संसारमा नरुने को छ र ? - Naya Online

संसारमा नरुने को छ र ?

जीवनमा सर्वसाधारण मानिस मात्र होइन ख्यातीनामा कमाएका महापुरुषहरू पनि बलिन्द्रधारा आँसु खसालेर रोएका छन् । जो सामान्य मानिस छ उ व्यावहारिक जीवनमा पीडा र मर्मका चोटहरूमै रोइदिन्छ । बालकहरू त झन् यी भन्दा झिनामसिना कुरामै रुन्छन् । आप्mनो व्यक्तिगत स्वार्थ रक्षाका लागि रुने संसारमा धेरै मानिस छन् । तर सामाजिक कल्याण र जनहितका पक्षमा द्रवित हुने महामानवहरू चाहिँ विश्वको जुनसुकै कुनामा पनि थोरै हुँदा रहेछन् । मान्छेको के कुरा ईश्वरले समेत दुखका चुडान्त क्षणमा अश्रुपुरित नेत्र उठाएर नियतिको दुर्दान्त खेल खेल्नु परेका घटनामा पुराणहरूमा वर्णित छ । सतीदेवीको देहान्तपछि भगवान शंकर पागलजस्तै बनेर रोएका थिए । कृष्णका कतिपय लीलाहरूमा पनि आँसुको प्रसंग पढ्न पाइन्छ । बनवासी रामको आत्मा राजमहल निवासी हुँदासम्म पनि मुस्कुराउन पाएन । सीता र द्रौपदीजस्ता युगीन व्यक्तित्व बोकेका प्रखर नारीहरूले पनि आँसुको दिनचर्या भोग्नुपरेको थियो ।

भनिन्छ– बेंजामिन मोलाइसलाई दक्षिणी अफ्रिकाको जातिवादी गोरा सरकारले सन १९८५ मा फाँसीमा झुण्ड्याउँदा नेल्शन मण्डेलाले आप्mनो आँसु रोक्न सकेका थिएनन् । बेंजामिन दक्षिण अफ्रिकाको पहिलो देशभक्त शहिद कवि हुन् । त्यसबेला अफ्रिकी स्वतन्त्रता आन्दोलनका हिमायतीहरू उनका कविता ओठओठमा झुण्ड्याएर हिँड्थे । संयुक्त राष्ट्रसंघको विरोध हुँदाहुँदै पनि उनलाई अफ्रिकी सरकारले झुण्ड्याइदिंदा नेल्शन मण्डेलाले भनेका थिए– ‘मलाई आकाश यति अन्धकारमय कहिल्यै लागेको थिएन, जति बेंजामिन मोलाइसलाई फाँसीको सजाय दिएपछि लाग्दैछ । उनी हाम्रो वरिपरि प्रत्येक सासमा जीवित रहेका छन् ।’

भारत चीन सीमा युद्धका बेला दिल्लीको रामलीला मैदानमा आयोजित एउटा सांस्कृतिक समारोहमा लता मंगेसकरले गाएको राष्ट्रिय गीत सुनेपछि तात्कालिन प्रधानमन्त्री जवाहरलाल नेहरूले आफूलाई थाम्न सकेनन् । उनले रुँदै लतालाई भनेका थिए– बेटी तुने मुझे रुला दिया । हाम्रै सन्दर्भमा पनि सर्वोच्च नेता गणेशमानसिंहका आँसु धेरैले देखेको हुनुपर्छ । ठूला मानिसलाई परका भन्दा आप्mनै नजिकका मानिसले बढी रुवाउँछन् । मानवीय स्वभावको एउटा दारुण पक्ष के भने विरोधीहरूको प्रहारले कुनै पनि मनुष्यलाई कहिल्यै कमजोर तुल्याउँदैन, तर छातीमा आफन्तहरूले चोट लगाइदिए भने त्यसलाई सहन गर्न कठिन पर्दोरहेछ । पञ्चायतकालमा पद्मरत्न तुलाधरले गहभरि आँसु पारेर सम्पूर्ण विधायकहरूलाई कमसेकम अबदेखि भ्रष्टाचार नगरौं भनेर आव्हान गर्दा सारा पञ्चहरूले देशव्यापी रुपमा उनको खिल्ली उडाएका थिए । राष्ट्र र जनताको भलाईका लागि पवित्र आँसु खसाल्ने मानवतावादी व्यक्तित्वहरू सामाजिक विसंगतिबाट चिमोटिनु अस्वाभाविक होइन तर आप्mनो अनमोल जिन्दगीलाई तानाशाही संघर्षको क्रुर र कठोर दायराभित्र हुर्काउने जोसेफ स्टालिन जस्ता मानिसको ओठमा मुस्कान फुटनु र नजरमा पानी उम्रिनु भनेको चाहिँ आठौं आश्चर्य हो । डा. सर्वपल्ली राधाकृष्णन्ले भारतीय राजदूतका रुपमा पूर्व सोभियत संघमा रहँदा त्यहाँका राष्ट्रपति जोसेफ स्टालिनलाई आख्यान यसरी सुनाएका थिए– हाम्रो देशमा एकजना सम्राट जीवनभर भयंकर खुंखार लडाईं लडेर वृद्धावस्थामा पुगेपछि सारा राजपाट त्यागी भिक्षु बनेका थिए । राष्टपति महोदय ! तपाईं पनि रक्तपथको लामो यात्राबाट प्रभुताको यो महान सिंहासनमा आइपुग्नुभएको छ । भोलिका दिनमा यहाँ पनि हाम्रै देशको उक्त सम्राटजस्तो बन्न सक्नुहुन्न भनेर अहिल्यै कसले ग्यारेन्टी गर्न सक्छ ? डा. राधाकृष्णको कुरा सुनेर स्टालिन जीवनमा पहिलोपल्ट दिल खोलेर मुस्कुराएका थिए । उनले भने– हो कहिलेकाहीं चमत्कार सिर्जना हुनसक्छ । म पनि ५ वर्षसम्म धर्मशास्त्रका स्कुलमा बसेको छु । बातचित सकेर राधाकृष्णन राष्टपति भवन बाहिर निस्कँदा स्टालिनले आप्mनो दोभाषे पावलोबलाई बोलाएर भनेका थिए । राधाकृष्णन एउटा संकीर्ण देशभक्त मनुष्य होइनन । उनको हृदय पीडित मानवताका लागि सधैं द्रवित हुने गर्छ । सन् १९५२ को ५ अप्रिलमा आप्mनो कार्यकाल समाप्त गरी भारत फर्किने बेलामा राधाकृष्णनले स्टालिनसंग विदाईको गला मिलाएर उनको पिठ्यूँ सुमसुम्याउँदा स्टालिनको आँखामा आँसुको सागर उर्लिएको थियो । उनको अनुहार मलिन थियो र कण्ठ पनि अवरुद्ध । उनले आप्mना सजल नेत्र उचालेर भनेका थिए, तपाईं पहिलो व्यक्ति हो जसले मलाई मनुष्य सम्झिएर मप्रति मानवीय व्यवहार गर्नुभयो । मलाई कहिल्यै पनि दानव ठान्नुभएन । तपाईं हामी सवलाई छोडेर जाँदै हुनुहुन्छ । म चाहान्छु कि तपाईं दीर्घजीवी रहनुहोस् । अब म धेरै दिन बाँच्दिन । स्टालिन रोएको यस घटनालाई सारा विश्वले इस्पातको मानिस रोएको रुपमा स्वीकार गरेको थियो ।

नेपोलियन बोनापार्ट पनि ढुंगो र फलाम जतिक्कै कडा र अररोपन भएका निर्दयी मनुष्य हुन् । हिंसात्मक पराक्रममा लिप्त यी सैनिक योद्धाको हृदय जोसेफिन नामकी एक विधवा महिलाप्रति अत्यन्तै दयालु र संवेदनशील थियो । जोसेफिन अत्यन्त धूर्त र अस्थिर चरित्रकी महिला हुन भन्ने जान्दाजान्दै पनि नेपोलियन उनीप्रति यति आसक्त थिए कि एकपल्ट रणभूमिको विपरित परिस्थितिलाई ढालेर उनलाई भेटन मिलान भन्ने ठाउँमा पुग्दा भेटन नपाएपछि डाँको छोडेर क्वाँ क्वाँ रोएका थिए । आँसुले सम्भवत मानिसको मनलाई हलुका बनाउँछ । त्यसैले होला आप्mनो अन्तरमनलाई संवेदनशील पीडाका अव्यक्त वेदनाहरूले थिचेका बेला संसारको जुनसुकै मनुष्य पनि आँसुको सहारा लिने गर्छ । रुँदैमा लज्जा र हीनताबोध कसले कहाँ पो गरेको छ र ? भुक्तभोगीले त्यसै भनेका होइनन– रुनु मनको मैलो धुनु त हो नि ।

तीन यात्री बनमा एउटा रुखमुनि बसेर आपसमा गफ गर्दै आगो तापिरहेका थिए । यस्तैमा एउटाले भन्यो– म दरिद्र छु । मलाई गाँसबास चाहिएको छ । दोस्रोले भन्यो– म निसन्तान छु । मलाई सन्तानको ठूलो इच्छा छ । तेस्रोले भन्यो– म सधैं विरामी भइरहन्छु । म निरोगी भइदिए कस्तो हुन्थ्यो होला । रुखमाथि बसिरहेको गिद्धले यी तीन यात्रीका कुरा सुनेर हांस्दै भन्यो– मित्र, प्रकृति बडो निर्दयी हुन्छ । जसलाई गांसबासको आवश्यकता हुन्छ, त्यसलाई सन्तान दिन्छे । जसलाई सन्तान चाहिएको छ, त्यसलाई स्वास्थ्य र निरोगिता दिन्छे अनि जसलाई स्वास्थ्य र निरोगिता चाहिएको छ, उसलाई गाँसबास दिन्छे ।

 

 

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाल प्रहरी अस्पताल र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पतालबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल प्रहरी अस्पताल महाराजगंज र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा उपेन्द्र...

दुवाकोटमा महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा निःशुल्क स्वास्थ्य शिविर हुँदै

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर १ दुवाकोटमा महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा...

ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्दैनः भेटेरिनरी एशोसिएशन

काठमाडौं । बजारमा हल्ला फैलिए जस्तो ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्न सक्ने तथ्यमा...

कुम्मायकको पिपलबोटे स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर

पदम सुखी सम्बाहाम्फे पाँचथर, १५ चैत । कुम्मायक गाउँपालिका अन्तर्गत वडा नं. ५ स्याबरुम्बाको...

लागूऔषध दुव्र्यसनविरुद्ध पृथ्वी मावि यासोकमा सचेतनामुलक कार्यक्रम सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १५ चैत्र । ‘लागूपदार्थरहित स्वस्थ समुदायका लागि हाम्रो अभियान’ भन्ने...

याक्थुङ सिङ्गक फाउन्डेसनको पहलमा क्यान्सर पीडितलाई सहयोग

तेह्रथुम, ११ असोज । विगत ९ महिनादेखि घाँटीको क्यान्सरबाट पीडित तेह्रथुम फेदाप गाउँपालिका–३ जलजले...

तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत ५ हजार ८ सय ९७ जनालाई मास्क वितरण

काठमाडौं, २० भदौ । कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित...

ताप्लेजुङ पाथिभरा मञ्च मलेसियाद्धारा ६१ स्वास्थ्य चौकीलाई सहयोग

२७ साउन, ललितपूर । ताप्लेजुङ पाथिभरा मञ्च मलेसियाले ताप्लेजुङका सबै गाउपालिका र नगरपालिकाका स्वास्थ्य...

संसारमा नरुने को छ र ?

जीवनमा सर्वसाधारण मानिस मात्र होइन ख्यातीनामा कमाएका महापुरुषहरू पनि बलिन्द्रधारा आँसु खसालेर रोएका छन्...

देश बिदेशमा रहेका संघ-संस्थाद्धारा कुम्मायक गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग जारी

असार १८ । पाँचथरको कुम्मायक गाउँपालिकालाई यासोक देउराली क्षेत्र सेवा समाज काठमाण्डौले स्वास्थ्य सामाग्री...