कोरियामा मजदुरको न्युनतम ज्यालामा वृद्धि, नेपाली कामदार पनि लाभान्वित हुने - Naya Online

कोरियामा मजदुरको न्युनतम ज्यालामा वृद्धि, नेपाली कामदार पनि लाभान्वित हुने

दक्षिण कोरिया, १३ जुलाई । दक्षिण कोरियामा न्युनतम ज्यालामा वृद्धि भएको छ । पटक पटक बसेको ज्याला निर्धारण समितिको बैठकले यो निर्णय गरेको हो । उक्त समितिमा सरकार प्रतिनिधि, मजदुर संगठनका प्रतिनिधि र उद्योगी व्यावसायीका प्रतिनिधि रहने गर्दछन् । निर्णय अनुसार सन २०२२ जनवरीदेखि लागु हुने गरी साविक ज्यालामा ५ प्रतिशत अर्थात ४ सय ४० वन वृद्दि भएको हो ।

वृद्धिअनुसार मजदुरले अब प्रतिघन्टा ८ हजार ७ सय २० वन बाट बढेर ९ हजार १ सय ६० वन तलव पाउनेछन् । सन २०२२ देखि महिनामा २०९ घन्टा काम गर्नेले न्युनतम १९ लाख १४ हजार ४ सय ४० वन पाउनेछन् । नेपाली कामदारले अहिलेको एक्सचेन्ज रेट अनुसार न्युनतम १ लाख ९० हजार रुपैयाँभन्दा बढि बेसिक तलव थाप्नेछन् । ज्याला निर्धारण समितिबाट ज्याला वृद्धिको निर्णय गरेता पनि संसदबाट पास भएपछि आगामी २०२२ जनवरी १ देखि लागु हुनेछ ।

मजदुर संगठनले भने १० हजार वन भन्दा बढि वृद्धि हुनुपर्ने प्रस्ताव राखेका थिए । तर सरकार र व्यावसायीले ज्याला धेरै वृद्धि गर्न सहमत नभएपछि मजदुर संगठन केसिटियु लगायतले कम ज्याला वृद्धि गरेकोमा सरकार र कम्पनी व्यावसायीको घोर विरोध गरेको आप्रवासी मजदुर संगठन (MTU) का अध्यक्ष उदय राईले बताएका छन् । न्युनतम ज्याला वृद्दिका लागि दक्षिण कोरिय मजदुर संगठन ( KCTU), आप्रवासी मजदुर संगठन (MTU) लगायत मजदुर संघ संगठनले निरन्तर धर्ना, दवाव दिईरहेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

एनआरएन साउदी अरबको निर्वाचनमा धाँधली भएको आरोप

साउदी अरब, २ अगष्ट । गैरआवासीय नेपाली संघ साउदी अरबको राष्ट्रिय समन्वय परिषदको आठौँ...

गैर आवासीय नेपाली संघ अष्ट्रियाको अध्यक्षमा भवानी तिवारी निर्वाचित

  १७ साउन, काठमाडौ । – गैरआवासीय नेपाली संघ अष्ट्रियाको अध्यक्षमा भवानी तिवारी निर्वाचित...

मलेसियामा दुईदिनमा ७ ले ज्यान गुमाए

जेडी गाउँले क्वालालम्पूर, ३० जुलाई । पछिल्लो दुईदिनमा मलेसियाको वैदेशिक रोजगारीमा कार्यरत सात जना...

सगरमाथा साहित्य प्रतिष्ठानको प्रमुख सल्लाहकारमा नरेश सेन

आजित क्षेत्री युएई, ३० जुलाई । अन्तर्राष्ट्रिय नेपाली साहित्य जगतमा छुट्टै छवि र पहिचान...

एनआरएनए मलेसियाको प्रमुख पदहरूको टुङ्गो

जेडी गाउँले क्वालालम्पुर, २५ जुलाई । आगामी जुलाई ३० मा हुन गईरहेको एनआरएनए मलेसियाको...

संघीय लिम्बुवान सामाजिक मञ्च कतारको रिक्त पदमा पूर्ति

कतार, २४ जुलाई । संघीय लिम्बुवान सामाजिक मञ्च कतारको ७ औ सचिवालय बैठकले रिक्त...

एनआरएनए बहराइनमा पुनः लक्ष्मी गिरी

बहराइन, २४ जुलाई । एनआरएनए बहराईनको आठौं महाधिवेशनबाट अध्यक्षमा श्रीमती लक्ष्मी गिरी पुनः निर्वाचित...

विखण्डन भएको समाजलाई एकिकृत गर्नुपर्ने जरुरी ठानेकी छु -भवानी तिवारी

धादिङ जिल्लाको मैदीगाउँमा जन्मिएकी भवानी तिवारी गैरआवासीय नेपाली संस्था (एनआरएनए) अष्ट्रियाको महासचिव छिन् ।...

प्यारालाइसिसले थलिएका केवटलाई जनउद्दार केन्द्रले गर्यो उद्दार

जेडी गाउँले क्वालालम्पुर, मलेसिया २३ जुलाई । प्यारालाइसिसले थलिएका नवलपरासी जिल्लाको साविक हरपुर ५...

इनास अबुधाबी क्षेत्रीय समितिको अध्यक्षमा पदम खालिङ किराती चयन

सुजन सिरेङ चोङबाङ युएई, २३ जुलाई । अन्तर्राष्ट्रिय नेपाली कलाकर समाज (इनास) अबुधाबी क्षेत्रीय...