‘विभेद पाइला–पाइलामा छ, न्याय मागे श्रद्धाञ्जली दिन्छन्’ - Naya Online

‘विभेद पाइला–पाइलामा छ, न्याय मागे श्रद्धाञ्जली दिन्छन्’

सीता तुम्खेवा

३ बर्ष अघि म धरानको भानुचोक बस स्टेशनबाट चितवनको लागि बस चढेँ । म दाहिने साइडको ६ नम्बर सिटमा थिएँ । अगाडिको ३ नम्बरको सिट खाली थियो । इटहरी या झुम्का कताबाट चढ्ने मान्छेको टिकट रहेछ । गाडी गुड्नै लाग्दा एकजना मधेसी मुलका वृद्धा चढ्नुभो र त्यो सिटमा थपक्क बस्नुभो । गाडी बिस्तारै गुड्न सुरु गर्यो । बाहिर रहेका गाडीको स्टाफ भित्र पस्यो र वृद्ध आमा उक्त सिटमा बसेको देखेर बसको स्टाफले सबै यात्रुहरूको ध्यानाकर्षण हुनेगरी हकार्यो । यो सिटमा किन बसेको ? यिनीहरूको त व्याहोरा यस्तै हुन्छ ! पछाडि गैहाल ! ति मधेसी आमालाई केही फरक परेन । सायद आदत परेको थियो । ती आमा गुड्दै गरेको बसमा सकिनसकी पछाडी गएर उभिनुभयो । केही यात्रुले अलिक राम्रै मुखले भनेको भए पनि हुनेथियो सम्म भने । त्यत्ति नै । वहाँको यात्रा सायद सप्तरीसम्म थियो ।

केहीक्षणपछि पुनः उनै मधेसी मुलकी आमाको उमेरको पहाडी मुलकी आर्य समुदायको आमा चढ्नुभो । आमा चढ्ने बित्तिकै उनै बसको स्टाफले कतासम्म आमा ? आउनोस् म सहयोग गर्छु भन्दै हातमा समाइ डोर्याउँदैलगेर एउटा सिट खाली गर्न लगाइ बसाए । मेरो आँखै अगाडि २ जना उहीँ उमेरका वृद्धाहरूलाई ती गाडीका स्टाफले यस्तो व्यावहार गरे कि मानौं ती आफ्ना मुल र समुदायका आमा मात्रै मान्छे हुन्, मधेसी मुलका आमा त मान्छे नै हैनन् । उनको वृद्ध अवस्थाले केही फरक पार्दैन ।

त्यो घटनाले मलाई पोलिरह्यो । स्पष्टरूपमा जातीय रंगभेद देखिने त्यो घट्ना तत्काल बाहिर आउनुपर्ने थियो भन्ने लागिरह्यो । तर, अहिले चर्चामा आइरहेको रूपा सुनारको घटनापछि थाहा भयो कि आखिर बाहिर आए पनि दोषी त उनै मधेसी मुलकी वृद्ध आमा बन्नुहुने थिएछ । वहस यसरी हुनेथिएछ कि त्यसरी अर्काको सिटमा बस्नु गल्ती हो । आफ्नै समुदायको नाताले पहाडी मुलकी आमालाई माया देखाए त के गल्ति भो ? आइएम वीथ पहाडी आमा ! ह्यासट्याग हुनेथिएछ ।

आज रूपा सुनारको मुद्दा ठिक त्यस्तै भएको छ । घरबेटीले मीठो मुखले भनेकी छन् कि “मलाई त केही छैन तर, मा हुनुन्छ र नि !” मीठो मुखले होस् या नमिठो मुखले आशय त जातकै थियो । कारण त जातकै हो । तर, उल्टै उनैमाथी उजुरी दर्ता भयो । ‘आफुलाई ३ दिन हिरासतमा राख्ने मान्छेलाई किन हिरासतमा नराख्ने ?’ ‘आखिर उ त कमिनी पो त ! हामी त उच्च जातिका पो हौं त ! कमिनिको तेत्रो आँट ?’ यससँग सम्बन्धित समाचारमा कतिपय प्रतिक्रिया यस्ता छन् । त्यसले पनि जातयि विभेद्को अहम्लाई प्रस्ट पारेको छ । रूपा र घरबेटीका अडियो बाहिरीएपछि रूपाको जातिय विभेदविरुद्ध उठेको आवाजले विझाएका कतिपय कथित उच्चजातिहरूलाई उक्त अडियोमा घरबेटीले बोलेको मिठो बोलीले मुटु छोएको छ । मन रुवाएको छ ।

त्यसो त रूपाले घटना घटेकै दिन फेसबुक लाइभमा आएर भनेकी थिइन् कि– सुरुमा कोठा दिने तर एउटै परिवारजसरी मिलेर बस्नुपर्ने घरपेटीले बताएको अन्त्यमा जातको कुरा आउँदा म कामीको छोरी हो भनेपछि वहाँ चुपचाप बस्नुभयो, बोल्नुभएन । अन्कनाएर म पछि खबर गर्छु नम्बर दिइराख्नु भन्नुभयो तर मैले केहि नभएको जस्तो अभिनय गरेँ । ठिकै छ आउन मिल्ने कि नमिल्ने मेरो साथीलाई फोन गरेर भन्दिनु भनेपछि पछि घरपेटीले साथीसँग कुरा हुँदा मिल्दैन भनेर भन्नुभएछ । सुरुवात यहाँबाट भएको थियो । पछि रूपासँगको अडियो भनेर बाहिरिएको संवाद जो साथीसँगको हुनसक्छ त्यहाँ मा (आमा)ले गर्दा भनेर प्रष्टसँग जाजीय कारण नै जोडेको पाइन्छ । कारण त जातीय नै देखिन्छ र छ । उक्त संवाद सुनेर हैन घरबेटीले त केहि भनेको हैन रहेछ आफै पो कामीको कुरा निकालेको रैछ भन्नेहरूले सुरुमै उनले लाइभमा आएर सबै कुरा गरिसकेपछि अन्त्यमा जातका कुरा आएपछि अनकनाएको कुरालाई बुझुनुपर्ने थियो तर बुझ पचाइयो । घटनालाई आफ्नै हिसाबले व्याख्या गर्दै लगियो ।

छुवाछुतविरुद्धको कानुन कानुनमा मात्र सिमित भएको रहेछ । अथवा उल्लेखित कानुन उच्च जाति, वर्गका लागि मात्रै रहेछ । उजुरी परिसकेपछि सोधपुछका लागि हिरासतमा लिनु स्वभाविक नै हो । तर, मुलुकका मन्त्रीजस्तो गरिमामय पदमा रहेका व्यक्तिले झण्डा हल्लाउँदै बडो हर्सोल्लासका साथ रिहा गरी लैजान्छन् भने साच्चै यो देशमा कानुन छैन । शताब्दिऔंदेखि पशुभन्दा तल्लो दर्जाका रूपमा बाँच्दै आएका ती समुदायले आज आफ्नो आवाज बुलन्द बनाउँदा तिनैलाई अपराधी करार गरी आफ्नो जातको र समुदायको शीर ढल्न नदिन मन्त्रीकै पावर प्रयोग गरि सरकारी गाडीमा बढो हर्सोल्लासका साथ रिहाइ गरिन्छ भने ढुक्क हौं नेपालमा न्याय पाइदैन । मन्त्रीकै सयोग पाइसकेपछि अझ साहस बटुलेका विभेदकारीहरूले रूपाको तस्वीरमा हार्दिक श्रद्धाञ्जली लेखेर सामाजिक सञ्जालमा शेयर गरे । ती मान्छेहरूलाई कारबाही गर्नुु त परैको कुरा कसैको चासोसम्म भएन । मानौं उनिहरूले बहुत ठीक् गरे । रूपा ठूलै अपराधी हुन् । अपराधिलाई जिउदै श्रद्धाञ्जली दिन पाइन्छ । मुखमा आएजति गालिबेइज्जत गर्न पाइन्छ ।

रूपा त्यो समुदायकी छोरी हुन् जुन समुदायका मान्छेहरू शताब्दिऔंदेखि पशुभन्दा तल्लो दर्जाको जीवन बाँचेर आएका थिए । केहि दशकअघिसम्म ठूलाबडाका जातका मान्छे भेटिएला कि भन्दै बाटो हिँड्दा पनि पीरैपीरमा हिँड्नुपर्ने, ठूलामान्छे भेटिइहाले हत्तपत्त कान्लामुनी लुक्नुपर्ने अवस्था थियो । उनिहरूको बाटो आफ्नो थिएन । धारा आफ्नो थिएन । केहि आफ्ना थिएनन् । कोही आफ्ना थिएनन् । अझैं पनि कानुन आफ्नो छैन । कानुन नभएको देशमा कानुनको सहायता लिन खोज्दा उनलाई मानसिक रोगी बनाइदिएका छन् ।

एउटा जामातले बिस्तारै परिवर्तन हुन्छ भन्दै आइरहेका छन् । विस्तारै भनेको कहिले ? सोच परिवर्तन हुन कति समय लाग्नुपर्ने हो ? जनयुद्धसँगै जातीय मुद्दाहरूमा शसक्त रूपमा बहस सुरु हुन थालेको हो । प्रजातन्त्र आयो, जनयुद्ध भयो, राजाशासन ढल्यो, गणतन्त्र आयो अझैँ विभेदको पर्खाल ढल्न सकेन, विभेदको लेदो हाम्रो गिदिमा टाँस्सिनै रह्यो भने त्यो विस्तारै कहिले आउँछ ? अब त बिस्तारै हुन्छको सट्टामा परिवर्तन हुनुपर्छ भन्नुपर्ने हैन र ! विभेदको जरा गाडेर बिस्तारै–बिस्तारै भनिरह्यौं भने त्ये बिस्तारै कहिल्यै आउनेवाला छैन । विभेदलाई मान्दैनौं भन्नेहरूमा पनि विभेदको अवशेषहरू छन् । ति अवशेषहरू क्रमशः दोस्रो पुस्तामा सर्दै गइरहेका छन् भने हामी कसरी भन्न सक्छौं ‘विस्तारै हुन्छ ?’

अन्त्यमा न्यायको झिनो आशमा रूपा पुनः सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेकी छन् । हेरौं सर्वोच्चको तराजु कतातिर ढल्किन्छ !

प्रयोग भएका तस्वीरहरू गुगलबाट लिइएका हुन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

याक्थुङ लिम्बुहरू कुनै घुमन्ते जाति नभई यहीँ भूगोलकै रैथाने आदिवासी जनजाति हुन् : उदय पुर्वेली चोङ्वाङ्क्याक

-उदय पुर्वेली चोङ्वाङ्क्याक विभिन्न लेखक, मुन्धुमविद तथा इतिहासकारहरूको मतअनुसार, वर्तमान अवस्थाको लिम्बूवान र लिम्बू...

२०७७ सालको मदन पुरस्कार ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९–२०२०’ लाई

काठमाडौ, ७ भदौ । २०७७ सालको मदन पुरस्कार पुर्व सिडिओ भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक...

मोतीजयन्तिको अवसरमा गजल चर्चासहित नयाँ साहित्य

काठमाडौ, २६ भदौ । नयाँअनलाईनको शनिबारीय परिशिस्टाङ्क नयाँसाहित्य मोतिजयन्तिको अवसर पारेर गजलविशेष ल्याइएको छ...

एमसीसीकी उपाध्यक्ष फतिमा सुमार एमाले अध्यक्ष ओलीसँग भेट गर्न बालकोटमा

काठमाडौ, २४ भदौ । बिहिबार बिहान काठमाडौ आइपुगेकी अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन...

किरात लिपि, किरात सिरिजङ्गा लिपि, याक्थुङ सिरिजङ्गा लिपि वा सिरिजङ्गा लिपि ?

उदय पूर्वेली चोङ्बाङ्क्याक गत असार महिनाको अन्तिम साता आयोजित एक कार्यशालामा किरात याक्थुङ चुम्लुङ,...

राजनीतिलाई ‘गरीखाने भाँडो’ बनाउनेहरूले देशलाई ‘गति न मति’ बनाए

मलिसा याक्थुङ्बा लिम्बू नेपालको राजनीति गर्ने धुरन्धर क्रियाशिल अथवा होल्डटाइमरहरू अन्तमा आएर पेशाको रुपमा...

विश्लेषणात्मक लेखसहित यसपल्टको नयाँसाहित्य

धरान, १९ भदौ । वृहत् नागरिकको आन्दोलनबारे विश्लेषणात्मक लेखसहित यसपल्टको नयाँसाहित्य आएको छ ।...

नागरिक आन्दोलनको परीक्षा

बच्चु हिमांशु अघिल्लो वर्षदेखि लोकतन्त्रको रक्षाका निम्ति सामाजिक न्यायको पक्षमा बृहत् नागरिक आन्दोलनको ब्यानरमा...

याक्थुङ समुदायमा धर्मको बहस

आप्पुङ्गीहाङ याक्थुङ १. शुरूवात याक्थुङ समुदाय पृथक साँस्कृतिक पहिचान भएको आदिवासी हुन् । विशेषगरि...

अधिकारः कुम्लो बोकी ठिमीतिर

मलिसा याक्थुङ्बा लिम्बू नेपालको संविधानमा उल्लेख भएको जनताको अधिकार र केही वाँकी रहेका अधिकारहरू...