बाढी पहिरोबाट ३ जनाको मृत्यु, सडक अवरोध तथा विभिन्न धनमाल क्षति - Naya Online

बाढी पहिरोबाट ३ जनाको मृत्यु, सडक अवरोध तथा विभिन्न धनमाल क्षति

काठमाडौं, ४ असार । अविरल वर्षाका कारण पहिरो जाँदा कालिकोट र डोटीमा ३ जनाको मृत्यु भएको छ भने सल्यान, दैलेख, हुम्ला, सुर्खेत, तनहुँ, पाल्पा, स्याङजा र गोरखाका विभिन्न स्थानमा सडक अवरोध तथा विभिन्न धनमाल क्षति भएको छ ।

कालिकोट, खाडाचक्र नगरपालिका-६ मोल्फास्थित कर्णाली राजमार्गमा बिहीबार साँझ पहिरो जाँदा सोही नगरपालिका-६ बस्ने ५४ वर्षीय बले बिकको पहिरोमा पुरिएर मृत्यु भएको छ ।

डोटी, सिलगढी नगरपालिका-५ जडिङ्गे बागमारे मोडस्थित सडकमा बिहीबार दिउँसो पहिरो जाँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने बस्ने सुरेन्द्र भण्डारीको छोरा ७ वर्षीय बिनोद भण्डारी र सोही नगरपालिका-७ रातुली घर भई मामा घर आएकी नवराज बिष्टकी छोरी १० वर्षीया डेनिशा बिष्ट रहेका छन् । सुरेन्द्रको दुई वटा घर भएकोमा एक घरबाट अर्को घर जाने क्रममा पहिरो जाँदा उक्त पहिरोमा पुरिएर दुवै जनाको मृत्यु भएको हो ।

सल्यान, कालिमाटी गाउँपालिका-४ घुरचौरस्थित माइतीघर आउँदै गरेकी बाँके कोहलपुर नगरपालिका-१६ बस्ने ३० वर्षीया कौशिला खड्का सल्यान टट्लीस्थित सडकमा बिहीबार साँझ पहिरोमा च्यापिएर घाइते भएकी छन् । उक्त स्थानमा रुख सहितको खसेको पहिरोमा खड्का च्यापिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कालिमाटीबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खड्काको उद्दार गरी उपचारका लागि नेपालगंजतर्फ पठाएको छ । साथै उक्त पहिरोले कालिमाटी-बोटेचौर सुर्खेत जाने सडक पूर्णरुपमा अबरोध भएकोले खुलाउने पहल भइरहेको छ ।

दैलेख, आठबिस नगरपालिका-५ घट्टेखोलास्थित कर्णाली राजमार्गमा बिहीबार दिउँसो ढुंगा सहित पहिरो खस्दा सडक अवरोध भएको छ ।

यसैगरी दैलेख, आठबिस नगरपालिका-१ रामाघाटस्थित कर्णाली नदीको बहाब बिहीबार राति बढ्दा जोखिम रहेको ४५ घरधुरीका २ सय जनालाई प्रहरी चौकी पाल्तडाबाट खटिएको प्रहरी र स्थानीय जनप्रतिनिधिहरुसँगको समन्वयमा सुरक्षित स्थानमा सारिएको छ ।

हुम्ला, सिमकोट गाउँपालिका-१ ठेहेस्थित दोजाम जाने गोरेटो सडकमा बिहीबार साँझ पहिरो जाँदा ठेहे सिमकोट सडक खण्ड पूर्णरुपमा अवरोध भएको छ । साथै सोही ठाउँस्थित रलिङ खोलामा पानीको बहाव बढेकोमा माथिल्लो ग्याग्रुगाउँमा बस्ने ९ घरधुरीका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

यसैगरी हुम्ला, नाम्खा गाउँपालिका-१ स्थित ताग्रुखोलामा बिहीबार दिउँसो आएको बाढीले फलामको ट्रसब्रिज पुल बगाउँदा सिमकोट-हिल्सा जोड्ने सडक पूर्णरुपमा अवरोध भएको छ ।

सुर्खेत, गुर्भाकोट नगरपालिका-१ र २ को सिमाना पर्ने गोचे खोलामा बिहीबार राति आएको बाढीले सुर्खेत-दाङ सडक खण्ड अवरोध भएको छ । साथै उक्त बाढीले जोखिम रहेका सोही नगरपालिका-१ बस्ने राम बहादुर डाँगीको परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

पाल्पा, रैनादेवी छहरा गाउँपालिका-२ स्थित सर्देवा खोलाको किनारमा राखिएको सिजी कम्पनीको सामानहरु बाढीले बिहीबार साँझ बगाएको छ । क्षतिको विवरण खुल्न सकेको छैन् ।

गोरखा, धार्चे गाउँपालिका-१ यरुबगरस्थित बुढीगण्डकी नदीमा बिहीबार राति आएको बाढीले सोही ठाउँ बस्ने गोपाल घलेको घर र  सोही ठाउँ बस्ने राज कुमार ढकालको घर, ६ वटा बाख्रा सहित खोर बगाएको छ । उक्त घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी जगतबाट खटिएको प्रहरीले दुबै घर परिवारका सदस्यहरुलाई सुरक्षित स्थानमा सारेको छ ।

तनहुँ, भानु नगरपालिका-११ मानेचौका बस्ने सुरेश ढुङगानाको घरको गाह्रो अबिरल बर्षाको कारण बिहीबार दिउँसो भत्किदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

स्याङजा, गल्याङ नगरपालिका-८ करादीस्थित सिद्वार्थ राजमार्गमा बिहीबार साँझ पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्व भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ साथै तत्काल खटिएको प्रहरीले एकतर्फी  सडक सुचारू गरेको छ ।

ती स्थानहरुमा नजिकका प्रहरी कार्यालयहरुबाट तत्काल खटिएको प्रहरीले स्थानीयबासी, सडक डिभिजन कार्यालय र अन्य सुरक्षा निकायसँगको समन्वयमा अवरोध सडक खुलाउने पहल गर्नुका साथै डुबान परेका स्थानहरूमा आवश्यक उद्दार कार्य गरिरहेको छ ।

तस्बिरः फाइल

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

निर्वाचन आयोगले जसपाको कार्यकारिणी सदस्य सनाखत गर्ने

काठमाडौँ, ७ साउन । जनता समाजवादी पार्टी, नेपालको आधिकारिकताका लागि निर्वाचन आयोगको इजलासमा भएको...

बुङलावा राईमा द्वारे, सुबेदार र गौरूङ्ग कसरी प्राप्त भयो ?

आजेश राई बुङलावा राईमा द्वारे, सुबेदार र गौरूङ्ग पदहरू छन् । यो कसरी प्राप्त...

विदेशमा उपचार भइरहेको भिआइपीको उपचार खर्च सरकारले गर्न पाउँदैन –गगन थापा

काठमाडौँ, ६ साउन । नेपाली काँग्रेसका नेता गगन थापाले जनस्वास्थ्य ऐनमा कुनै व्यक्तिलाई विदेशमा...

दलित पुजारीको घोषणा तर बस्ती र मन्दिर भने कथित दलितकै

सीता सुब्बा तुम्खेवा ललितपुर, ६ साउन । कथित दलित र गैरदलितको जुहारी चलिरहेको बेला...

जसपाका ३२ सांसदमध्ये २२ जना सांसद यादवपक्षमा

काठमाडौँ, ५ साउन । जसपाका महन्थ ठाकुर पक्षका सांसदहरूले क्रमशः ठाकुरको साथ छोड्न थालेपछि...

सरिता गिरी लहान नगरपालिकाको मेयरमा लड्ने ?

काठमाडौँ, ५ साउन । जनता समाजवादी पार्टी (जसपा) की पूर्वसांसद सरिता गिरीले लहान नगरपालिकाको...

‘फ्लोरक्रस’ गर्ने २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं, ४ साउन । चौधौँ वैठकलाई एकाएक १०औं बैठक बनाएर जेठ २ पछि जान...

शेरबहादुर देउवाले पाए विश्वासको मत

काठमाडौं ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत मागेको १६५ मत...

‘अभागीलाई खानेबेलामा रिस उठ्छ’ बाबुराम भट्टराई

ललितपुर, ३ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम...

जसपाको आधिकारिता विवाद सुल्झाउन इजलास आज बस्दै

काठमाडौँ, ३ साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा)को आधिकारिता विवाद सुल्झाउन निर्वाचन आयोगले...