देश बिदेशमा रहेका संघ-संस्थाद्धारा कुम्मायक गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग जारी - Naya Online

देश बिदेशमा रहेका संघ-संस्थाद्धारा कुम्मायक गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग जारी

असार १८ । पाँचथरको कुम्मायक गाउँपालिकालाई यासोक देउराली क्षेत्र सेवा समाज काठमाण्डौले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना भाइरसको माहामारी रोकथाम तथा न्यूनीकरण गर्न समाजले अक्सिजन सहितको स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

समाजसेवी भक्तिमान सुब्बा सम्बाहाम्फेको पहलमा स्वास्थ्य सेवा बिभाग मार्फत ५ लाख मुल्य बराबरको स्वास्थ सामाग्री गाउँपालिकामा रहेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषलाइ हस्तान्त्रण गराएको हो । गाउँपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रममा सेवा समाजका राहत बितरण संयोजक भीम सम्बाहाम्फेले कुम्मायक गाउपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेका थिए । ग्रामीण स्तरमा कोभिड प्रभावित नागरिकलाई तत्काल सहयोग पु¥याउने उद्देश्यले ३ थान अक्सिजन, ५ थान पल्स अक्सिमिटर, सेनिटाइजर २० लिटर, सहित गमबुट २० थान जस्ता स्वास्थ सामग्री गाउपालिकामा रहेको सो कोषमा हस्तान्तरण गराइएको सस्थाका सचीव बिन्देश्वर खनालले जानकारी दिए ।

यसैगरी दक्षिण कोरियामा कर्यरत युवाहरुले पनि कुम्मायक गाउँपालिकामा कोरोना भाइरसको संक्रमण बढ्दो मात्रामा रहेकोले उक्त कोषमा स्वास्थ सामग्री तथा आर्थिक सहयोग जुटाएका छन् । दिनरात नभनी पराइ भूुमिमा श्रम गरिरहेका युवाहरुले माहामारीको समयमा ३ लाख भन्दा बढी मूल्यको स्वास्थ्य सामाग्री सहित बिभिन्न उपकरणहरु सो कोषमा जम्मा गरिएको जनाइएको छ । रोजगारीको शिलशिलामा प्रवासमा रहेका यश गाउँपालिकाका युवाहरुले ३ लाख ४७ हजार २ सय १२ रुपैयाँ मूल्य बराबरको १० थान अक्सिजन, सेनिटाइजर, माक्स लगायत सामाग्री सहयोग गरेका छन् । त्यस्तै ५ वटै वडालाई ५१ हजार मूल्यको औषधी गरी ३ लाख ९८ हजार २ सय १२ रुपैयाँको स्वास्थ्य सामाग्री पनि छिट्टै बितरण हुने मञ्चका सदस्य हुकुमबीर लावतीले बताएका छन् । माहामारीको यो विषम परिस्थितिमा यसरि देश बिदेशबाट स्वास्थ्य सामाग्री सहयोग गरेको भन्दै गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले देश बिदेशमा रहेका युवाहरु साथै विभिन्न संघसस्थाहरु प्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले स्वदेश तथा बिदेशको भूमिमा रहेर पसिना बगाइ कमाएको रकमबाट आफ्नो गाउँपालिकावासीको स्वास्थ्यमा ठूलो राहत पुग्ने भन्दै सबैको योग्दानलाई कहिलै नभुल्ने बताए ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सिता आचार्य, प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारी, कुम्मायक १ का वडा अध्यक्ष देबेन्द्रकुमार लावती यसैगरी ५ का वडा अध्यक्ष यामबहादुर खड्का वडा नम्बर ३ का वडा अध्यक्ष राम गजुरेल साथै स्वास्थ्य शाखा प्रमुख केदारबहादुर खड्का लगायतको उपस्थीति समेत रहेको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हुक्पा चोङबाङ कल्याण संघको तेश्रो महाधिवेशन सम्पन्न

धरान, २६ चैत । हुक्पा चोङबाङ कल्याण संघको तेश्रो राष्ट्रिय महाधिवेशन धरानमा शनिबार सम्पन्न...

फालेलुङ ३ को कालीखोला खानेपानी मुहानको विवाद साम्य

पाँचथर, २६ चैत । ११ वर्षदेखि विवादित फालेलुङको कालिखोला खानेपानी मुहानको विवाद आइतबारदेखि साम्य...

गल्कोट समाज पोखराद्वारा नयाँवर्षको शुभकामनासहित भित्ते पात्रो विमोचन

पोखरा, २६ चैत । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्ष २०८० को शुभकामना...

उपेन्द्र यादवलाई जिताउनुपर्ने जसपा १०+१ को आव्हान

काठमाडौँ, २६ चैत । उपनिर्वाचन २०८० मा बारा २ बाट उम्मेद्वार रहेका जनता समाजवादी...

किरात याक्खा छुम्माको छैठौं महाधिवेशन, अध्यक्षमा भूपाल जिमी

धरान, २६ चैत । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका...

नेपाल सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

काठमाडौँ, २४ चैत । कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते...

मुस्ताङमा फोनिजको प्रथम अधिवेशन

गण्डकी, २४ चैत । मुस्ताङ जिल्लामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाका प्रथम...

स्वस्थ्य जीवनका लागि अनिवार्य शारीरिक व्यायाम- स्वास्थ्यमन्त्री निर्मला लिम्बु

विराटनगर, २४ चैत । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बुले स्वस्थ्य जीवनका लागि...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...

उपनिर्वाचनको लागि आयोगले तोक्यो खर्चको हदम्याद

विराटनगर, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको...