बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरू गिरफ्तार - Naya Online

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरू गिरफ्तार

काठमाडौं, ४ साउन । बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई सोमबार प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-२ बस्ने ४८ वर्षीय मिलन डंगोल र काठमाडौं महानगरपालिका-२२ घर भई सोही महानगरपालिका-१३ बस्ने ६३ वर्षीय देव नारायण महर्जन रहेका छन् ।

उच्च अदालत पाटनबाट बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका मिलनलाई टोखाबाट र बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका देव नारायणलाई कलंकीबाट प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले गिरफ्तार गरेको हो । उनीहरूले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितहरूलाई झुक्यानमा पारी नेपाल इन्भेष्टमेन्ट बैंक र माछापुच्छ्रे बैंकका विभिन्न रकमका चेकहरु काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भई उच्च अदालतले उक्त फैसला गरेको थियो ।

उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कुम्मायक गाउँपालिकास्थित मेगा बैंकका शाखा प्रमुख निरौलाको बिदाई

पदमसुखी सम्बाहाम्फे यासोक, १५ साउन । पाँचथरको कुम्मायक गाउँपालिकाले मेगा बैंङक शाखा प्रमुख छत्रपति...

फेसन डिजाइनर काउन्सिल अफ नेपालको सल्लाहकारमा झा

काठमाडौं, असार १० । फेशन डिजाइनर काउन्सिल अफ नेपालले आफ्नो सल्लाहकारमा कोरियोग्राफर अश्विनीकान्त झालाई...

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरू गिरफ्तार

काठमाडौं, ४ साउन । बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई सोमबार प्रहरीले गिरफ्तार गरेको...

पोखराको तालचोकमा लखन सहकारीको सेवा केन्द्र उद्घाटन

पोखरा, २ साउन । लखन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा–१०, रामघाट, कास्कीले...

वैंकिङ कसूर मुद्दाका फरार प्रतिबादी पक्राउ

ललितपुर, ४ असार। वैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी गोदावरी नगरपालिका-१२ ठेचो बस्ने ४० वर्षीय हिरा...

अवैध वित्तीय कारोवारमा संलग्न ४ जना पक्राउ

पर्सा, २९ वैशाख । अवैध वित्तीय कारोवार (हुण्डी) मा संलग्न रहेको अभियोगमा ८२ लाख...

बैंकमा आगलागी हुँदा ४० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट

चितवन, २८ वैशाख । भरतपुर महानगरपलिका-१० चौविसकोठीस्थित प्राईम कमर्सियल बैंकको शाखा कार्यालयमा विद्युत सर्ट...

गैडाकोटमा मुन स्टार सञ्चालनमा

गैडाकोट १५चैत । गैडाकोटमा युवा व्यवसायीहरूको सामुहिक प्रयासमा होटल मुन स्टार सञ्चालनमा आएको छ...

मिस फेस अफ नेपाल–२०२१ हुँदै

काठमाडौं, ८ चैत । नेपालमा पहिलो पटक मिस फेस अफ नेपाल–२०२१ हुन लागेको छ...

गोरक्षनाथ माविमा बस सेवा सुरु

हेटौडा, ६ चैत्र । हेटौंडा १८ हर्नामाडी फुर्केचौरमा रहेको श्री गोरक्षनाथ माध्यमिक विद्यालयले आफ्ना...