फिप्नाले विश्व आदिवासी दिवसमा खेलकुद, बहस र फिल्म फेस्टिबल गर्दै - Naya Online

फिप्नाले विश्व आदिवासी दिवसमा खेलकुद, बहस र फिल्म फेस्टिबल गर्दै

न्यूयोर्क, १९ जुलाई । नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना)ले २७ औं विश्व आदिवासी दिवसको अवसरमा फिप्ना कप–२०२१ गर्ने भएको छ ।

अगष्ट ७ र ८ तारिख क्वीन्स ब्रिज पार्क न्यूयोर्कमा भलिबल र फुटबल प्रतियोगिता गर्ने पिप्नाका अध्यक्ष लोक चेम्जोङले जानकारी दिएका छन् ।

चेम्जोङले जेपीजे इन्टरटेन्मेन्ट युट्युव च्यानलबाट नियमित प्रशारण हुने हेल्लो अमेरिका कार्यक्रममार्फत सो कुराको जानकारी दिएका हुन् ।

उक्त कार्यक्रममा खेलाडी, खेलप्रेमी साथै सम्पूर्ण महानुभावहरूको उल्लासमय सहभागी, उपस्थितिको लागि अनुरोध पनि गरेका छन् ।

बहस र फिल्म फेस्टिबल पनि गर्ने
खेलकुद कार्यक्रमसँगै विज्ञहरुसँग छलफल गर्ने भएको छ । अगष्ट ९ का दिन सो कार्यक्रम गरिने भएको हो । अगष्ट २१ मा नेपाली आदिवासी चलचित्र महोत्सव पनि गर्ने अध्यक्ष चेम्जोङले जनाएका छन् ।

खेलले सबैलाई आकर्षित गराउने र स्वास्थ्य तथा मनोनरञ्जन दुवैको लागि हुनेभएकोले खेलकुद प्रतियोगिता राखिएको चेम्जोङले बताए । नेपालीबाट आएका सबै तहतप्कालाई अमेरिकामा पुस्तौपुस्तासम्म जोगाउन यस्ता कार्यक्रमले सघाउ पुर्याउनको तर्क थियो । खेलकुद कार्यक्रम पूर्णरुपमा युवाकेन्द्रीत हुनेछ ।

आदिवासी चलचित्र महोत्सव चाही सन् २०१६ देखि नियमित हुँदै आइरहेकोमा यस वर्ष केही व्यवस्थित गर्नु साथै अवार्डहरु पनि थपिने अध्यक्ष चेम्जोङले जनाएका छन् ।

विविधता नै नेपाली पहिचान
ढाकाटोपी दौरासुरुवाल लाउने मात्र नेपाली होइनन्, सिलामसाक्मा, बख्खु र कछाड लाउने पनि नेपाली हुने भएकोले फिप्ना गठन भएको चेम्जोङले बताएका छन् । नेपालदेखि विदेशिनसाथ एउटै नेपाली संस्थाले चिनिन सकिने अवस्था हुँदाहुँदै फिप्ना किन आवश्यक पर्यो भन्ने जेपीजेले राखेकोमाथि अध्यक्ष चेम्जोङले सो भनाई राखेका हुन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

अमेरिकाको टेक्सासमा याक्थुङ चुम्लुङको चासोक तङनाम साँझ र अधिवेशन सम्पन्न

नगेन्द्र ईङनाम “आठराईली” टेक्सास, ३ जनवरी । अमेरिकाको टेक्सास राज्यस्थित अर्भिङ शहरमा लिम्बुहरुको मौलिक...

मकाउमा मौलिक चाडपर्वहरुको अवसरमा सामुहिक रूपमा शुभकामना आदानप्रदान

-सन्देश ‘ईङघङ’ मकाउ, १३ पुस । मकाउमा सामुहिक रूपमा मौलिक चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान...

सर्जकहरूले मास्टर मित्रसेन थापालाई सम्झे

लन्डन, २८ डिसेम्बर । पुराना एवम् चर्चित लोकगायक मास्टर मित्रसेन थापा मगरलाई उनले दिएको...

अमेरिकामा भव्यतका साथ मनाईयाे चासाेक तङ्नाम

न्युयोर्क । अमेरिकामा चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ् अमेरिकाको...

किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डन शाखाले उधौली र चासोक तङ्नाम मनायो

प्रिन्स याक्खा लण्डन, १३ डिसेम्बर । किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डनको सिनियर ब्रान्चले फेल्थाम...

संस्थाको कुशल व्यवस्थापक सम्मान दिपेश लिम्बुलाई प्रदान

न्यूयोर्क, २७ नोभेम्बर । किरात आक्थुङ चुम्लुङ अमेरिकाले दिपेश लिम्बुलाई संस्थाको कुशल व्यवस्थापकको रूपमा...