जापान पठाइदिन्छु भन्दै रकम ठगी - Naya Online

जापान पठाइदिन्छु भन्दै रकम ठगी

काठमाडौं, ४ साउन । जापान पठाइदिन्छु भन्दै नगद ३९ लाख ६८ हजार  ९ सय ९६ रुपैयाँ ठगी  गरेको अभियोगमा ४ जनालाई सोमबार प्रहरीले गिरफ्तार गरेको छ ।

गिरफ्तार पर्नेहरुमा काठमाडौं नयाँबजार बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-१२ पदमपोखरी घर भएकी ३७ वर्षीया शुभद्रा परियार, काठमाडौं नयाँबानेश्वर बस्ने ईलाम सूर्योदय नगरपालिका-४ श्रीअन्तु घर भएकी ३३ वर्षीया पुजा राई, काठमाडौं कपन बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-९ राम्चे घर भएका ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुर चाँगुनारायण नगरपालिका-७ खरिपाटी बासँवारी बस्ने २१ वर्षीया दिपिका केसी रहेका छन् ।

सामाजिक संजाल फसबुकमा “टानाकायोका”को नामबाट फेसवुक प्रयोग गरी आफु जापानको ‘इमिग्रेसन’मा काम गर्ने जापानको नागरिक हो भन्दै पीडितहरुसँग चिनजान गरी जापान जान वर्किङ भिषा प्रक्रियाको लागि रकम पठाउनु पर्छ भनि प्रलोभनमा पारी उक्त नगद  विभिन्न बैंक खातामा डिपोजिट गर्ने लगाई जापान नपठाई सम्पर्क विहीन भएको ठगी गर्ने कार्यमा संलग्न उनीहरुलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले गिरफ्तार गरेको हो ।

उनीहरुलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

महिला शक्ति विकास केन्द्रद्वारा कुम्मायकमा एकदिने कार्यक्रम

पदम सुखी सम्बाहाम्फे पाँचथर, ६ माघ । कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा आज महिला नेतृत्व...

सञ्जय तुम्बाहाम्फेकृत ‘सृष्टिको याङदाङ’ लोकर्पण

ललितपुर, ४ माघ । कवि सञ्जय तुम्बाहाम्फेको कविताकृति ‘सृष्टिको याङदाङ’ ललितपुरस्थीत चुम्लुङहिममा लोकार्पण भएको...

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

दयालको पुस्तक ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ प्रकाशित

विराटनगर, ४ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ नामक...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

सेहोनाम्लाङमा कियाचु पाँचथरको ताम्भुङ्चा (वनभोज) कार्यक्रम

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा पाँचथरको आयोजनामा...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

भेन र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा २१ वर्षीय पवन लिम्बुको मृत्यु

मोरङ, २९ पुस । उर्लाबारी नगरपालिका–७ ग्राण्ड होटल नजिक भेन र मोटरसाइकल एकआपसमा ठक्कर...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘सिरिजङ्गा तङ्नाम्’को भिडियो छायांकन सम्पन्न

काठमाडौ – लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । सिक्किमस्थित...