खेदाबाट आशालाग्दी कलाकारको रूपमा उदाएकी सबनम - Naya Online

खेदाबाट आशालाग्दी कलाकारको रूपमा उदाएकी सबनम

भर्खरै लिम्बू विवाहसँग सम्बन्धित लघुचलचित्र खेदा (कथा) सार्वजनिक भएको छ । लिम्बूजातिमा मागी, भागी, जारी विवाह चल्ने गर्दछ । मागी विवाहमा आएका लोकन्दी (बेहुली पुर्याउन आएका पाहुना) तानेर विवाह गरिएको दृश्य यस लघुचलचित्रमा देख्न पाइन्छ ।

यस लघुचलचित्रबाट सवनम साँवा लिम्बूले नायिकाको रूपमा पदार्पण गरेकी छिन् । सवनमको उपस्थितिले नेपाली चलचित्रजगतको लागि सम्भावनायुक्त कलाकार पायो भन्दा अन्यथा नलाग्ला ।

सवनमको उपस्थिति यो लघुचलचित्र पहिलो भने होइन । यसअघि ५ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । त्यसमा पनि उगेश लिम्बूको ढिडो गीत कोशेढुङ्गो नै बनेको छ ।

मिस लिम्बू –२०१७ मा समेत सहभागी बनेकी सबनमले सेकेण्ड रनरअपको ताज जितेकी थिइन् । सेकेण्ड रनरअप बनेपछि नै उनलाई म्युजिक भिडियोहरूमा काम आउन थालेको हो । सकभर यादगार र अर्थपूर्ण कामहरू गर्न पाए हुन्थ्यो भन्ने अठोट लिएकीले उनको ति थोरै गरेका कामहरू प्रशंसनीय छन् ।

लोकेन साँवाद्वारा निर्देशित राष्ट्रिय भावनाले ओतप्रोत भएको गीतमा उनले सर्वप्रथम पाइला राखेकी थिइन् । त्यसपछि ढिँडो, राज हाङ्खिम राईको अनगिन्ति, रेज लिम्बूको सुन्दरता, रीता फोम्बो ठुलीको फक्ताङ्लुङ सेसेलगायतमा उनले काम गरेकी छिन् ।

नेपालको सुदुरपूर्वी जिल्ला ताप्लेजुङको चाँगेमा बुबा मनकुमार लिम्बू र आमा नरमाया आङ्बुहाङबाट जन्म लिएकी हुन् सवनमले । मोरङ जिल्लाको पथरीबाट बाल्यकाल तथा शिक्षादिक्षालाई अगाडि बढाएकी सबनमको सानैदेखि कलाक्षेत्रमा मोह थियो । स्कुल पढ्दा वादविवाद प्रतियोगितामा भाग लिने, सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिने, कार्यक्रम सञ्चालन गर्ने गर्दथिइन् । नाटकको मोह भएपनि स्कुलमा त्यो अवसर भने नपाएको बताउँछिन् ।

चिकित्सा क्षेत्र उनको रोजाई हो । त्यसैले त्यतातिर उनले अध्ययन गरिरहेकी छिन् । समय मिले र राम्रा कामको अनुरोध आए कलाक्षेत्रलाई निरन्तरता दिने उनको लक्ष्य रहेको छ

खेदा लघुचलचित्र हेर्नुहोस्

तस्बिरहरूमा सबनम

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सिटी सफारी चढेर आइन् सविता याखा राई

भिज्युअल आर्टस्को युट्युव च्यानलमार्फत ‘सिटी सफारी’ गीत म्युजिक भिडियोमा सार्वजनिक भएको छ । चोःत्लुङ...

ब्रबिम सेर्मा र गंगा फियाकको ‘पिन्देरो पिन्देरो’

काठमाडौं । लिम्बु भाषाको गीत ‘पिन्देरो पिन्देरो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।...

‘व्वाईफ्रेण्ड छन् होला, तर कहाँ छन् थाहै छैन’: नग्मा श्रेष्ठ (कलाकार)

चितवनमा जन्मेर काठमाण्डौमा बसोबास र अध्ययन गर्दै आएकी मोडल नग्मा श्रेष्ठ म्युजिक भिडियोमा व्यस्त...

‘आफ्नो घरमा चलचित्रको छायांकन भएपछि अभिनयमा मोह जाग्यो’ –निशाम तुम्बापो

२०७४ सालमा निशाम तुम्बापोको आफ्नै घरमा एउटा चलचित्रको छायांकन भयो । त्यसअघि चलचित्र हेरेको...

गायनमा सक्रिय रहने सुमनको योजना

दक्षिण कोरिया, ३१ अगष्ट । कोरियामा रोजगाररत सुमन नेम्बाङ लिम्बूले भविष्यमा गायक बन्ने योजनामा...

‘तिम्रो नयन….’ सार्वजनिक

काठमाडौं २९ साउन । पछिल्लो समय चर्चामा रहँदै आईरहेकी गायिका रश्मी राईले निषेधाज्ञाको समयलाई...

बच्चाको स्वास्थ्य र महिला अधिकारमा चासो राख्ने एलिसा

न्युयोर्क, ४ अगष्ट । काठमाडौँकी एलिसा गुरुङले मिस नेपाल नर्थ अमेरिकामा भाग लिएकी छिन्...

मिसेस इण्डिया युनिभर्समा जाँदै सम्झना खापुङ

पश्चिम सिक्किमको थर्पु सिङ्तामकी सम्झना खापुङ फेदाप डिभालिसियस मिसेस इण्डिया युनिभर्स २०२१ मा छानिएकी...

खेदाबाट आशालाग्दी कलाकारको रूपमा उदाएकी सबनम

भर्खरै लिम्बू विवाहसँग सम्बन्धित लघुचलचित्र खेदा (कथा) सार्वजनिक भएको छ । लिम्बूजातिमा मागी, भागी,...

बेलायतमा मन जित्दै मोडल अनिता

इटहरी सुनसरकी अनिता लिम्बूले बेलायतमा चर्चित ‘आई टिभी टू’ च्यानलबाट प्रशारण हुने रियालिटी शो...