धर्मले लादेको कानुन अहिले पनि व्यावहारमा - Naya Online

धर्मले लादेको कानुन अहिले पनि व्यावहारमा

दलमर्दन कामी

नेपालको संविधान –२०७२ ले नेपाललाई समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रूपमा परिभाषित गरेको छ । सामन्ती, निरंकुश, केन्द्रिकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेको सबै प्रकारको विभेद र उत्पीडनको अन्त्यगर्ने प्रतिबद्धता प्रस्तावनामा मै उल्लेख गरेको छ । सबै प्रकारका विभेदको अन्त्य गर्न राज्यले ऐन कानूनसमेत निर्माण गरेको छ ।

लोकतन्त्रको आधारभूूत मुल्यमान्यता भनेको समानता, स्वतन्त्रता, भातृत्व र मानवता हो । तर यसको विपरित विगतमा अभ्यासमा रहेको राज्यसत्ताले धर्म र संस्कृतिको नाममा संस्थागत गरेको विभेद भने नेपाली समाजबाट अन्त्य हुनसकेको छैन् । विभिन्न प्रकारको विभेदमध्ये जातको नाममा गरिने विभेद पनि एउटा हो ।

हिन्दू वर्णव्यस्थाको जगमा टेकेर निर्माण गरिएको जातको संरचनाको कारणले सिङ्गो नेपाली समाज नै आक्रान्त बन्न पुगेको छ । चाहे त्यो खसआर्य होस् या शिल्पी (कथित दलित), आदिवासी जनजाति, मधेशी सबैमा यो जात व्यवस्थाको शिकार भएका छन् । त्यतिमात्र नभएर नेपाली समाजलाई कथित छुत र कथित अछुत जातमा विभाजन गरी दिएर अत्यन्त अमानवीय अपराधिक कार्य विगतको राज्य सत्ताले गरेको र त्यसलाई धर्म संस्कृतिको नाममा संस्थागत गरेकोले कथित दलित समुदायमाथि गरिने व्यवहार समाजमा अत्यन्त निकृष्ट अवस्थामा रहेको कुुरा हामी सबैले अनुभव र अनुभूति गरेको तितो यथार्थ हो । जातकै कारणले यो समुुदाय हरेक दिनजस्तो मानसिक तथा शारीरिक हिंसाको शिकार बन्न बाध्य छ ।

देशको संविधान र कानूूनले जातीय विभेद तथा हिंसालाई वर्जित गरेको भएता पनि यसको न्यूूनीकरण समेत नहुनमा यहाँको राज्यव्यवस्था पूर्णरूपमा जिम्मेवार छ भन्ने वास्तविकता दिनको घाम झै छर्लङ्ग छ । जातमा आधारित विभेदको अन्त्य नहुनमा राज्यसत्ता पूर्णरूपमा जिम्मेवारी छ भन्ने कुरा भर्खरैमात्र रूपा सुनार र सरस्वती प्रधानको बिचमा भएको घटनाले समेत पुष्टि गरेको छ । राज्यको जिम्मेवार पदमा रहेका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले घर भाडाको विवादमा कानूनी प्रकृया अगाडि बढिरहेको सन्दर्भमा विधिको शासनलाई पालना गरेर केसको टुङ्गो लगाउन प्रहरी प्रशासनलाई स्वतन्त्र रूपमा कारवाही प्रकृया अगाडि बढाउन छोडी दिनुपर्नेमा कानूनी प्रकृयामा हस्तक्षेप गरी, विभेद गरिएको भन्ने आरोप लागेकी सरस्वती प्रधानलाई सरकारी गाडीमा हालेर घरसम्म पु¥याउनु गैह्र जिम्मेवारी कार्य मात्र थिएन विधिको शासनको समेत धज्जी उडाउने काम भएको छ ।

राज्य अहिले पनि लोकतान्त्रिकीकरण भएको छैन् जात व्यवस्थालाई कायम राख्न चाहन्छ भन्ने प्रमाणित भएको छ । हुन त, देशको नागरिक भएपछि संविधान, कानूनमा उल्लेख भएको दण्ड सजायका व्यवस्थाहरू मलाई भन्ने थाह छैन भनेर एउटा नागरिकले भन्ने अधिकार छैन् । कानूनको पालना गर्ने प्रत्येक नागरिकको दायित्व हो । यदि कानुन विपरित रहेर कार्य गरेमा त्यो व्यक्ति कानूनको नजरमा अपराधी ठहरिन्छ । तर नेपालजस्तो चेतनाको हिसाबले अत्यन्त पछाडि परेको देशका जनताहरू राज्यको गलत नीति र व्यवहारको कारणले गर्दा धर्मसंस्कृति र प्रथाको रूपमा विगतदेखि चलिआएको विभेदकारी परम्परालाई मान्न बाध्य छन् ।

नेपाली समाजमा राज्यको कानूूनभन्दा पनि धर्मको नाममा विगतमा राज्यले नै जबरजस्ती लादेको कानून अहिले पनि व्यवहारमा अभ्यासमा छ । त्यस्ताखाले विभेदको अन्त्यको लागि राज्यले कानूून बनाएर मात्र पुग्दैन भन्ने कुराको पुष्टि त दैनिकजसो जातको नाममा शिल्पी(कथित दलित) समुदाय माथि हुने हत्या, हिंसा, बलात्कारका घटनाहरूले साबित भइसकेको छ ।

सरस्वती प्रधानले पनि मानवीय भावना नभएर, अबुझ मुर्ख भएर रूपा सुुनारमाथि विभेद गरेकी थिइनन् । राज्यले जातको नाममा विभेद गर्न पाइदैन भन्ने कानून बनाएपछि धर्मसंस्कृतिको नाममा विभेद गर्नु पनि कानूनको रूपमा अपराध हो भन्ने जनचेतना जगाउन जुन प्रयास गर्नुपर्ने थियो र समाजका सचेत तप्काले पनि यसलाई एउटा अभियानको रूपमा जसरी लिएर हिडनुपर्ने थियो । त्यसको विपरित पटक पटक यस्ता प्रकारका विभेद जन्य घटनालाई राज्यले बढावा दिँदा सरस्वती प्रधानजस्ता र रूपा सुनारजस्ता नागरिकहरू जातव्यवस्थाको शिकार बनिरहेका छन् ।

नेवा समुदाय सरस्वती प्रधान र शिल्पी(कथित दलित) समुदायकी रूपा सुनार दुबै केन्द्रिकृत, एकात्मक, सामन्ती, हिन्दू ब्राह्मणवादी राज्यसत्ताको शिकार भएका व्यक्तिहरू हुन । जातप्रथाको सृजना गर्नुुमा र यसलाई संस्थागत गर्नुुमा दुवैको कुनै किसिमको हात छैन् । यो त विगतमा धर्मको नाममा आम जनतालाई विभाजन गरी आफूलाई शक्तिशाली बनाउने हिन्दू धर्मको नाममा ब्राह्मणवादलाई प्रवद्र्धन गर्ने शासकहरूको देन हो ।

विगतका खसआर्य शासकहरूले धर्मको नाउमा कानून नै बनाएर नेपालका आदिवासी जनजाति, शिल्पी (दलित), मधेशका पिछडा वर्गहरूमाथि जात व्यवस्थालाई संस्थागत गरेको र यदि त्यसको अभ्यास नगरेमा कानून बमोजिम दण्ड सजाय भोग्नु पर्ने बाध्यात्मक परिस्थिति निर्माण गरेको र त्यसलाई धर्म र परम्पराको नाम दिएको कारणले गर्दा नै आज पर्यन्त पनि जातमा आधारित विभेद नेपाली समाजमा रहन गएको यथार्थलाई हामी सबैले बुझ्न जरुरी छ ।

जात व्यवस्थाको मूलश्रोत भनेको हिन्दू धर्मको नाममा लादिएको ब्राह्मणवाद नै हो र यसको प्रमुख अभ्यासकर्ता राज्य नै हो । र यो नेपालका गरीब खसआर्य, जनजाति, मधेशका पिछडा वर्ग, शिल्पी –दलित) उत्पीडनको मूलश्रोत हो र साझा दुश्मन हो । जबसम्म यसको अन्त्य हुदैन तबसम्म पहिचानमा आधारित हाम्रो आन्दोलनले सफलता हासिल गर्न सक्दैन । पहिचान अधिकार र समानता समानुपातिक सहभागिता आजको प्रमुख आवश्यकता हो ।

उत्पीडितहरूले आफ्नो अधिकारको कुरा गरिरहँदा दुष्ट र हिंसक मानिस दुष्टयुक्ति रचिरहन्छन् र बिषालु सर्प झैँ सत्ता र शक्तिमा रहेर उत्पीडितहरू माथि कसरी उत्पीडन गर्ने भनेर लागिरहेका छन् र आजसम्म पनि जातीय छुवाछूत विभेद दमन र उत्पीडनबाट देशका करिबकरिब २० देखि २५% जनता नारकीय जीवन जिउन बाध्य छन् ।

जातीयविभेद छुवाछूतजस्ता अमानवीय क्रुरता आजको २१औं शताब्दिमा चेतना र विकासले चरम फड्को मारिरहदा नेपालका हिन्दूमनुवादी नस्लीय बाहुनवादीहरूले राज्यसत्ताको दोहन गर्दै सत्ता र शक्तिको दुरूपयोग गरेर देशका शिल्पी समुदायमाथी आजको दिनसम्म आची खाने कुकुरभन्दा पनि निच अवस्था राखेर राज्यसत्तादेखि सबैखाले संरचना सहभागिता र अधिकारबाट विमुख छन् विभेद दमन र उत्पीडन बहिस्करणमा पारी हिन्दू मनुवादी बाहुनवादीहरू शिल्पि समुदायमाथि बिसालु सर्प झैँ जुनसुकै समय घरघर चोक चोकमा बस्ती–बस्तीमा डसिरहेका महसुस गरेका छन् र आज पनि शिल्पी समुदाय (तथाकथित दलित) मानव भएर बाच्नु पाऊँ भन्ने अवस्थामा अमानवीय रूपमा बाँच्नु बाध्य छन् ।

आफ्नो सीप कला र सिर्जनाले यो आम नेपाली समाजलाई अत्यावश्यक सेवा र सुविधा दिदै आए, राजनीति अधिकार र सबैखाले राजनीति परिवर्तनका लागि हजारौंले आफ्नो जीवनको आहुति दिइसकेका छन् तर यो या त्यो बहानामा पार्टीको नेतृत्व हत्याएर शासन सत्तामा पुगेका अति नश्लीय अहंकारी हिन्दू मनुवादी बाहुनवादीहरूको संस्कार र संस्कृतिको शिरोपण गर्दै शिल्पी समुदाय पछाडी परि नै रहेका छन् र उनीहरूमा गरिदै आएको सबै प्रकारको उत्पीडन कायमै रहेको छ ।

जनताको आन्दोलनबाट बनेको संविधानले जातीय छुवाछूत विभेद गर्नु हुन्न भने पनि चाहेर नचाएर जबर्जस्त नेपालका शासन सत्तामा रहेका र सत्ताको सेरोफेरोमा रहेका नेतृत्वहरू हिन्दू मनुवादी नश्लीय बाहुनवादीहरूले रज्यसत्ताको दोहन गर्दै अपराधिक कार्य विभेद दमन र उत्पीडनको संरक्षण गरिरहेका छन् । जसको कारण अन्तरजातीय विवाह गरेका अजित मिजार कथित अजित मिजारको ज्यान लिइयो । ज्यान लिएको आज पाँच वर्ष बितिसक्दा समेत न्याय नपाएर टिचिङ अस्पतालमा बेबारिसे लास झैँ कुहिएर रहेको अवस्था छ त्यसैगरी अन्तरजातीय विवाहकै कारण पश्चिम रुकुम सोतीमा नवराज बिक लगायत ६ जनाको नरसंहार भयो भने तिनका अपराधीहरू खुलेआम तरिकाले हिंडिरहेका छन् । त्यस पछि पनि प्रायःजस्तो दिनानुदिन विभेदका घटना चरम रूपमा यत्रतत्र छन् भने पछिल्लोपटक रूपा सुनार र सरस्वती प्रधान प्रकरणले नेपाली समाजमा मात्रै हैन अन्तर्राष्ट्रिय रूपमा नै यो घटना प्राथमिकतामा र आम संचार जगतमा छाएको छ । तर राज्यसत्तामा रहेकाहरू भने अदेखा गर्छन् प्रत्यक्ष अप्रत्यक्ष न्याय दिनुको सट्टामा ढाकछोप र संरक्षण दिनेकाममा उदत भएका छन् सरकारकै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ खुलेरै अपराधीको रूपमा नाम मुछिएका प्रधानलाई संरक्षण, ढाकछोप गरेको विषय निन्दनीय छ ।

यो घटनालाई आन्दोलनको रूपमा लैजान पर्नेमा सरोकारवाला समुदाय पनि राज्यसत्ताको आसपासमा रहने प्रतीक्षामा रहेका पार्टी र तिनका नेतृत्व प्रायः सबै उत्पीडक बर्ग र जाति रहेका मुकदर्शक छन् यसले स्वयं विभेद र दमनको शिकार शिल्पी(कथित दलित)को नेतृत्व पनि बाहुनवादीको पछि सत्ता र शक्तिको चाकरीमा फसेका छन् जस्ले गर्दा न्याय समनता र अधिकारको आन्दोलनमा इमानदार लागेका अग्रगामी व्यक्तिहरू अत्यन्तै दुखित हुनु परेको अवस्था छ ।

रूपा सुनार र सरस्वती प्रधान प्रकरण नेवा भर्सेज शिल्पी (तथाकथित दलित) वा शिल्पी (तथाकथित दलित) भर्सेज नेवा गरिनु हुन्न यो त सरस्वती प्रधान पिजडाभित्र राखिएको सुगा झैँ हिन्दू मनुवादी पिजडाभित्र रहेर सुगा रटानमा परेको हुन् । विभेदको मुलजरो हिन्दू मनुवादी जात व्यवस्था प्रमुख हो यसको संरक्षण सरकारमा रहेका, सरकारमा पुग्ने तवरमा रहेका र तिनका आसेपासेले र सम्बन्धित निकायले लिनुपर्ने हुन्छ ।

तसर्थ राज्य संरक्षित ब्राह्मणवादले लादेको जात, धर्म, लिङ्ग, वर्णको आधारमा हुने सबै प्रकारका विभेदको अन्त्य गर्दै पहिचानमा आधारित आन्दोलनलाई बलियो, गतिशील, प्रभावकारी बनाउन हामी सबै उत्पीडित समुदायको दायित्व हो । हामी जति जातको नाममा, धर्मको नाममा संस्कृतिको नाममा विभाजित हुन्छौ हामी माथि शासन गर्ने शासक वर्ग त्यतिकै बलियो हुुन्छ र हाम्रो पहिचान संघीयताको आन्दोलन कम्जोर हुुन्छ ।

तसर्थ हामी सबै मिले राज्य संरक्षित विभेदको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछौ साथै सबै न्यायप्रेमी जनताहरूलाई समेत यो तर्फ उन्मुख हुन आग्रह गर्दछौं ।

लेखक जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका अध्यक्ष हुन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कृषिमा आत्मनिर्भर बन्दै मोरङको पाटीगाउँ

    चबेगुराज सानु पछिल्लो समय मोरङको केराबारी गाउँपालिका वडा नं. १, पाटिगाउँ कृषि...

युमा साम्यो (धर्म) नै किन ?

हितराम तिल्लिङ १. धर्म भनेको के हो ? धर्मको अर्थ तथा परिभाषा व्यक्ति समुदाय...

नयाँअनलाइनमा अब हरेक शनिबार नयाँ साहित्य

काठमाडौँ, १६ साउन । नयाँअनलाइनले हरेक शनिबार आउनेगरी साहित्यिक परिशिष्टाङ्कको रुपमा ‘नयाँ साहित्य’ स्तम्भ...

कम्युनिष्ट पार्टी शब्दजाल बुन्नमा सिपालु हुन्छ -भीम राई, केन्द्रीय सदस्य, जनता समाजवादी पार्टी

भीम राई जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य हुन् । उनले माध्यमिक तह अध्ययनरत...

रवीन्द्र मिश्रको संघीयता र धर्मनिरपेक्षता खारेज गर्ने प्रस्ताव वर्गशत्रु चिन्ने अवसर

मौसम आङ्देम्बे विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गरौं, धर्मनिरपेक्षताबारे जनमत संग्रह...

महामारीबाट जोगिने परम्परागत उपाय

डोल्मा शेर्पा / सिन्धुपाल्चोक विश्वव्यापी फैलिएको कोरोना महामारीकाबेला परम्परागत उपचार पद्दतिको खोजी सूरु भएको...

जसपाको आधिकारिकता उपेन्द्र यादव नेतृत्वको समूहलाई

काठमाडौँ, ११ साउन । निर्वाचन आयोगले उपेन्द्र यादव नेतृत्वको समूहलाई जनता समाजवादी पार्टी (जसपा)...

त्रिभुवन विमानस्थललाई किन रुवाउछ मलेसियाले ?

जेडी गाउँले क्वालालम्पुर, २४ जुलाई । शनिवारको बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल एकपटक फेरि स्तब्ध...

“राजनीतिक कोरोनाभाइरसलाई पार्टीमा स्थान दिए पार्टीलाई दुषित बनाउँछ”

काठमाडौँ, ९ साउन । जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य गंगा श्रेष्ठ मानवले पार्टीलाई धोका...

निर्वाचन आयोगले जसपाको कार्यकारिणी सदस्य सनाखत गर्ने

काठमाडौँ, ७ साउन । जनता समाजवादी पार्टी, नेपालको आधिकारिकताका लागि निर्वाचन आयोगको इजलासमा भएको...