'हालिमुहाली चै गरिनँ, पार्टीले दिएको जिम्मेवारी पुरा गरेँ' -अइन्द्रसुन्दर नेम्बाङ - Naya Online

‘हालिमुहाली चै गरिनँ, पार्टीले दिएको जिम्मेवारी पुरा गरेँ’ -अइन्द्रसुन्दर नेम्बाङ

अइन्द्रसुन्दर नेम्बाङ नेपाल कम्युष्टि पार्टी एमालेका केन्द्रीय सदस्य हुन् । विद्यार्थी राजनीतिबाट अगाडि आएका नेम्बाङ नेकपा मालेबाट सभासद् पनि बनिसकेका छन् र मौलिक हक, राज्यका निर्देशक सिद्धान्त र आयोगहरूसम्बन्धी उपसमितिको सभापति बनेका थिए । उनै दुईवर्षअगाडि युवानेता अइन्द्रसुन्दर नेम्बाङसँग नयाँअनलाइनका सीता सुब्बा तुम्खेवाले गरेको भिडियो कुराकानीका सम्पादित अंशलाई यहाँ प्रस्तुत गरिएको छ ।

सानै उमेरदेखि राजनितिमा प्रवेश गर्नुभएको रहेछ, विषेश गरेर केले आकर्षण ग¥यो यहाँलाई ?
त्यत्रो राजनीतिमा तान्नेगरीको आकर्षित घटनाहरू त मेरो जीवनमा केही पनि छैन तर पनि मलाई पढाउने केही शिक्षकहरू र परिवारका चाहि काकाबुबाहरूले अलिकति राजनीतिप्रति चासो राख्ने भएकोले गर्दा हो । ४६ सालको प्रजातन्त्र आउने बेलाको पूर्वसन्ध्यामा हाम्रो क्षेत्रमा केही गतिविधिहरू भयो । ४६ साल फाल्गुनदेखी चाहिँ आन्दोलन गर्ने भन्ने चर्चा बढि चर्चा चल्यो । संयुक्त बाममोर्चा चलेको रहेछ त्यो बेलामा हामीले त्यति त्यसको बारेमा सबै थाहा पनि थिएन । काग्रेससँग जनआन्दोलन गरेर पञ्चायती व्यवस्थालाई ढालेर प्रजातन्त्र ल्याउने सङ्घर्ष चलिरहदा यस्ता गफगाफका कुरालाई मैले चासो लिएँ । यताउता चिठी बोक्ने, खबरखाबर काममा पु¥याउने काममा चाहि हाम्रा अगुवा साथीहरू, शिक्षकहरूले नै भनौ न केही काममा उहाँले लगाउनु भयो । यसैले राजनीतिमा प्रवेश गरायो ।

त्यहाँका नेम्बाङहरू त धेरैजना काँगे्रसमा हुनुहुन्छ, यहाँले कसरी वामपन्थी धार रोज्नुभयो ?
म बसेको गाउँमा चाहि त्यति धेरै काँग्रेस छैनन् तर पढेको पारी पौवासारताप ठाउँ (हालः फाल्गुनन्द गाउँपालिका वडा न. ३ पर्छ), चाहिँ नेपाली काँग्रेसको राम्रै उपस्थिति भएको ठाउँ हो । त्यो राष्ट्रिय स्तरको नेताहरूको राम्रै उपस्थित भएको ठाउँ हो । तर सबै नेम्बाङहरूको कुरा गर्ने हो भने त नेपाली काँग्रेसभन्दा उच्च तहमा पुगेका सुवास नेम्बाङ सभामुख भइसकेका व्यक्ति हुन् । अहिले नेपाल कम्युनिष्ट पार्टीको नेता हुन्छ । संसदीय दलको उपनेता भइसक्नुभएको छ । नेम्बाङहरूमा त हाइलेवलमा पुगेको त सुवास नै हुन् । खासगरि त मेरो जिल्ला पाँचथरमा र आसपास गाउँमा नेम्बाङहरू कै कुरा गर्ने हो भने वामपन्थी झुकाव नेम्बाङहरूको राम्रै भएको देख्छु मेरो दाजुभाईहरूमा ।

विद्यार्थी राजनिति कति गर्नु भयो यहाँले ?
धेरै गरेँ विद्यार्थी राजनिति । सुरुमा नि.मा.वि. थियो, त्यहाँको अध्यक्ष हुदै म लगभग सत्र अठार वर्षकै उमेरमा चाहि तत्कालिन सबैभन्दा ठुलो पार्टी भनौ नेकपा (एमाले)को भातृसंगठन अनेरास्ववियू जिल्ला अध्यक्ष भएँ । म सानै उमेरमा जिल्ला अध्यक्ष बन्नेमा पनि पर्छु । क्रमशः राष्ट्रिय परिषद सदस्यहुदै केन्द्रीय सदस्य भएर विद्यार्थी राजनीति लामै गरेँ ।

तत्कालिन नेकपा (माले)मा रहँदा हालिमुहाली नै गरेको भन्ने बुझिन्छ नि ?
तपाइँले भनेजस्तो हालिमुहाली चै गरिनँ । नेकपा मालेमा हुँदाखेरी त्यो पार्टीले दिएको जिम्मेवारी पुरा गरे । म जहाँ बसे पनि क्रियाशिल र इमानदारपूर्वक काम गर्ने हुने भएकोले त्यो तत्कालिन अवस्थामा धेरै काम भएको धेरै काम देखिने, सधैँ मिडियामा र कार्यक्रममा सारा कुरा देखिएको हुनाले त्यस्तो देखीयो होला सायद ।

सभासद हुदा खेरी चाहि गगन थापाले काम गर्न सजिलो युवा नेता भनेर चाहि तपाइलाई चित्रित गर्नु भएको थियो । उहाँलाई कसरी प्रभाव पार्नुभयो ?
गगन थापा एउटा नेपालको राष्ट्रिय राजनितिमा चर्चित एउटा चाहि मात्र नभएर स्थापित युवा नेता पनि हुन् । उहाँले भन्नुभएको मैले पत्रिका तथा अनलाईनमा पढेको थिएँ । गगन थापाले आशा गरिएको एउटा युवा नेता हो भनेर योगेश भट्टराई, म लगायतको नेताहरूको कुरा उहाँले उल्लृख गर्नु भएको रहेछ । संविधान सभामा मस्यौदाको एउटा उपसमिति बनेको थियो मौलिक हक, राज्यको सिद्धान्त र आयोगहरू । त्यसको संयोजक म थिएँ । मेरो सदस्यहरू गगन थापा, भीम रावल लगायतका धेरै चर्चित नेताहरू पनि थिए । कामको शिलसिलामा हाम्रो ठूलठूलो छलफल बहसहरू पनि हुन्थ्यो । उहाँहरू विषय बस्तुसँग ज्ञान राख्ने मान्छे पनि हुन् । त्यसैले धेरै छलफल बहस वर्षौं भयो । संविधानको झन्डै ४० प्रतिशत मौलिक हक अनि अनि राज्यको सिद्धान्त र आयोगहरू पर्दाेरहेछ । मौलिक हकमा प¥यो भने मात्रै चाहि अधिकार प्राप्त हुन्छ भन्ने जुन मुल्य मान्यता सरोकारवालाले राखिरहेका थिए । त्यसैले ठूलो प्रेसर पनि थियो हामीलाई । ति चिजहरू पार लगाउँदा संविधान निर्माण गर्न सजिलो भयो । स्वभाविक पनि थियो त्यो बेलामा काँग्रेस एमालेजस्तो ठुलो पार्टीहरूको बिचमा पनि ठुलो विमति थियो । अझ त्यो बेलामा चाहिँ सशस्त्र विद्रोहबाट शान्तिपूर्ण राजनीतिमा पर्दापण गरेको नेकपा माओवादी थियो अनि मधेसवादी दल त्यतिकै थियो । आत्मनिर्णयसहितको जातीय रूपमा चाहि राज्य हुनुपर्छ, अधिकार प्राप्ति हुनुपर्छ भन्ने दलहरू पनि थिए । त्यो खालको एउटा जबरजस्त चाहि समय पनि थियो । त्यो प्रेसरको बेलामा ति चिजहरूलाई चाहि सहज ढङ्गले ‘सेफल्यान्डिङ्’ तरिकाले गर्न सजिलो थिएन । त्यसमाथि आफैँ त्यसको चाहि संयोजक सभापति भएको हुनाले निकै ठुलो चुनौती पनि थियो । विभिन्न इन्ट्रेसहरूको गु्रपहरू थुपै्र थुपै्र्र थिए । विभिन्न चाहि यो सरोकारवालाहरू त स्वभाविक थियो विभिन्न शक्तिकेन्द्र, देशी विदेशी शक्ति केन्द्रहरूले प्रेसर गर्ने हैन, आकर्षित गर्न कोशिषहरू पनि भयो । त्यो समितिमा भएका मान्छेहरू हामीले असाध्यैं इमान्दारपूर्वक धेरै मेहनत गरेर धैर्यताका साथ हामीले काम ग¥यौ । स्वभाविक छ हामीले चाहिँ पक्ष विपक्ष कसैको चाहि विचारलाई बेवास्ता गर्ने कुराभन्दा पनि सम्मान गर्ने कुरा दियौ र नेतृत्वकर्ता म भएकोले गगनजीलाई सजिलो अनुभुति गर्नुभएछ र उहाँले भन्नुभयो । त्यसमा चाहि मलाई पनि खुसी लागेको छ म उहाँलाइ धन्यवाद दिन चाहान्छु ।

नेकपाको सरकारले आम जनतामा नैराश्यता दिलायो नि ?
मलाई चाही त्यस्तो लाग्दैन किनभने तपाईले भनेजस्तै यो उत्साह र नैराश्यताको मापन के ? त्यसको नाप्ने यन्त्र के हो ? यदि नैराश्यता छ भने यो भन्दा अगाडी उत्साहै उत्साह थियो समाजमा ?

त्यसो भनेर फेरि भाग्न पाइएन नि ?
त्यही त यसको नाप्ने मापन गर्ने आधार के त ? फेसबुक, सोसियल मिडिया अनि विपक्षीहरूको एकोहोरो यो सरकारप्रतिको एकलकाटे विरोध नै आधार होइन होला । म तपाइलाई भन्न चाहन्छु, यो सरकारले विकास निर्माणकै सन्दर्भको कुरा गर्नुहुन्छ भने पहिलाभन्दा कैयौ गुणा बढाएको छ ।

नयाँ विकास चाहि के के छ त्यो अलिकति बताइदिनुस् न ?
म तपाईलाई नेकपाले जितेको उदाहरण दिन्न । नेपाली काँग्रेसले जितेको वडाको उदाहरण दिन्छु । मेरो पाँचथरमा भएको ६० वटा वडामध्ये फल्गुनन्द ३ पौवासारताप भन्ने चाहि काँग्रेसले अहिलेसम्म लगातार जितेको छ पञ्चायती कालमा पनि उहाँहरूकै निकटले विजयी प्राप्त गरेको थियो प्रधानपञ्च उहाँहरूकै थियो । त्यो ठाउँमा अहिले विकाश निर्माणको सामान्य मात्रै तपाईको अड्कल गर्ने हो भने जब चुनाव सिद्धियो सरकार निर्माण भयो लगत्तै एउटा बाटोमा पिचको निम्ति गोरेटो बाटो भनौ न कच्ची सडकमा चार करोड उन्नतिले हाल्यो । लगत्तै प्रदेशले निर्णय ग¥यो त्यो ठाउँमा पिच गर्ने भनेर २ करोड हाल्यो । नजिकैको निबु खोलामा कुले पैनीमा बजेट पनि छुट्यो । नजिकैको एउटा विद्यालयमा भवनको निम्ति एक करोड, ग्राउन्ड खन्ने भनेर उत्तिकै ठुलो धनराषीको रकम छुट्यो । अहिले तपाईले सुन्नुभयो होला, पाङ्ग्रे भिरमा ठुलो पहिरो गयो । त्यहा पनि पचासौ लाखभन्दा बढी बजेट आएको छ त्यसको वैकल्पिक मार्ग बनाउने भनेर । राँके बजारदेखी अर्को स्लेप ढलान लगाएर अर्को बाटो बनाउने भनेर करोडौ बजेट छुट्टिएको छ । पर्यटन सुचना केन्द्र बनाउने भनेर पौवा भन्ज्याङ्ग सुचना केन्द्रको लागि अर्को ठूलो बजेट छुटेर काम भइरहेको छ । सिलौटीमा लगभग २ करोड बराबरको योजना सम्पन्न भयो । नेपाली काँग्रेसले जितेको वडामा आजसम्म अरु पार्टीले जितेको छैन त्यहाँ नेकपाको अगुवाईमा र दुई तिहाईको सरकारहुँदा खेरी वडाले कुनै बजट नमागीकनै माथिबाटै यत्रो योजना भएको छ भने विकाश निर्माण भएको छ की छैन ? जहाँसम्म लाग्छ, मानव उत्पति भएदेखि अहिलेसम्म्को बजेट जोड्दा पनि नेकपाको सरकार आएको यो दुई वर्षमै यति बजेट आएको छ त्यो वडामा । एवंरितले देशभरी बजेट छुटेको छ र काम भइरहेको छ ।

मैले नै जिते मात्रै अथवा त्यो अवस्थामा चाहि मैले गर्ने भन्ने कुरामा चाहि यो कुरा आएको हो । तपाईले भन्नुभयो ‘अलिक अप्ठेयारो हुदो रहेछ त्यहानिर नेकपालाई फेरि जिताएहुन्थ्यो’ भनेर । तर फेरि केन्द्र प्रदेश नेकपा रहँदारहँदै पनि नगरपालिकाको मेयरले त काम गर्न सक्नुहुदो रहेछ भन्ने उदाहरण दिइएको हो ।
म त्यसमा आउदै छु, त्यसमा चाहि तपाईको जुन नगरपालिकाको उदाहरण दिनुभयो लालीगुँरासको । अहिलेको नेकपाको सरकारले यत्रो ठुलो बजेट नगरपालिका र गाउँपालिकामा पठायो । त्यो बजेट नपठाएको भए त तपाइले भनेजस्तो यहाँ भन्नेको विषयवस्तु नै पाउनु हुन्नथियो । तपाइले किन यो कुरा भन्दै हुनुहुन्छ र त्यसको पृष्ठभूमि हेर्नुस् न ! यो भन्या त स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउने संघीयतालाई कार्यन्वयन गर्ने भन्ने हिसाबमा सरकार प्रतिबद्ध भएर अगाडी बढेको हो । त्यसकारण स्थानीय तहमा करोडौ बजेट गएको छ नत्र भने तपाइले भनेजस्तो लालीगुँरासमा काम हुन पाउथ्यो त ? पहिलेको जस्तो हो भने पहिले त स्वभाविक गा.वि.स.मा जाने पैसा भन्या १५÷२० लाख थियो हैन ? तीनचार वटा गाउपालिका मिलेर एउटा नगरपालिका बन्या छ त्यो भनेको एक करोडको हुन्थ्यो होला तर त्यहा भनेको त मलाई लाग्छ ३०÷४० करोड पचास करोडभन्दा घटि पैसा बजेट गएको छैन ।

रोजगारी दिइनेछ, हरेक घरघरको व्यक्तिलाई भनेर भन्या छ तर यहाँ त पहिले नेकपाका कार्यकर्ता हुनुपर्छ भन्ने खालको कुरा छ नि ? नेपाली जनता अझै पनि विदेश नै गइरहेका छन् ।
हैन ! जानेलाई रोक्न त सकिदैन ।

रोक्न किन सकिदैन ? स्वरोजगार या अन्य व्यावसायमा अनुबन्ध गराउन सकिन्छ नि ?
अहिले हजारौको संख्यामा नेपाली सेनामा दरबन्दी खुल्यो भन्ने मैले सुनेको छु । नेपाल प्रहरीमा पनि त्यही स्थिति छ । सशस्त्र प्रहरीमा पनि त्यस्तै दरवन्दी छ । तर सानो जागीर नखाने हामी चाहिँ ?

सबै नेपालीले त्यस्ता जागिर खान सक्दैन नि ?
तपाईलाई म ग्यारेन्टी के दिन्छु भने मान्छे यदी फिजीकील्ली फिटनेस छ फिजिकल्ली हाइटवेट मिलेको छ भने उ जागिरे हुन सक्छ । मैले देख्दा खेरी है किनभने अहिले आएरचाहिँ तपाइको लोकसेवाले लिन्छ । त्यहाँ तपाइले जुन खालको भन्दै हुनुहुन्छ त्यो खालको हिजो थियो, थिएन त्यो मलाई थाहा छैन तर अहिलेको सन्दर्भमा तपाईको सेना पुलिसको जुन एउटा चाहि दरवन्दी जुन खालीको खाली भइरहेको छ तर दरवन्दी पुर्ति भएको छैन । हुनसक्छ काही मान्छे फिजिकल्ली फिटनेस् छैन, कोही मान्छे चाहि परिक्षामा फेल भइरहेको छ सामान्य मापदण्ड पुरा गर्न सक्दैन भनेचाहिँ केही लाग्दैन । हिजो म सांसद्मा हुदा राज्य व्यवस्था समितिमा बसेर सेना पुलीस हेर्ने समितिमा नै थिए र सेना पुलिसको चाहिँ सम्पुर्ण काम कारवाहीको बारेमा मेरो कायईकाल भरी उनीहरूको ट्रेनिङ्ग सेन्टरदेखी लिएर उनीहरूले गरेको काम कारवाहीहरूमा चाहिँ निरिक्षण गर्ने, अध्ययन गर्ने र उचित निर्देशन दिने समितिमा म थिएँ त्यसकारणले यहाँ तपाइले भने जस्तो स्थिति अब छैन भने मिडिया जस्तोले सार्वजानिक गर्नुप¥यो नि !

दुई वर्ष बितीसक्यो होइन ? (अन्तर्वार्ता लिएको समयमा)
दुई वर्ष ठुलो कुरा होइन नि ! सयौ वर्ष नगरेको काम दुई वर्षमा चामत्कारिक हिसाबले हुदैन त्यो कुरा स्पष्ट हुनुस् हैन । एकै चोटी चाही उद्योग कलकारखाना खोल्ने सारा वेरोजगारी सामधान गर्ने हिसाबले कोही पनि जान सक्दैन त्यो सम्भव पनि छैन ।

व्यवहारमा त फेरि जनताहरू सबै पीडितै छ के, मानिस पानी नपाएर काकाकुल भएर बसेका छन् । २ घण्टा लामो बाटोबाट चाहि गाग्रीमा पानी उकालो बोकेर खोलाको नदीको पानी बोकेर खानुपर्ने अवस्था पनि छनि त त्यहा खै पुग्नु भएको ?
तपाइले सुन्नुभएको छैन कि के हो ? हामी चाहि नेपालको पाहाडहरूमा खासगरी किन पुर्वी पहाडको थुपै्र ठाउँमा डिप वोरिङमार्फत खानेपानी समस्या सामधान गर्न सरकार लागिपरेको छ । तपाइलाई एक दुई ठाउको मात्र उदाहरण दिन्छु पाचँथरको कुम्मायक अन्तरगत यासोक, स्यावरुम्बा, रानीगाउँ अनि फाल्गुनन्दको फाक्तेप, नवमी डाँडा, फिदिमको नाङ्गीनको लगायतको ठाउँमा डिप बोरिङबाट पानी तानेर खुवाइराखेको छ ।

हामीले यासोकको समाचार बनाएको थियौं, त्यहाँ त खडेरीले मकै डढेर बिजोग थियो, फेरि पानी उपलब्ध गराएर गराएको छ भनेर भन्नु हुन्छ ? तमोरमा पानी माग्दै पूजा गरेको यहाँ समाचार बनाइरहेका थियौं ।
खानेपानीको कुरा मैले ग¥या हो । सिचाईंको कुरा गरिरहेको छैन, काकाकुलको कुरा हो भने त खानेपानी सम्बन्धित भयो नि ! हामीले त्यसरी नेपालकै उदाहरणमा काम गरिरहेका छौ । स्थायी समाधानको लागि तमोर लिफ्टिङको आयोजना भनेर अरबौंको योजना छ । हामी यो साल उद्घाटन गराउदैछौ । यो भन्दा अगाडी पाल्पामा यो खालको लिफ्टिङको व्यवस्था थियो । अहिले हामी तुम्बेवा गाउपालिका र कुम्मायक गाउँपालिकामा सम्भव हुदैछ र फाल्गुनन्द नवमी डाँडा, लुम्फावुङ्, फिदिममा समेत यो कामको योजना अगाडी बढाएको छ । यो सालै हामी २ ठाउँमा चाहि सम्पन्न गर्ने भनेर हामी लागिरहेका छौ । जहाँसम्म तपाईले भन्नुभयो, जुन मकै सेतै फुल्यो, तपाइले त समाचार पढ्नु भएछ म त ३ चाटी गएर निरिक्षण गरेँ । हामीले अहिले पाँचथरको कुरा मात्र होइन पाँचथर, तेह्रथुम, धनकुटादेखी रामेछापसम्मको चाहि एकिकृत प्याकेज बनाएर हेरिरहेका छौं ।
जुन प्याकेजमा कृषकहरूलाई परेको नोक्सानीलाई केही राहत दिने, चामल मकै बिउबिजनको सहयोग गर्नेलगायत छन् ।

त्यो तपाइहरूको योजनामा र कागजमा मात्रै होला नि, भुकम्पपीडितहरूले अहिलेसम्म राहत पाएको छैन भन्ने सुनिन्छ ।
भुकम्प पीडित सबैले राहत पाएको छ यो चाहि बाहीरको हल्लाको कुरा हो । भुकम्प पीडितको कुरामा म आफैँ दोलखा गएर बसेको मान्छे हो ।

सबैले राहत पाइसकेका छन् त ?
सबैले पाएको छन् । पाइनँ भन्ने कुरा त समयमा कागजपत्र तयार नपार्ने अनि अहो ! पैसा पाइने रहेछ भनेर पछिपछि घर नभत्केका मानिसहरूले चाहि कागजपत्र बनाउने अनि काठमाडौँमा आलिसान महल बनाउने काम पनि भएका छन् । सय वर्ष अगाडिदेखि काठमाडौमा बस्ने अनि आफ्नो बाउबाजेका घरहरूचाही तपाइको दोलाखा रामेछापतिर खोजेर पाइन्छ ? आफ्नो नाममा हुन प¥यो नी ! त्यहाँको लालपुर्जा तपाईंको यो भुकम्पको नाममा राजनितिक भइरहेको छ भुकम्पको नाममा पाउने राहत पाइसकेका छन् मान्छेले पाइरहेका छन् तर वास्तविक पीडितले पाउनु पर्छ । नक्कली कागजात बनाएर प्रयत्न गर्नुहुन्न ।

म दोलखामा निरिक्षण गर्न तत्कालिन अवस्थामा म सभासद हुँदाखेरी म लगायत हामी दुई ३ जना झलनाथ खनालको नेतृत्वमा गएर निरिक्षण गरेको हो र म आफैँ पनि पटक पटक चाहिँ राहत वितरण गर्न गएँ । यो गतवर्षको कुरा मात्रै गर्नुभएन, पाँचथरको सुख्खाग्रस्त ठाउँमा हामीले पीडितहरूको पहिचान गरी पोहोर पनि वितरण गरेका थियौं । त्यो समाचार आएन होला सायद, अब त्यो समाचार पनि पाउनु हुनेछ ।

भुकम्पको समयमा तपाइले चाहिँ त्रिपाल लिएको फोटो भाइरल भइरहेको थियो नि पत्रपत्रिकामा ?
त्यो बेला म चर्चित सभासद्हरूमध्ये म एकजना थिएँ । मैले जे गरे पनि समाचार आउँथ्यो त्यो बेलामा । तपाइले फर्केर हेर्नुभए हुन्छ । कान्तिपुर टेलिभिजनदेखी लिएर सबैमा अन्तार्वार्ता दिने, सबै पत्रपत्रिकामा समाचार बन्ने म एकजना थिएँ ।

किन बोक्नु भएको थियो खासमा चाही ?
त्रिपाल बोक्दा चाही यत्रो भाइरल हुनुपर्ने भनेपछि त यो अचम्म पो लाग्छ मलाई । हामी चाही मान्छे होइनौ ?

भुकम्प आउदा म पाँचथर थिएँ । पाँचथरमा पनि धेरै घरहरू भत्कियो, मान्छे चाहि मरेनन् । धेरै घर भत्केपछि पाँचथरमा रेकर्ड छ । अहिले फेसबुकमा पनि हेर्न सक्नुहुन्छ समाचार पनि छ । पाँचथरमा लगभग मैले १५ दिन म लगायत जिल्ला प्रशासन कार्यालयमो प्रत्येक घरघरमा पाल बाड्यौ । कति पाल बाड्यौ होला न्युनतम् ३ हजारदेखी ८ हजारसम्म निजी ढङ्गले आर्थिक संकलन गरेर पैसा पनि बाड्यौ पीडितहरूलाई । काठमाडौँमा डेरा गरी बस्ने थुप्रै सांसद्हरू हुनुहुन्थ्यो । उहाँहरूको माग भयो होला या के भयो, सहरी विकास मन्त्रालयले प्रत्येक सांसद्लाई एउटा एउटा त्रिपाल दिने भन्ने भएछ । हाम्रो तत्कालीन पार्टीका पनि के निर्णय ग¥यौ भने हामीलाई पनि पालको खाँचो त थिएन हैन । पाल जम्मा गरेर पार्टी कार्यलयमा दिउँ न भनेर सल्लाह गर्यौ । किनभने पार्टी कार्यालय, वडा कार्यलयमा त्रिपाल माग्नेहरू धेरै थिए । त्यो बेला म मात्रै हैन १५–२० जना जतिको चाही फोटो चाही नयाँ पत्रिकाले छापेछ । अनि मान्छेले चाहीँ त्यहीँ फोटो देख्यो प्रचार ग¥यो, भाइरल भयो त्यसमा मेरो खासै दुखेसो छैन ।

त्यो त्रिपाल चाही कता लैजानु लाग्नु भएको थियो ?
हामीले पार्टी कार्यलयमा लैजान लागेको थियो तर के कुरा छापेन भने त्यसपछि सबै सांसद्हरूले चाही सभामुख्को निर्देशनमा यो लानु हुदैन भन्ने भएपछि हामीले सबै फेरि फिर्ता ग¥यौ त्यो तत्कालिन तुरुन्तै सविधानसभाको हलमा हो नि, कतैबाट ल्याएर घरमा लादैगरेको होईन ।

फेरि फिर्ता गरियो ?
निर्णय नै छ त फिर्ता गरेको भनेर । जुन ढङ्ग, जुन आशयले मान्छेले चाही प्रचार गर्न खोजे, त्यो कुरा गलत छ म लगायत २०–२२ जनाको फोटो मैले देखेको थिएँ । मैले सहभागी भएको पार्टीका प्रमुख म थिएँ, म लगायतका चीनकाजी श्रेष्ठ नेपाली काग्रसका प्रमुख सचिव थियो । सबै थिए, तर त्यस सञ्चारमाध्यमले इन्टेन्सन्ली हामीलाई हाइलाइट गर्यो, एउटा पार्टीलाई छोडेर ।

यो सरकारको गर्व गर्न लायक कामहरु केके होलान् ?
छाती फुलाएर गर्व गर्न लायकको देश बन्छ । प्रधानमन्त्रीले रेल ल्याउछु भन्दा सबैले केटाकेटीजस्तो कागजको रेल बनाएर जिस्काए । तर रेल त आइसक्यो । चाइनाबाट आउने पनि केरुङ्गको बाटो पनि सम्भ्याबता अध्ययन गरेर रेल ल्याउन आतुर छ । हिजो चाही पाइपलाईनबाट तेल ग्यास ल्याउछु भन्दा सबै हासेँ तर अहिले त पेट्रोलियम पलार्थ अम्लेखगञ्जसम्म ल्याउने भनेर प्रकृया अगाडी बढिसकेको छ । राष्ट्रिय गौरवका कुरा देशभरमा भइरहेका छन् । सयौं मेगावट विजुली थपिदै गइरहेका छन् । बिजुली हामी नेपालमा बाल्ने हैन बेच्ने स्थितीमा पुगिसक्यो त्यो मैले भनिरहनु पर्दैन ।

भनेपछि प्रधानमन्त्रीले भन्नुभए जस्तो नेपाली जनताहरूले चाही कामै नगरीकन मार्सीचामलको भात खादै बस्न सक्ने अवस्था आउछ ?
कामै नगरी त भन्दिन म ।

कामै नगरी भन्नुभएको छ नि त उहाँले ।
त्यस्तो भन्नुभएको छ जस्तो लाग्दैन मलाई ।

त्यसै भन्नुभा छ ।
त्यस्तो भन्नु भएको होइन । काम त पर्याप्त गर्नु पर्छ । काम नगरी त धरै छैन काम गर्नुपर्छ । हामी त समाजवाद ल्याउने पक्षमा छौ । हामी कम्युनिष्टहरू त निजि सम्पतीको विरोधी हौँ । केही साथीहरू चाही पैसा कमाउनमा लाग्या होलान्, त्यो अर्कै कुरा हो । तर त्यो हामी चाही त्यो समाजवाद निर्माणको चरणमा पुग्यौं भने ती धन सम्पती कि हुन्छ राष्ट्रियकरण हुदैन ? राष्ट्रियकरण हुन्छ अरु साथीहरूले नि सुनिराखे हुन्छ हामीले क्रमशः ५, १०, २०, ३० वर्षमा देश समाज्वाद् हुँदाखेरी निजी सम्पतीमा अङकुस लाग्छ । त्यसको. पनि मापदण्ड हुन्छ ।

त्यसो भए अहिले पनि किन आफ्नै पार्टीको कार्यकर्ताहरूलाई चाही जागीर खुवाउने काम गरिन्छ ? जागिर माग्दा कुन पार्टीको हो भनेर सोधिन्छ त ?
सोधिदैन ।

कसरी सोधिदैन ?
तपाईंले लोकसेवा भिड्नु भएको छ ?

लोकसेवाको कुरा नगरौ न ? ६ नम्बर पाएकोमा ९ थपेर ६९ बनाई गोल्ड मेडालिष्ट बनाएको त सुन्नुभयो होला नि ?
अनि सबै कारवाहीमा परेको त सुन्नु भयो होला नि । त्यसबेला आफ्नो मान्छे भनेर जोगायो त ? जोगाएन । विधिको शासनमा आफ्नो मान्छे पनि जोगिदैन । म तपाईंलाई पनि भन्छु । मेरै पार्टीको कार्यकर्ता पनि छ भने हामी यो नेकपाको केन्द्रीय नेता कार्यकर्ता भएपनि कमिकमजोरी भए कानुनको भागिदार हुनुपर्छ ।

यदि प्रमाण नै चाहिन्छ भनेपनि म तपाई.लाई त्यहाँको पब्लिकसँग कुरा गराउन सक्छु । जस्तो एक ठाउमा के भएको छ भने ११/१२ र ब्याजलर पढाउनलाई मास्टरको डकुमेन्ट चाहियो अब मास्टर्सको डकुमेन्ट भएको अर्को पार्टीको थिए । त्यहाँ मान्छेहरू होे दोस्रो पार्टीका अब उनीहरूले त्यो डकुमेन्ट बुझाए तर आफ्नै घरभित्रको अथवा आफ्नै पार्टीभित्रको चाही ती कार्यकर्ताको छोरीलाईं चाही जागीर खुवाउनलाई उसले थेसिस् नै नगरेकोलाई एक महिना होल्ड गरेर, परिक्षा सारेर जागीर खुवाइयो नि ।
मैले भनेको त रामराज्य आइसक्यो भनेको होइन । हामी त्यो ल्याउन कोशिष गर्दैछौ, मैले समाजवाद् आइसक्यो भन्या छैन अब तपाइले भने जस्तो योग्यता क्षमता नभएको मान्छे पनि हुन सक्छ । परेको छैन भनेर भन्दिनँ । कुनै ठाँउमा त्यस्तो पनि भयो होला तर हामीले क्रमशः व्यवस्थित गर्दै जाने हो । कमिकमजोरी छ भने यसले करेक्सन पनि गर्नुपर्छ । करेक्सन नगरी हुदैन हामी यही समाजमा हुर्की बढेको छौ । यसका चाही चिन्तनहरू फरक फरक छ हामीसँग । पुँजीवादी चिन्तन हुनसक्छ उपभोक्तावादी चिन्तन छ हामीसँग यसो भएको हुनाले नातागोता सुखसुविधा हैन यी चिजहरू सधैँभरी हाम्रो वरीपरी त्यतीमात्र होइन अझै विलासीहरूका कुराहरू समेत त्यहा हामीसँग गाँसिएका छन् । यी चिजहरूलाई क्रमशः हामीले परिवर्तन गर्दै जानु पर्दछ । त्यसो भयो भने मात्रै मुलुक सम्वृद्ध हुन्छ । आर्थिक रूपमा पनि आत्म निर्भर हुदै जान्छ ।

अभ्यासमा छौ भन्नु भयो । अभ्यासमा पनि कामले पो आम जनताको मन जित्ने हो भन्ने हो होइन ?
सय ओटा काममा तपाइको हामी त ६० ओटा भन्दा बढी कामहरू ग¥यौ होला ३०/४० ओटा त बिग्रिएको पनि होला त्यो कुरा त हामी हेर्दै जान्छौ बुझ्दै जान्छौ ।

कुराकानी भिडियोमा पनि हेर्नुहोस् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘साहित्य सिर्जना र लेखन भनेको पथ प्रर्दशक नै हो’ -नेत्रप्रसाद काफ्ले

नेत्रप्रसाद काफ्ले। धरान उप महानगरपालिका वार्ड नम्बर १३ का वडाअध्यक्ष हुन् । सदा आफुलाई...

कम्युनिष्ट पार्टी शब्दजाल बुन्नमा सिपालु हुन्छ -भीम राई, केन्द्रीय सदस्य, जनता समाजवादी पार्टी

भीम राई जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य हुन् । उनले माध्यमिक तह अध्ययनरत...

विखण्डन भएको समाजलाई एकिकृत गर्नुपर्ने जरुरी ठानेकी छु -भवानी तिवारी

धादिङ जिल्लाको मैदीगाउँमा जन्मिएकी भवानी तिवारी गैरआवासीय नेपाली संस्था (एनआरएनए) अष्ट्रियाको महासचिव छिन् ।...

‘हालिमुहाली चै गरिनँ, पार्टीले दिएको जिम्मेवारी पुरा गरेँ’ -अइन्द्रसुन्दर नेम्बाङ

अइन्द्रसुन्दर नेम्बाङ नेपाल कम्युष्टि पार्टी एमालेका केन्द्रीय सदस्य हुन् । विद्यार्थी राजनीतिबाट अगाडि आएका...

‘आत्मसन्तुष्टी, विद्रोह, कसैप्रति समर्पित र मुद्दाको लागि लेख्ने गर्छु ।’ –सुष्मा रानाहँमा

२०५० सालमा खोटाङको साविकको लामाखु हालको रुपाकोट मझुवागढी नगरपालिकामा जन्मेकी सुष्मा रानाहँमा कविता लेखनमा...

गीत–संगीतले नछुने मन सायदै होलान् -शम्भु बाछना राई

२०४६ साल साविक हसनपुर– २, उखुबारी (हाल हतुवागढी–९, भोजपुर) मा जन्मेका शम्भु बाछना राई...

‘गाउँपालिकामा निर्वाचितहरुले आफ्नै कार्यकर्तामात्रै चेप्नु राम्रो होइन’ -गंगा कुरुम्बाङ

तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका ऐतिहासिक स्थल हो । दश लिम्बुवानले संयुक्त राज्य शुरु गर्दा...

‘भाषा, साहित्य, कला संगीत कुनै जाति विशेषले नै निर्माण गर्छन्’ –रामकर राई

केन्द्रीय अध्यक्ष किरात राई साँस्कृतिक कलाकार संघ विगतका वर्षहरूमा किराँत राई साँस्कृतिक कलाकार संघले...

“दौड प्रतियोगितालाई स्थानीय र स्थानीय निकायले सकारात्मक रूपले हेरेको छ” -बिपुल मगर

गत मंसिर ५ गते मोरङको केराबारी गाऊँपालिका वडा नं. १ मा इतिहाँसमै प्रथमपल्ट “पहिलो...

‘नेपालमा मातृभाषी साहित्यको खानी छ’ -डीएन ‘उपहार’ मगर

२०३२ सालमा धनकुटाको चौविसेमा जन्मेका मातृभाषी कवि तथा गजलकार डीएन ‘उपहार’ मगर हाल कतारमा...