कलाकर्मीहरूले गरे भब्यताका साथ युरोकपको बिदाइ - Naya Online

कलाकर्मीहरूले गरे भब्यताका साथ युरोकपको बिदाइ

काठमाडौं, ३१ असार । बक्स अफिस इन्टरनेसनल र बक्स अफिस फिल्मी क्लबको आयोजनामा बिगत झैँ नेपाल मै कोपा अमेरिका कप तथा युरो कप समर्थक देशहरूका कलाकारहरूको भब्य फुटबल कार्यक्रम सम्पन्न भएको छ ।

ललितपुरको एन्फा एकेडमीमा युरो कपको ग्रान्ड फाइनलको २४ घण्टा अगाडि बक्स अफिसले आयोजना गरेको उक्त रमाइलो फुटबल कार्यक्रममा ब्राजिल समर्थक टिमको कप्तानी मोडल तथा संचारकर्मी समिर लामाले गरेका थिए कोपा अमेरिका कप २०२१ को फाइनल बिजेता अर्जेन्टिना समर्थक टिमको कप्तानी मोडल तथा नायक दिपक लामाले गरेका थिए ।

त्यसैगरी युरो कपको फाइनल बिजेता इटलीको तर्फबाट अभिनेता धिरेन शाक्यले गरेका थिए भने इङ्ल्यान्ड टिमको तर्फबाट राष्ट्रिय खेलाडी तथा नेपाली कथानक चलचित्र भकुन्डोका नायक अनिल गुरुङले जिम्मेवारि बहन गरेका थिए । गत वर्षकै कोपा तथा युरो कपको मितिमा निकै हर्षोउल्लासको साथ सरकारले जारी गरेको कोरोना महामारीमा सावधानि अपनाउदै कोरोना महामारीको सम्पूर्ण नियम पालना गर्दै फिफा रेफ्रीले सन्चालन गरेको पहिलो खेलमा अर्जेन्टिना नेपाली समर्थकबाट सुरज थापा, बिप्लप खड्का, दिपक लामा, उद्दबप्रसाद भट्टराई, निरज रानामगर, कबिन्द्र तमाङ, मिथ्यल तमाङ, भरत बराइली, आमुल्य रानमगर, मनोज ओली, जीवन शाही, दिपेश एस् के, राधा कृष्ण कटवाल, प्रेम शर्मा पौडेल, राजु सुबेदी, भुपेन्द्र घलान, बिकास थापा मगर, आरती आचार्य, सोनिया बिसी, याङ्शु श्रेष्ठ लगायतले खेलमा सहभागिता जनाएका थिए ।

त्यसैगरी ब्राजिल टिमबाट राजकुमार गोले, नबिन निरौला, रोशन श्रेष्ठ, रोम प्रधान, प्रकाश राई, समिर लामा, चन्द्र कार्की, श्याम लिम्बु, राजन लाल नेपाली, सुजन महर्जन, पुरन गुरुङ, अंबिर गुरुङ, बिकास गुरुङ, अर्जुन लामा, भिम श्रेष्ठ, राजकुमार घिसिङ, भिम गुरुङ, राहुल खड्का, मधु कार्की लगायतले सहभागिता जनाएका थिए ।

कोपा अमेरिका कपमा ब्राजिल नेपाली समर्थकले अर्जेन्टिनी नेपाली समर्थकलाई ०–१ गोलले पराजित गरेका थिए । त्यसैगरी दोस्रो चरण्को युरो कपमा इङ्ल्यान्ड नेपाली समर्थक टोलीबाट राष्ट्रिय खेलाडी अनिल गुरुङको कप्तानीमा सुन्दर थापा, कलाकार लक्ष्मी आचार्य, प्रकाश महरा, तारा थापा किम्भे, प्रकाश हमाल, गायिका सरस्वती लामालगायतले सहभागिता जनाएका थिए, त्यसैगरी इटली नेपाली समर्थकबाट अभिनेता धिरेन शाक्यको कप्तानीमा शंकर बिसी, बद्री पंगेनी, राजु ढकाल, कृष्ण रेउले, सुभाश मेचे, गोपाल ढकाल छन्दे, हरि डाँगी, डि बि मगर लगायतले सहभागिता जनाएका थिए ।

निकै प्रतिस्पर्धात्मक तथा रोमान्चक खेलमा इटली समर्थक नेपाली कलाकार टोलीले इङ्ल्यान्ड समर्थक नेपाली कथानक चलचित्र भकुन्डोलाई ०–१ गोलले पराजित गरेको थियो । प्रमुख अतिथि रमेश कुमार सिलवाल, बिशिष्ठ अतिथि अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा, उपाध्यक्ष सुन्दर थापा क्षेत्रीले बिजेता कलाकर्मी टोलीलाई नगद १,५०,००० र शिल्ड प्रधान गरियो ।

आयोजक संस्था बक्स अफिस इन्टरनेसनल ग्रूपका अध्यक्ष रामबहादुर सुबेदी ‘आरके’ को सभापतित्वमा भव्य र सभ्य रूपमा सम्पन्न भएको यस रमाइलो प्रतियोगितामा कार्यक्रमलाई महत्वपूर्ण सहयोग गर्ने विशेष चलचित्र भकुन्डोको निर्माता सुन्दर थापा क्षेत्री, वरिष्ठ निर्देशक मदन घिमिरे, निर्माता सन्तोष सेन, निर्माता तथा लेखक मौनता श्रेष्ठ, मिस नेपाल रुबी राणा, क्लासिक स्टुडियोका प्रकाश महरा, अभिनेता धिरेन शाक्य, राष्ट्रिय खेलाडी अनिल गुरुङ, मोडल तथा ब्यवसायी सुरज थापा, मोडल तथा ब्यवसायी बिकास थापा मगर, निर्माता आस्मा पाण्डे, द्वन्द निर्देशक राजेन्द्र खड्गी, निर्माता कलाकार पुकार भट्टराईलगायत थुप्रै चलचित्रकर्मीलाई मायाको चिनोबाट सम्मान गरिएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानद्वारा प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीसँग भेट

काठमाडौँ, ७ साउन । झापाको कमल गाउँपालिका –५ स्थित आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानको...

कलाकर्मीहरूले गरे भब्यताका साथ युरोकपको बिदाइ

काठमाडौं, ३१ असार । बक्स अफिस इन्टरनेसनल र बक्स अफिस फिल्मी क्लबको आयोजनामा बिगत...

“आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन” अभियान शुरु

काठमाडौँ, असार १९ । नेपाल खेलकुद महासंघको “आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन” अभियान...

नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित

काठमाडौँ, २० जेठ । विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज...

नेपाल सुपर लिगको उपाधि काठमाडौँ रेजर्स एफसीलाई

काठमाडौँ, १ जेठ । काठमाडौँ रेजर्स एफसीले नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर...

खेलाडीहरूलाई बधाई तथा सम्मान

बेलवारी ,चैत २८ । जनकनन्दनी खजुरी धनुषामा आयोजित तेस्रो अध्यक्ष गोल्डकप २०७७ उपाधी जितेका...

पवित्रहाङमा कपः धरान र चतरा सुनसरी सेमी फाइनलमा प्रवेश

माङसेबुङ, १ फागुन । इलामको माङसेबुङ गाउँपालिकास्थित आत्मानन्द खेलमैदानमा पवित्रहाङमा कपको ११ औं संस्करण...

पवित्रहाङमा कपमा दमक र माङसेबुङको विजयी सुरुवात

माङसेबुङ, २९ माघ । इलामको माङसेबुङ गाउँपालिकास्थित आत्मानन्द खेलमैदानमा पवित्रहाङमा कपको ११ औं संस्करण...

महिला र पुरुष दुबै फुटबल खेलाडीलाई समान तलब दिने निर्णय

काठमाडौँ, २६ मङ्सिर । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल खेलाडीको तलब...

इतिहासकै पहिलो पाटीगाउँ दौड प्रतियोगिता-०७७ सम्पन्न

दौडमा सुमन लिम्बु र सिमा मगरले लेखाए इतिहास राजकुमार लिम्बु पाटीगाउँ मोरङ, ६ मंसिर...