस स्टेशनबाट चितवनको लागि बस चढेँ...