बराहक्षेत्रमा स्वास्थ्य बिमा गराउनेको आकर्षण बढ्यो, बिमा कार्यक्रम उत्साहजनक - Naya Online

बराहक्षेत्रमा स्वास्थ्य बिमा गराउनेको आकर्षण बढ्यो, बिमा कार्यक्रम उत्साहजनक

प्रकाश दिप्साली राई

मानिसको जीवनमा गाँस, बास कपाससँग जोडिने अर्को महत्वपूर्ण पाटो हो स्वास्थ्य, तर अधिकांश जनता आर्थिक अभावको रेखामुनी रहेको नेपाल जस्तो मुलुकमा राम्रो अस्पतालमा गएर उपचार गर्ने सबैको पहुँच छैन । संघीय सरकारले देशभरि शुरु गरेको नागरिक स्वास्थ्य बिमा कार्यक्रमलाई बराहक्षेत्र नगरपालिकाले बि. सं. २०७४ सालबाट स्वास्थ्य बीमा कार्यक्रम लागु गर्योे । शुरु शुरुमा स्थानीयलाई स्वास्थ्य बीमाको बारेमा बुझाउन कठिन थियो, उनीहरू वीमा गराउनुको कुनै महत्व ठान्थेनन् । तर बुझेपछि नगरबासीमा बीमा गराउँने आर्कषण रचानात्मक ढङ्गमा बढेको छ ।

(बिमित राजेश बस्नेत)

स्वास्थ्य बिमा गराएपछि बराहक्षेत्र–३ नडाहा निवासी सब्जी व्यापारी राजेश बस्नेतले ठूलो राहत मिलेको बताउँछन् । शुरुमा उनलाई बीमाको त्यती धेरै चासो थिएन । बिमा अभिकर्ताहरूले बिमाको महत्व बुझाएपछि राजेशले परिवारसहित बिमा गराए । बिमाको केही समयपछि गर्भवती भएकी श्रीमतीले धरानको विपि क्याम्पमा सकुशल बच्चालाई जन्म दिईन् । बिमा गरेको हुनाले सुत्केरीको चेकजाँच, बेड भर्नालगायत धेरै कुरामा लाग्ने खर्चमा छुट पाएको राजेशले बताउँछन् । ‘आफुले खर्च गर्नु परेको भए कहाँ सक्नु र ! ठूलै रकम खर्च हुने रहेछ ।’ उनले बताए । ‘हामीजस्तो सामान्य आय भएकोलाई स्वास्थ्य बीमा वरदान सावित भएको छ ।’ खुशी हुँदै बस्नेत भन्छन् । चतरास्थित फुलफुल व्यवसायी बिक्रम साहले स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र चतरामा गएर ६ जनाको स्वास्थ्य बिमा गराए, जेष्ठ नागरिक भएको हुनाले ७६ वर्षे बुबाको निःशुल्क बिमा केन्द्रले नै गरिदियो उनले भने । ‘मुटु, मधुमेह, उच्चरक्त चापको दीर्घरोगी बुबालाई धेरै राहत भएको छ, पुर्जा काट्नेदेखि लिएर, चेकजाँच गर्न धेरै सजिलो हुन्छ, कुनै झन्झट हुँदैन, बीमा गर्दा धेरै राम्रो अनि सजिलो हुने रहेछ” साह भन्छन् । बीमा गरेपछि नाँई (कपाल काट्ने) पेशा गर्ने बराहक्षेत्र –५ का अर्जुन ठाकुरलाई धेरै राहत भएको छ । अर्जुनका बुबा प्रायः बिरामी भईरहन्छन् । ‘उपचार खर्च जोहो गर्न कठिन पर्छ कहिलेकाहीँ त ! तर बिमा भएपछि ढुक्क भएको छु ।’ परिवारमा समेत तनाव कम भएको उनी भन्छन् ।

बराहक्षेत्र–३ निवासी टेकबहादुर विष्टले नगरपालिकामा बिमा कार्यक्रम शुरु हुने वित्तिकै परिवारको बिमा गराएर चिन्तामुक्त भएका छन् । ‘बिमाले हाम्रो परिवारमा खुशी ल्याएको छ’ हर्षित मुद्रामा विष्टले बताए ।

(स्वास्थ्य बीमा बोर्ड सुनसरीका प्रमुख सुवासकुमार लम्साल )

स्वास्थ्य बिमा बोर्ड सुनसरीका प्रमुख सुबास लम्सालका अनुसार सुनसरीमा स्वास्थ्य बिमागर्नेहरू उल्लेख्य छन् । नेपालमै स्वास्थ्य बिमा गराउने तेश्रो स्थानामा रहेको उनी बताउँछन् । समस्त नेपाली नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बिमाको आधारमा सबैका लागि स्वास्थ्य सुनिश्चित गर्ने उदेश्यका साथ २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रूपमा शुरुवात भएको हो । अहिले बिमाका कारणले निम्न वर्गीय परिवार अथवा निम्न आयश्रोत भएका परिवारलाई ठूलो टेवा पुराएको लम्साल भन्छन् । नगरपालिकामा स्वास्थ्य बिमा गराउनेको संख्या करिव ३८ हजारको हाराहारीमा रहेको प्रा.स्वा.केन्द्र चतराका व्यवस्थापन प्रमुख डाक्टर अनिल गिरी बताउँछन् । बिमा गराउनेमा सबैभन्दा बढि वार्ड नं २ मा ८५ प्रतिशत रहेका छन् भने १ नं मा बिमितहरूको संख्या ५० प्रतिशत भन्दामाथि रहेको छ, नपाको अन्य वार्डमा समेत अवस्था उत्साहजनक रहेको डा.गिरी भन्छन् ।

(बराहक्षेत्र नगर अस्पतालका लेखा सहायक प्रकाश कुमार मण्डल)

बिमा सचेतना भएर होला, उपचारमा आएका बिरामीहरूमा झण्डै ९५ प्रशित बिमावालाहरू नै आउने गरेको बराहक्षेत्र नगर अस्पतालका लेखा सहायक प्रकाश कुमार मण्डल बताउँछन् । ‘इनरुवा र छिमेकी जिल्ला उदयपुरबाट उपचार गराउँने बिमितिहरूको चाप बढेर होला व्यस्थापन गर्नलाई हम्मे हम्मे पर्छ ।’ मण्डल भन्छन् । संघीय सरकारले देशका सम्पूर्ण जनतालाई स्वास्थय बीमा गराउने लिएर आएको अभियानलाई बराहक्षेत्र नरगपालिकाले तादरुकताको साथ लागु गर्याे ।

(बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाल)

नगरको ११ वटा वार्डमा प्रत्येक वार्डको सय परिवारलाई, ५ जना सदस्य भएको प्रति परिवारलाई तीन हजार पाँच सय रूपैंयामा बिमा गरिदिएको नगरप्रमुख निलम खनालले बताए । नगरको पाँच हजार पांच सय नागरिकले १ लाख सम्मको उपचार खर्च पाउँनेछन्, नगरप्रमुख खनाल भन्छन् –‘स्वास्थ्य वीमा कार्यक्रम शुरु गर्नुको मुख्य उद्देश्य भनेको स्वास्थ्य सचेतना मार्फत जनता लाई अस्पतालमा आउन प्रेरित गर्नु हो, आर्थिक अभावको कारणले नगरको कोही पनि उपचारबाट वन्चित हुनु नपरोस् भनी हामीले प्रयास गरेका हौँ’ खनाल भन्छन् । बराहक्षेत्रबासीलाई पहिला जस्तो उपचार गराउनको लागि शहर जाने दिन अब पुरानो भईसक्यो । नगरमै चतरा र मधुवनमा सुविधायुक्त प्राथमिक स्वास्थ्य केन्द्र र चक्रघट्टीमा नगर अस्पतालले सेवा दिईरहेका छन् । नगर अस्पताल र प्रा.स्वा. चतराले विभिन्न विशेषज्ञ सहितको २४ घण्टाको आकस्मिक, बिहान ७ बजेदेखि रातको ८ बजेसम्म निःशुल्क ओ.पी.डी., प्रसुति सेवा, ल्याब, भिडियो एक्सरे, सुरक्षित गर्भपतन र इसीजी जस्ता शहरको अस्पतालमा हुने सेवा गाउँमा नै उपलब्ध गराएको नगर प्रमुख थप्छन् । चतरामा ५० शै्ययाको अस्पतालको लागि जग्गा समेत टुङ्गो लागिसकेको छ । उपचार गराउन गाउँले कतै बाहिर जानु पर्दैन् । अब ठूलो अस्पतालको सम्पूर्ण सेवा गाउँ पाइने भएको छ । बाहिर गएर दुःख पाउनुभन्दा राम्रो गाउँमा नै छिटो छरितो सरल र सहज ढङ्गले गुणस्तरीय स्वास्थ्य सेवा पाउँन नगरवासीलाई आफ्नो तथा परिवारको स्वास्थ्य बिमा गर्न नगरप्रमुख सबैमा अपिल समेत गर्छन् ।

(स्वास्थ्य बिमाका अभिकर्ता लक्ष्मी कट्वाल)

स्वास्थ्य बिमामा कार्यरत बराहक्षेत्र–३ का अभिकर्ता लक्ष्मी कट्वालका अनुसार अहिले बिमाप्रति आम समुदायको आकर्षण बढ्दो छ । यस्तै विपन्न परिवार, ज्येष्ठ नागरीक र रातो कार्ड(अशक्त)भएकालाई पनि निशुल्क बिमा गरिने छ । ‘पहिले पहिले त नविकरण गर्न आउनै गाह्रो मान्थे तर अहिले बिमीतहरू आफै नविकरणको अवधी सोध्न थालेका छन् ।” कट्वाल आफ्नो अनुभव बताउँछिन् ।

स्वास्थ्य बिमाले नागरिकको स्वयं र परिवारलाई रोगबाट बचाउने कवचको काम गर्छ । त्यसैले थोरै खाएर भएपनि पैसा बचत गरेर अनिवार्य बिमा गराउँनु पर्छ । गरिएको बिमाले भविष्यमा परिवारमाथि आउने सानादेखि लिएर ठूलो रोगको संकटबाट सहजै बच्न सकिन्छ, यसप्रति प्रत्येक नागरिक सचेत हुनुपर्छ । उपचार गराउँन आउने सेवाग्राहीलाई कहिलेकाँही हुने सानो असुविधाले पनि कठिनाई अनुभव गराउँछ । संस्थाले दिने सेवा सुविधालाई थप प्रभावकारी बनाउने र रचानात्मक प्रचार प्रसारमा जोड दिने हो भने, स्वास्थ्य बिमा गराउन नगरपालिकाबासी थप आकर्षित हुनेछन् ।

 

(बराहक्षेत्र नगर अस्पताल)

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

निर्वाचन आयोगले जसपाको कार्यकारिणी सदस्य सनाखत गर्ने

काठमाडौँ, ७ साउन । जनता समाजवादी पार्टी, नेपालको आधिकारिकताका लागि निर्वाचन आयोगको इजलासमा भएको...

बुङलावा राईमा द्वारे, सुबेदार र गौरूङ्ग कसरी प्राप्त भयो ?

आजेश राई बुङलावा राईमा द्वारे, सुबेदार र गौरूङ्ग पदहरू छन् । यो कसरी प्राप्त...

विदेशमा उपचार भइरहेको भिआइपीको उपचार खर्च सरकारले गर्न पाउँदैन –गगन थापा

काठमाडौँ, ६ साउन । नेपाली काँग्रेसका नेता गगन थापाले जनस्वास्थ्य ऐनमा कुनै व्यक्तिलाई विदेशमा...

दलित पुजारीको घोषणा तर बस्ती र मन्दिर भने कथित दलितकै

सीता सुब्बा तुम्खेवा ललितपुर, ६ साउन । कथित दलित र गैरदलितको जुहारी चलिरहेको बेला...

जसपाका ३२ सांसदमध्ये २२ जना सांसद यादवपक्षमा

काठमाडौँ, ५ साउन । जसपाका महन्थ ठाकुर पक्षका सांसदहरूले क्रमशः ठाकुरको साथ छोड्न थालेपछि...

सरिता गिरी लहान नगरपालिकाको मेयरमा लड्ने ?

काठमाडौँ, ५ साउन । जनता समाजवादी पार्टी (जसपा) की पूर्वसांसद सरिता गिरीले लहान नगरपालिकाको...

‘फ्लोरक्रस’ गर्ने २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं, ४ साउन । चौधौँ वैठकलाई एकाएक १०औं बैठक बनाएर जेठ २ पछि जान...

शेरबहादुर देउवाले पाए विश्वासको मत

काठमाडौं ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत मागेको १६५ मत...

‘अभागीलाई खानेबेलामा रिस उठ्छ’ बाबुराम भट्टराई

ललितपुर, ३ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम...

जसपाको आधिकारिता विवाद सुल्झाउन इजलास आज बस्दै

काठमाडौँ, ३ साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा)को आधिकारिता विवाद सुल्झाउन निर्वाचन आयोगले...