‘आत्मसन्तुष्टी, विद्रोह, कसैप्रति समर्पित र मुद्दाको लागि लेख्ने गर्छु ।’ –सुष्मा रानाहँमा - Naya Online

‘आत्मसन्तुष्टी, विद्रोह, कसैप्रति समर्पित र मुद्दाको लागि लेख्ने गर्छु ।’ –सुष्मा रानाहँमा

२०५० सालमा खोटाङको साविकको लामाखु हालको रुपाकोट मझुवागढी नगरपालिकामा जन्मेकी सुष्मा रानाहँमा कविता लेखनमा परिचित नाम हो । यो समयका अब्बल नारी हस्ताक्षर पनि हुन् । हाल वैदेशिक रोजगारको शिलशिलामा कोरियामा रहेकी रानाहँमाको  ‘आमाको तासफोटो’ कविता कृति बजारमा आएको छ । जुन कृतिले छुट्टै खालको चर्चा बटुलिरहेको छ । प्रवासको पीडा र कष्टहरू छँदै नै छ । त्यसको बाबजुद् पनि यती महत्वपूर्ण कृति आउनुलाई नेपाली कविताका आम पाठकहरूले निक्कै अर्थपूर्ण ढ्ङ्गले हेरेका छन् । आफूले टेकेको धरातल, किराँती मिथक र जनजातीय सौन्दर्यलाई कवितामा टपक्कै टिप्नु उनको काव्य कला हो । समग्र प्रवास बसाइको दैनिकी अनि ‘आमाको तासफोटो’ कविता कृतिसँग नजिक रहेर उनै सुष्मा रानाहँमासँग नयाँअनलाइनले गरेको कुराकानी ।

प्रवासी जीवन कसरी व्यतित गर्दै हुनुहुन्छ ?
धेरै जसो समय कार्यस्थलमै बित्छ । त्यो बाहेक घरको काममा पनि समय छुट्याउनु पर्छ । सप्तान्ह (सप्ताहिक बिदा), यहाँको राष्ट्रिय चाडपर्वहरू र सार्वजनिक बिदाको दिनहरूमा अलारामले समेत बिदा पाउँने भएर बिना योजना समय बिताउनुमा छुट्टै मज्जा छ ।
कोरोना महामारी आउनुअघि जस्तो व्यस्त हुन्न आजभोलि छुट्टिका दिनहरू ।
बिहान अबेरसम्म सुत्न पाउँनुपनि परदेशीको लागि ठूलै कुरा रहेछ । धेरथोर लेखपढ, घुमघाम, नजिकमा रहेको साथीहरूसँग भेटघाट यसरी नै बितिरहेछ ।

“आमाको तासफोटो”को प्रतिक्रिया कस्तो पाउदैहुनुहुन्छ ?
समग्रमा राम्रै पाइरहेकोछु । आशा नगरेको, अघिपछि बोलचाल नभएको पाठकहरूबाट समेत प्रतिक्रिया पाउँदा साँच्चै थकान पनि मेटिदो रहेछ ।

प्रतिक्रियादेखि सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट छु । सङ्ग्रहमा पनि भनेकै छु ‘म कविता लेख्न सिकिरहेको हुनाले सबै प्रतिक्रियाहरू मेरा लागि स्वीकार्य हुनेछ’ भनेर ।

कविता लेखनमा कसरी होम्मिनु भो ?
कतिपय कुराहरू गर्छु भनेर नसोची गरिदो रहेछ, त कतिपय गर्छु भनेर सोचेपनि गर्न नसकिने रहेछ । सायद, यसैलाई जीवन भनिँदो हो । कवितै लेख्छु भन्ने सोच थिएन । सानो हुदाँखेरि रेडियोमा गीत सुन्यो गायिका बन्नु मन लाग्ने, केही मनपर्ने कार्यक्रमहरू सुन्यो रेडियो प्रस्तोता बन्न मन लाग्ने । फिल्म हेर्यो नायिका बन्नु मनलाग्ने । समाजका असल पात्रहरू जति सबै बन्नु मनलाग्ने ।
तर आफुले चाहेर पनि भन्न नसकेको, अथवा भन्नैपर्छ लागेको कुराहरू र खुसी व्यक्त गर्ने माध्यम भनेको स्कुले जीवनदेखि नै कविता थियो ।

तपाईंको कृतिको अघिल्तिरका कविताको तुलनामा बिट मरौनी तिरको कविताहरू धेरै नै अब्बल छन् पाठक वा समालोचकहरूको जिज्ञासा चैँ त्यो कविता लेखनको चेत के कसरी पाउनु भो ?

ठिक भन्नुभयो । कृतिभित्र समावेश भएका केहि कविताहरू आफैँलाई पनि त्यति चित्त बुझ्दो थिएन । यसको मतलब यो होईन कि, ती कविताहरू जबर्जस्ती लेखेको थिएँ । पुनर्लेखन नगरिएका केही कविताहरू समावेश भएको अवश्य हो । नराख्दा पनि हुन्छ लागेको भए पनि सङ्ग्रहको आवरणबारे प्रकाशन हाउससँग छलफल हुदाँ राख्नेमा परियो ।

फेरि सबै पाठकको रुचि उस्तै नहुन सक्छ भन्ने पनि लाग्यो । तर त्यहि कविताहरू मध्येबाट समेत प्रतिक्रियाहरूले हौसला लिएर आए ।

मध्य र बिट मरौनीतिरका कविताहरू पढ्नुहुने कतिले जिज्ञासा सहितको प्रश्नहरू पनि सोध्नु भएका छन् । ती कविताहरूले गर्दा केहिले मेरो उमेरपनि सोध्नु भ्याउनु भयो । आफ्नो भाव,विचारलाई सहि तरिकाले बुझिदिने पाठकहरूको प्रतिक्रिया पाउँदा खुब पुलकित भइँदो रहेछ ।

ती कविताहरूको लेखन चेत त मैले जन्मे, हुर्किएको माटो हो । संस्कार,संस्कृतिसँगै आफुले बाँचिरहेको समय र हाम्रो इतर अभियान (टिमको सुझाव, प्रेरणा)को उपलब्धि हो ।

“आमाको तासफोटो“ले सुष्मा रानाहँमालाई के दियो ?
थप जिम्मेवारी, चुनौतिसँगै जीवनमा लेख्नुपर्ने रहेछ भन्ने उत्साह दियो । पाठकहरूको माया त छदैछ ।

कविता के रैछ ? र केका लागि लेख्ने ?
समग्रमा कविता जीवन हो,आवाज हो ।जहाँ हामी भावना,विचार,विद्रोह,बिम्व,समाज,प्रेम सबै पाउँछौं । तथापि पूर्ण कविता लेख्ने सक्षमता, परिपक्वता अहिले नै म मा छैन ।
आत्मसन्तुष्टी, विद्रोह, कसैप्रति समर्पित र मुद्दाको लागि लेख्ने गर्छु ।

आगामी योजनाहरू के के छन् ?
–तत्काल सम्भव नभए पनि कथा लेख्ने अठोट छ । फेरि कविता नलेख्ने भन्ने चाहिँ होईन । अरुले लेख्नुभएको कथाहरू पढ्दा जति आनन्द आउँछ,भलै त्यसरी लेख्न नसकुँला । लेख्नलाई केही विषयवस्तुहरू भने छन् । जो मैले नै लेख्नुपर्छ भन्ने लागेको छ । अर्को कुरा देश फर्किनु छ । पूरा गरिएला÷नगरिएला बाँचुञ्जेल सपनाहरूलाई पछ्याईरहनु छ ।

अन्त्यमा ?
प्रवासमा श्रम गर्ने विदेशी श्रमिकले आफ्नो देश, परिवारलाई कति रेमिट्यान्स पठाईयो/पठाइन्छ? त्योसँगै समय चोरचार गरेर केही अक्षरहरूको समेत रेमिट्यान्स पठाउँनु पाउँदा आधा सन्तुष्ट छु । पुरै भइयो भने लेख्नै छोडिन्छ होला भन्ने डर लाग्छ ।

प्रस्तुतिः प्रकाश दिप्साली राई

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘साहित्य सिर्जना र लेखन भनेको पथ प्रर्दशक नै हो’ -नेत्रप्रसाद काफ्ले

नेत्रप्रसाद काफ्ले। धरान उप महानगरपालिका वार्ड नम्बर १३ का वडाअध्यक्ष हुन् । सदा आफुलाई...

कम्युनिष्ट पार्टी शब्दजाल बुन्नमा सिपालु हुन्छ -भीम राई, केन्द्रीय सदस्य, जनता समाजवादी पार्टी

भीम राई जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य हुन् । उनले माध्यमिक तह अध्ययनरत...

विखण्डन भएको समाजलाई एकिकृत गर्नुपर्ने जरुरी ठानेकी छु -भवानी तिवारी

धादिङ जिल्लाको मैदीगाउँमा जन्मिएकी भवानी तिवारी गैरआवासीय नेपाली संस्था (एनआरएनए) अष्ट्रियाको महासचिव छिन् ।...

‘हालिमुहाली चै गरिनँ, पार्टीले दिएको जिम्मेवारी पुरा गरेँ’ -अइन्द्रसुन्दर नेम्बाङ

अइन्द्रसुन्दर नेम्बाङ नेपाल कम्युष्टि पार्टी एमालेका केन्द्रीय सदस्य हुन् । विद्यार्थी राजनीतिबाट अगाडि आएका...

‘आत्मसन्तुष्टी, विद्रोह, कसैप्रति समर्पित र मुद्दाको लागि लेख्ने गर्छु ।’ –सुष्मा रानाहँमा

२०५० सालमा खोटाङको साविकको लामाखु हालको रुपाकोट मझुवागढी नगरपालिकामा जन्मेकी सुष्मा रानाहँमा कविता लेखनमा...

गीत–संगीतले नछुने मन सायदै होलान् -शम्भु बाछना राई

२०४६ साल साविक हसनपुर– २, उखुबारी (हाल हतुवागढी–९, भोजपुर) मा जन्मेका शम्भु बाछना राई...

‘गाउँपालिकामा निर्वाचितहरुले आफ्नै कार्यकर्तामात्रै चेप्नु राम्रो होइन’ -गंगा कुरुम्बाङ

तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका ऐतिहासिक स्थल हो । दश लिम्बुवानले संयुक्त राज्य शुरु गर्दा...

‘भाषा, साहित्य, कला संगीत कुनै जाति विशेषले नै निर्माण गर्छन्’ –रामकर राई

केन्द्रीय अध्यक्ष किरात राई साँस्कृतिक कलाकार संघ विगतका वर्षहरूमा किराँत राई साँस्कृतिक कलाकार संघले...

“दौड प्रतियोगितालाई स्थानीय र स्थानीय निकायले सकारात्मक रूपले हेरेको छ” -बिपुल मगर

गत मंसिर ५ गते मोरङको केराबारी गाऊँपालिका वडा नं. १ मा इतिहाँसमै प्रथमपल्ट “पहिलो...

‘नेपालमा मातृभाषी साहित्यको खानी छ’ -डीएन ‘उपहार’ मगर

२०३२ सालमा धनकुटाको चौविसेमा जन्मेका मातृभाषी कवि तथा गजलकार डीएन ‘उपहार’ मगर हाल कतारमा...