“आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन” अभियान शुरु - Naya Online

“आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन” अभियान शुरु

काठमाडौँ, असार १९ । नेपाल खेलकुद महासंघको “आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन” अभियान तारकेश्वर नगरपालिका जितपुरफेदीमा रोपाई कार्यक्रमको आयोजना गर्दै शुरुवात गरेको छ ।

अबका दिनमा खेलकुदसँगै उत्पादनमा पनि खेलाडीहरुको सहभागिता र योगदानका लागि शुरु गरिएको सो अभियानको शुभारम्भ कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्व गृहमन्त्री खगराज अधिकारी, पूर्व उद्योगमन्त्री कर्ण थापा र पूर्व खेलकुद मन्त्री तथा महासंघका इन्चार्ज दावा लामाको उपस्थिति थिए ।

सहभागीहरुलाई अबिर र टिका लगाउदै शुरु गरिएको रोपाइँ कार्यक्रममा कलाकारहरु पुजा शर्मा,वर्षा सिवाकोटी र राज कट्टेलले सहभागिता जनाएका थिए भने स्थानीय धर्मस्थली ब्याण्डले बाजा प्रस्तुत गरेको थियो ।

उपत्यका खेलकुद माहासंघ सहसंयोजक केसव ब्यञ्जनकारको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका अध्यक्ष रमेश पौडेल, वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेत, उपाध्यक्ष सुवाष श्रेष्ठ, उप महासचिव रामकृष्ण खडका, शान्तमाया परियार, सचिव रेनुका श्रेष्ठ, उमेस केसी, चर्चित फुटबल खेलाडी तथा राखेप सदस्य हरि खड्का, खेलकुद परिषद सदस्य सम्पन्न श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वक्ताहरुले नेपाल खेल्कुद महासंघले खेलाडीहरुको वृति विकाससंगै उत्पादन र कृषिमा सहभागिताका लागि शुरु गरेको अभियान निकै फलदायी र अर्थपूर्ण रहेको भन्दै प्रसंशा गरेका थिए ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानद्वारा प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीसँग भेट

काठमाडौँ, ७ साउन । झापाको कमल गाउँपालिका –५ स्थित आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानको...

कलाकर्मीहरूले गरे भब्यताका साथ युरोकपको बिदाइ

काठमाडौं, ३१ असार । बक्स अफिस इन्टरनेसनल र बक्स अफिस फिल्मी क्लबको आयोजनामा बिगत...

“आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन” अभियान शुरु

काठमाडौँ, असार १९ । नेपाल खेलकुद महासंघको “आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन” अभियान...

नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित

काठमाडौँ, २० जेठ । विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज...

नेपाल सुपर लिगको उपाधि काठमाडौँ रेजर्स एफसीलाई

काठमाडौँ, १ जेठ । काठमाडौँ रेजर्स एफसीले नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर...

खेलाडीहरूलाई बधाई तथा सम्मान

बेलवारी ,चैत २८ । जनकनन्दनी खजुरी धनुषामा आयोजित तेस्रो अध्यक्ष गोल्डकप २०७७ उपाधी जितेका...

पवित्रहाङमा कपः धरान र चतरा सुनसरी सेमी फाइनलमा प्रवेश

माङसेबुङ, १ फागुन । इलामको माङसेबुङ गाउँपालिकास्थित आत्मानन्द खेलमैदानमा पवित्रहाङमा कपको ११ औं संस्करण...

पवित्रहाङमा कपमा दमक र माङसेबुङको विजयी सुरुवात

माङसेबुङ, २९ माघ । इलामको माङसेबुङ गाउँपालिकास्थित आत्मानन्द खेलमैदानमा पवित्रहाङमा कपको ११ औं संस्करण...

महिला र पुरुष दुबै फुटबल खेलाडीलाई समान तलब दिने निर्णय

काठमाडौँ, २६ मङ्सिर । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल खेलाडीको तलब...

इतिहासकै पहिलो पाटीगाउँ दौड प्रतियोगिता-०७७ सम्पन्न

दौडमा सुमन लिम्बु र सिमा मगरले लेखाए इतिहास राजकुमार लिम्बु पाटीगाउँ मोरङ, ६ मंसिर...