पोल्ट्रीफार्ममा विचौलिया आतङ्क - Naya Online

पोल्ट्रीफार्ममा विचौलिया आतङ्क

सिर्जना राई

खोटाङका भीम राई (नाम परिवर्तन) लामो समय विदेशमा बसे । मलेसियाको एक कम्पनीमा नौ वर्ष सेक्युरिटी गार्ड गरेर बिताएपछि २०६९ सालमा उनी नेपाल आए । अब नेपालमा नै केही गर्नुपर्छ भन्ने सोचले फेरी विदेश फर्किएनन् । २०७१ सालमा काठमाडौँको सीतापाइलामा जग्गा भाडामा लिएर उनले एक पोल्ट्रीफार्म शुरु गरे । उनलाई पोल्टीफार्मसम्बन्धि खासै ज्ञान थिएन । उनी साथीको सल्लाहबमोजिम उक्त काममा होमिएका थिए । उनले लेयर्स (अण्डा पार्ने) कुखुरा एक हजार चल्लाबाट आफ्नो व्यावसाय शुरु गरे । शुरुका ६ महिना चल्ला हुर्कन लाग्यो । ६ महिनापछि कुखुराले अण्डा दिन थाल्यो । उनले सोचेझैँ रहेनछ अण्डाको बजार । अण्डाको तह हुने रहेछ । जब उनको कुखुराले अण्डा पार्न थाल्यो, त्यसपछि मात्र उनलाई थाहा भयो । अण्डा दिन थालेपछि उत्साहित भएपनि बजार पाउन त्यति सजिलो थिएन । हरेक ठाउँमा बिचौलिया थिए । यद्यपि उनले बजार बुझ्दा नाफामै जाने संकेत पाए । त्यसपछि फेरि दुईहजार चल्ला थपे । सोही अनुसारको खोर पनि निर्माण गरे । चल्ला हुर्कदै गयो । उनको दोश्रो लटको चल्ला अण्डा दिने कुखुरा बन्न लाग्दै गर्दा वर्डफ्लुको हल्ला आयो । यो २०७४ सालको कुरा हो ।

उसलाई डर थियो । ‘मेरा कुखुरामा त्यो संक्रमण नदेखियोस् ।’ भनेर प्रार्थना गरे । उनको फार्मका केही कुखुरा मरे । त्यसपछि उनले नचिनेको कुनै निकायबाट परिक्षण टोली आयो र परिक्षण गर्यो । उनका कुखुरामा वर्डफ्लु भएको पुष्टि भयो । अन्ततः उनको कुखुरा नष्ट गर्ने आदेश आयो । उनले धेरै विलौना गरे । केही सीप लागेन । उनका कुखुरा नष्ट भए । सरकारले क्षतिपूर्ति दियो तर चल्लाको भाउसम्म आएन । अब उसको नौ वर्ष मलेसियामा गरेको दुःख, ३÷४ वर्ष फार्ममा गरेको मेहनतका पसिना मात्र सकिएन । लगभग २० लाख ऋण उनको टाउकोमा थोपरियो । उनी विरक्तिए । पोल्टीफार्म सञ्चालन गर्ने, आफ्नै देशमा केही गर्ने सपना सदाका लागि त्यागेर फेरि मलेसिया हान्निए ।

भक्तपुरमा पोल्ट्री फर्म व्यावसाय गर्ने काठमाडौँ पेप्सीकोलाका अर्का व्यक्ति सुरेश खड्का (नाम परिवर्तन)को कथा अलि फरक छ । उनी पनि लामो समय विदेश बसेर २०७४ सालमा नेपाल फर्की पोल्टीफार्म शुरु गरे । अहिले पनि त्यही पेशामा छन् । उनलाई पनि पोल्ट्रीसम्बन्धि खास जानकारी थिएन । आफन्तको सल्लाहअनुसार यो पेशामा राम्रो आम्दानी हुने आशाका साथ यस पेशामा आवद्ध भए । शुरुमा फार्म दर्ता नगरी काम शुरु गरेका उनले २ वर्ष ब्रोइलर खेती गरिसकेपछि फार्म दर्ता गर्ने सोँच बनाए । दर्ता प्रक्रियामा केके हुन्छ सो पनि उनलाई थाहा थिएन । बुझ्दै जाँदा वडाको सिफारिस लिनुपर्ने कुरा थाहा पाए । उनले वडा कार्यालय धाउन थाले । पहिलो दिन वडाध्यक्ष भेटिएनन् । त्यहाँका कुनै कर्मचारीले उनका कुरा सुन्ने चासो देखाएनन् । बरु उनीजस्तै व्यावसाय दर्ता गर्न धाइरहेका अर्का एक व्यक्तिसँग उनको भेट भयो र कुराकानी पनि । जसबाट सुरेशले धेरैै कुराको जानकारी पाए ।

पोल्टीफार्म दर्ता गर्नको लािग फार्म वरपरको बस्तीको मञ्जुरी हस्ताक्षर चाहिने रहेछ । उनी त्यसदिन त्यतिकै फर्किए । भोलीपल्ट फार्मको वरपरको बस्तीको हस्ताक्षर संकलन गरे । केही बासिन्दाले हस्ताक्षर गर्न मानेनन् तर पनि चाहिनेजति हस्ताक्षर पाए उनले । भोलिपल्ट फेरि उनी वडाकार्यालय गए तर फेरि पनि वडाध्यक्ष कार्यालयमा भेटिएनन् । वडाकार्यालय परिसरमा नै एक व्यक्तिसँग उनको भेट भयो । ति व्यक्तिले भने –“तपाईं एक्लैले फार्म दर्ता गर्न गाह्रो छ । म गराईदिन्छु, मलाई सम्पर्क गर्नु ।” ति व्यक्तिले आफ्नो सम्पर्क नम्बर पनि दिए सुरेशलाई ।

सुरेशलाई भने आफैँ फार्म दर्ता गर्नसक्ने विश्वास दियो । उनी वडाकार्यालय आफैँ धाइरहे । एकदिन वडाध्यक्ष कार्यालयमा नै थिए । ३ घण्टासम्म कुरेपछि भेट्न पाए वडाध्यक्षलाई । अध्यक्षले सुरेशको कुरामा खास चासो दिएनन् । अन्य कर्मचारीले धेरै झमेला हुने कुरा बताए । उनी निराश भएर फर्किए ।

अन्ततः त्यहि व्यक्ति (जसले सुरेशलाई सम्पर्क नम्बर दिएका थिए)सँग सम्पर्क गर्न बाध्य भए । ति व्यक्तिले भने “तपाई आफ्नो पोल्ट्री फार्मको नाम र आफ्नो नागरिकताको फोटोकपि, फोटो तयार गर्नुहोस्, अरु सबै म गर्छु । पैसा दुईलाख लाग्छ ।”

सुरेशले भने –“मसँग त्यतिका पैसा छैन अलि मिलाई दिनुहोस् न ।”

लामो वार्गेनिङपछि एकलाख पचासहजारमा कुरा मिल्यो । सुरेशले कागजमा सहि गर्नुपर्ने ठाउँमा सहिमात्रै गरे । बाँकी कहाँ जानुपर्यो, के गर्नुपर्यो ? खासमा कति दस्तुर लाग्यो उनलाई केही थाहा भएन । अहिले पोल्ट्रीफार्म दर्ता छ ।

सुरेश एक पोल्ट्री सप्लायर्स कम्पनीको कन्ट्रयाक्ट कृषकका रूपमा कुखुरा पालिरहेका छन् । उनका अनुसार कन्ट्रयाक्ट कृषक भन्नाले कुनै ठूला पोल्ट्री सप्लायर्स या एग्रोभेट कम्पनीसँग सम्झौता गरी सिमित डिपोजिट गरी उसको छत्रछायाँमा कुखुराको रेखदेख गर्ने कृषक हो । यस्ता कृषकलाई त्यस्ता कम्पनीले चल्ला वितरण गर्छ । दाना दिन्छ, कुनै कम्पनीले रोग हेरेर औषधी पनि उपलब्ध गराउँछ र कुनै कम्पनीले चाही औषधी आफैँ गर्न लगाउँछ । जब ब्रोइलर कुखुरा ४०–४५ दिनका हुन्छन्, कृषक आफैँले तिनको नाम लिएर बजार लानुपर्ने हुन्छ । कन्ट्रयाक्ट कृषकले आफैँ कुखुरा बजारमा लान पाउँदैनन् । जुन कम्पनीसँग सम्झौता छ, उसैले कुखुरा बजार लाने गर्दछ । चलेको भाउमा जम्मा कुखुराको तौल हिसाब गरी आएको रकममा लागेको लागतजस्तै चल्ला, दाना, औषधी (दिएको छ भने) गाडीभाडा, लोडअनलोड, ज्याला कटाएर नाफा भए किसानले पाउँछन् र घाटा भए आफ्नै हुन्छ ।

सुरेशलाई लाग्यो आफै कुखुरा पालेर आफैँ बजार पुर्याउन पाए राम्रो फाइदा हुने रहेछ । त्यसपछि उनले कन्ट्रयाक कृषकबाट डाइरेक्ट कृषक हुने निर्णय लिए । आफैँ चल्ला राखे, आफैँ दाना किने, औषधी आफैँ किने । जब कुखुरा बेच्नेबेला भयो, तब उनलाई फसाद पर्यो । कुनै पनि कोल्डस्टोरले उनको कुखुरा लिन मानेनन् । जुन कोल्डस्टोर जान्थे त्यहाँ जवाफ आउँथ्यो, हाम्रो त आफ्नै कन्ट्रयाकको कुखुरा छ । चलेको भाउभन्दा घटेर दिनुहुन्छ । तपाईको कुखुरा त राखिदिउँला, त्यो पनि थोरै ।

सुरेशले हार खाएर चलेको भाउभन्दा १०–१५ रूपैया केजीमा घटाएर बल्लतल्ल आफ्ना कुखुरा बेचिसके । उनलाई झण्डै ६५ दिन लाग्यो बेचिसक्न । जब कि ४०–४५ दिन ब्रोइलर कुखुरा बेचिसक्नुपर्ने हुन्छ । यस्तो हुँदा उनले निकै घाटा बेहोर्नुपर्यो । अन्ततः उनी पुनः कन्ट्रयाक्ट कृषक बन्न बाध्य भए ।

पोल्टी फार्मका आधिकांस कृषक कन्ट्रयाक कृषक भेटिए । उनीहरू आफै कुखुरा पाल्न चाहन्छन् । तर बजार पाउन मुस्किल छ । रामेछापका कृषक भरत क्षेत्री भन्छन्, ‘कुखुरा कोलस्टोरमा लिएर जाँदा कसको कुखुरा हो’ भनेर सोध्छन् । आफूले दुःख गरेर पालेको कुखुरा आफ्नो हो भन्न मिल्दैन । आफूलाई चल्ला दिने कम्पनी या सप्लायर्सको नाम अमिलो मन पारेर लिने गर्छन्, फलानाको हो भनेर । बिल पनि उनी आफू लिन पाउँदैनन् । आधिकांस पोल्ट्रीकृषक कन्ट्रयाक्टमा छन् । उनीहरू आफैँ कुखुरा खेती गर्न चाहन्छन्, तर बजार छैन व्यक्तिगत कृषकको लागि ।

जताततै बिचौलियाले गाँजेको हाम्रो देशमा पोल्ट्री व्यावसाय त थिलथिलो नै बनाएको छ । बिचौलिया आतङ्क नै भन्नुपर्छ यसलाई । यदि यस्तै अवस्था रहिरह्यो भने पोल्ट्री कृषकमा नैराश्यता, निरुत्साहबाहेक केही हुने छैन । यदि पोल्ट्री कृषकलाई प्रोत्साहन दिँदै जाने हो भने फार्म दर्तामा सहजता कायम गरी हरेक कृषकलाई दर्ता गर्न उत्साहित गराउनुपर्छ । र, बजार व्यवस्थापनमा सहजीकरण गरी विभिन्न गुणस्तरीय तालिमहरूको आयोजना गर्दै तालिममा सहभागी हुन प्रेरित गर्नुपर्छ ।

यो देशलाई सम्वृद्ध र स्वावलम्बी बनाउने हो भने हरेक व्यक्तिलाई आत्मसम्मान दिइनुपर्छ । उसको पेशालाई सम्मान गर्नुपर्छ । व्यावसायीलाई प्रोत्साहन दिइनुपर्छ । सिन्डिकेट प्रथालाई अन्त्य गरी आफ्नो उत्पादनलाई सगर्व आफ्नो हो भनेर बजारमा लान पाउनुपर्छ । राज्य जिम्मेवार हुनुपर्छ । राज्य जिम्मेवार बने साना व्यावसायीहरू सुरक्षित हुन्छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

याक्थुङ लिम्बुहरू कुनै घुमन्ते जाति नभई यहीँ भूगोलकै रैथाने आदिवासी जनजाति हुन् : उदय पुर्वेली चोङ्वाङ्क्याक

-उदय पुर्वेली चोङ्वाङ्क्याक विभिन्न लेखक, मुन्धुमविद तथा इतिहासकारहरूको मतअनुसार, वर्तमान अवस्थाको लिम्बूवान र लिम्बू...

२०७७ सालको मदन पुरस्कार ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९–२०२०’ लाई

काठमाडौ, ७ भदौ । २०७७ सालको मदन पुरस्कार पुर्व सिडिओ भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक...

मोतीजयन्तिको अवसरमा गजल चर्चासहित नयाँ साहित्य

काठमाडौ, २६ भदौ । नयाँअनलाईनको शनिबारीय परिशिस्टाङ्क नयाँसाहित्य मोतिजयन्तिको अवसर पारेर गजलविशेष ल्याइएको छ...

एमसीसीकी उपाध्यक्ष फतिमा सुमार एमाले अध्यक्ष ओलीसँग भेट गर्न बालकोटमा

काठमाडौ, २४ भदौ । बिहिबार बिहान काठमाडौ आइपुगेकी अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन...

किरात लिपि, किरात सिरिजङ्गा लिपि, याक्थुङ सिरिजङ्गा लिपि वा सिरिजङ्गा लिपि ?

उदय पूर्वेली चोङ्बाङ्क्याक गत असार महिनाको अन्तिम साता आयोजित एक कार्यशालामा किरात याक्थुङ चुम्लुङ,...

राजनीतिलाई ‘गरीखाने भाँडो’ बनाउनेहरूले देशलाई ‘गति न मति’ बनाए

मलिसा याक्थुङ्बा लिम्बू नेपालको राजनीति गर्ने धुरन्धर क्रियाशिल अथवा होल्डटाइमरहरू अन्तमा आएर पेशाको रुपमा...

विश्लेषणात्मक लेखसहित यसपल्टको नयाँसाहित्य

धरान, १९ भदौ । वृहत् नागरिकको आन्दोलनबारे विश्लेषणात्मक लेखसहित यसपल्टको नयाँसाहित्य आएको छ ।...

नागरिक आन्दोलनको परीक्षा

बच्चु हिमांशु अघिल्लो वर्षदेखि लोकतन्त्रको रक्षाका निम्ति सामाजिक न्यायको पक्षमा बृहत् नागरिक आन्दोलनको ब्यानरमा...

याक्थुङ समुदायमा धर्मको बहस

आप्पुङ्गीहाङ याक्थुङ १. शुरूवात याक्थुङ समुदाय पृथक साँस्कृतिक पहिचान भएको आदिवासी हुन् । विशेषगरि...

अधिकारः कुम्लो बोकी ठिमीतिर

मलिसा याक्थुङ्बा लिम्बू नेपालको संविधानमा उल्लेख भएको जनताको अधिकार र केही वाँकी रहेका अधिकारहरू...