‘फ्लोरक्रस’ गर्ने २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण - Naya Online

‘फ्लोरक्रस’ गर्ने २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं, ४ साउन । चौधौँ वैठकलाई एकाएक १०औं बैठक बनाएर जेठ २ पछि जान खोजेको नेकपा एमालेले ‘फ्लोरक्रस’ गरेर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले आफ्नो मन्तव्यको क्रममा स्पष्टीकरण सोध्ने भनाई राख्दै गर्दा सदस्यहरुले होहल्ला गरी कारवाही गर्नैपर्ने हुटिङ आएको थियो । यद्यपि कानुनी प्रक्रिया पूरा गर्न स्पष्टीकरण सोध्नैपर्ने भनेर ओलीले होहल्ला साम्य पारेका थिए ।

ओलीले १० वुँदे सहमतिलाई अनुमोदन गर्ने प्रस्तावलाई अनुमोदन गर्न लगाए भने माधव नेपालको लागि पार्टीमा स्थान नरहेको कुरालाई पुनः दोहो¥याए । अन्य सदस्यहरुले आत्मआलोचना गरेर आएर ढोका खुला गर्ने तर नेपालको लागि सदा बन्द भएको कुरा यसअघि बालकोटबाट पनि घोषणा गरेका थिए ।

पार्टीले होइन, गुटले स्पष्टिकरण मागेकोले दिन आवश्यक छैन –खापुङ
नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई भोट दिनेलाई स्पष्टिकरण सोधेर कारवाही गर्ने तयारीप्रति तेह्रथुमबाट प्रतिनिधित्व गर्ने सांसद भवानीप्रसाद खापुङले कडा आपत्ति जनाएका छन् ।

हिमालय टिभीको प्रश्नमा खापुङले आपत्ति जनाएका हुन् । पार्टीले नभई गुटले स्पष्टिकरण सोधेकाले त्यसलाई नमान्ने खापुङको भनाई थियो ।

लोकतन्त्र, संविधान र संसद बचाउन प्रधानमन्त्री देउवालाई भोट हालेकोले माफी पनि नमाग्ने खापुङले प्रष्ट पारे ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘सिरिजङगा तङ्नाम’को भिडियो सार्वजनिक

काठमाडौ – लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को शुक्रबार सार्वजनिक भएको छ । सिक्किमस्थित मार्ताम,...

‘हुक्फोलो’को भिडियो सार्वजनिक

पान्थर, ६ माघ । लिम्बु भाषाको गीत ‘हुक्फोलो’ को भिडियो बिहिवार सार्वजनिक भएको छ...

जदौ मपाइत्व

मलिसा याक्थुङ्बा लिम्बू मपाइत्व भन्ने कुरा पुरानो नेपाली किताबमा ‘म जुजुमान’ भन्ने पाठमा पढेको...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

जोसियल नेटवर्किङबाट महिनामा लाखौं कमाइने भन्दै करोडौं ठगी गरेपछि सम्पर्कवीहिन

काठमाडौं, २८ पुस । पछिल्लो समय नेटवर्किङ व्यावसायबाट ठगीनेहरुको सङ्ख्या बढ्दो छ । विभिन्न...

निरज सर ! तपाई होइन, म कहाँ हराएँ ?

देवेन्द्र सुर्केली सन् २००६ को अन्त्यतिर मलेसियातिर हान्निएँ । मेरो दाजु राजेन्द्र खापुङ मलेसियामा...

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

जनताले पावन्दी कहिले जान्ने ?

मलिसा याक्थुङ्बा लिम्बू नेपालभित्र कथित एकिकरण भईरहँदा अमेरिकामा क्रिष्टोफर कोलम्बसले पत्ता लगाउँदै थिए, ईतिहासमा...

लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई

-आपुङ्गी हाङ काठमाडौं, २० पुस । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...