टिप्पणीः ‘निर्वाचन क्षेत्रबाट ५०% बढि मत ल्याउने मात्र निर्वाचित हुनुपर्छ’ - Naya Online

टिप्पणीः ‘निर्वाचन क्षेत्रबाट ५०% बढि मत ल्याउने मात्र निर्वाचित हुनुपर्छ’

सरोज बराल

२०१५ सालमा नेपाली काँग्रेसको दुई तिहाइ सरकार किन टिकेन ?
२०४८ मा नेपाली काँग्रेसको बहुमतको सरकार किन टिकेन ?
२०५६ मा काँग्रेस कै बहुमतको सरकार किन टिकेन ?
२०७४ को नेकपा एमाले र माओवादी मिलेर एकत्रित भएको नेकपाको झन्नै दुई तिहाइ सरकार किन टिकेन ?

यी प्रश्नहरुबाट प्रष्ट हुन्छ कि संसदीय व्यवस्था भनेको अल्पमतले शासन गर्ने र बहुमत प्रतिपक्षमा रहने व्यवस्था हो । संसदिय व्यवस्थाका सांसदहरु बहुमतले निर्वाचित हुँदैनन् । ती त बढी मतले विजयी मानिने हुन् । त्यसकारण पनि यो संसदिय व्यवस्था होइन, संसदीय अव्यवस्था हो । ३२÷३५% मत प्राप्त गर्ने पार्टीको शासनलाई कसरी बहुमत भन्ने ? ६५% बहुमत त प्रतिपक्षमा हुन्छ ।

अब बहस गर्न जरुरी देखिएको छ –बहुमतीय प्रणालीको अर्थात निर्वाचन क्षेत्रबाट ५०% बढी भोट ल्याउने मात्र निर्वाचित हुने प्रणालीको । कार्यकारी प्रमुख प्रत्यक्ष जनताबाट चुनिने प्रणालीको । त्यसमा सांसदले मन्त्री हुन नपाउने प्रणालीमाथि पनि बहस गर्नुपर्ने हुन्छ । अस्विकारको मत (राइट टु रिजेक्ट) र प्रत्याह्वानको अधिकार (राइट टु रिकल) को व्यवस्था हुने प्रणाली र सम्पूर्ण शिक्षा निशुल्क र अनिवार्य हुने प्रणालीको पनि बहस हुनुपर्छ ।

सबै जनता र नेताको स्वास्थ्य सेवा निशुःल्क, नेपालमा उपचार हुन नसके यहाँको डाक्टरको सिफारिसमा बिदेशमा हुने उपचारको जिम्मा पनि नेपाल सरकारको दायित्व हुने प्रणालीको पनि बहस हुनुपर्छ । बेरोजगारलाई रोजगार दिन नसके बेरोजगार भत्ता दिने व्यवस्था सहितको प्रणालीको बहस हुनुपर्छ । युवाहरुलाई स्वदेश मै उपयोग गर्न सक्ने प्रणालीको बहस हुनुपर्छ ।

छलफल, बहस गर्न आवश्यक छ किनभने संसदीय प्रणाली नेपालमा असफल भइसक्यो ।

लेखकको फेसबुकबाट

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कृषिमा आत्मनिर्भर बन्दै मोरङको पाटीगाउँ

    चबेगुराज सानु पछिल्लो समय मोरङको केराबारी गाउँपालिका वडा नं. १, पाटिगाउँ कृषि...

युमा साम्यो (धर्म) नै किन ?

हितराम तिल्लिङ १. धर्म भनेको के हो ? धर्मको अर्थ तथा परिभाषा व्यक्ति समुदाय...

नयाँअनलाइनमा अब हरेक शनिबार नयाँ साहित्य

काठमाडौँ, १६ साउन । नयाँअनलाइनले हरेक शनिबार आउनेगरी साहित्यिक परिशिष्टाङ्कको रुपमा ‘नयाँ साहित्य’ स्तम्भ...

कम्युनिष्ट पार्टी शब्दजाल बुन्नमा सिपालु हुन्छ -भीम राई, केन्द्रीय सदस्य, जनता समाजवादी पार्टी

भीम राई जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य हुन् । उनले माध्यमिक तह अध्ययनरत...

रवीन्द्र मिश्रको संघीयता र धर्मनिरपेक्षता खारेज गर्ने प्रस्ताव वर्गशत्रु चिन्ने अवसर

मौसम आङ्देम्बे विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गरौं, धर्मनिरपेक्षताबारे जनमत संग्रह...

महामारीबाट जोगिने परम्परागत उपाय

डोल्मा शेर्पा / सिन्धुपाल्चोक विश्वव्यापी फैलिएको कोरोना महामारीकाबेला परम्परागत उपचार पद्दतिको खोजी सूरु भएको...

जसपाको आधिकारिकता उपेन्द्र यादव नेतृत्वको समूहलाई

काठमाडौँ, ११ साउन । निर्वाचन आयोगले उपेन्द्र यादव नेतृत्वको समूहलाई जनता समाजवादी पार्टी (जसपा)...

त्रिभुवन विमानस्थललाई किन रुवाउछ मलेसियाले ?

जेडी गाउँले क्वालालम्पुर, २४ जुलाई । शनिवारको बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल एकपटक फेरि स्तब्ध...

“राजनीतिक कोरोनाभाइरसलाई पार्टीमा स्थान दिए पार्टीलाई दुषित बनाउँछ”

काठमाडौँ, ९ साउन । जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य गंगा श्रेष्ठ मानवले पार्टीलाई धोका...

निर्वाचन आयोगले जसपाको कार्यकारिणी सदस्य सनाखत गर्ने

काठमाडौँ, ७ साउन । जनता समाजवादी पार्टी, नेपालको आधिकारिकताका लागि निर्वाचन आयोगको इजलासमा भएको...