काठमाडौँ, ५ साउन । मुम्बई प्रहरीले बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान् तथा व्यवसायी राज कुन्द्रालाई पोर्न फिल्म बनाएको अभियोगमा गिरफ्तार गरेको छ । पोर्न फिल्म बनाएर त्यसलाई अनलाइनमार्फत प्रसारण गरेको आरोपमा उनलाई गिरफ्तार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मोबाइल एपमार्फत फिल्म प्रसारण गरेको आरोपमा कुन्द्रालाई गिरफ्तार गरिएको मुम्बई प्रहरीले जनाएको छ । ‘यसबारेमा हामीसँग पर्याप्त प्रमाण छन्, थप अनुसन्धान गरिरहेका छौं,’ मुम्बई प्रहरीले प्रेस रिलिजमा भनेको छ ।
ब्रिटिस रियालिटी सो ‘सेलेब्रिटी बिग ब्रदर’ को २००७ का विजेतासमेत रहेकी शिल्पाका श्रीमान् कुन्द्रा यसअघि पनि पटक–पटक विवादमा मुछिएका छन् । सन् २००५ मा कुन्द्रालाई क्रिकेटमा म्याच फिक्सिङको आरोप लागेपछि क्रिकेटसम्बन्धी सबै प्रकारका गतिविधिमा आजीवन प्रतिबन्ध लगाइएको थियो ।
एजेन्सीको सहयोगमा
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।