सङ्गीत नाट्य प्रज्ञा–प्रष्तिष्ठानको सङ्गीत विभागले सार्वजनिक ग¥यो वार्षिक योजना - Naya Online

सङ्गीत नाट्य प्रज्ञा–प्रष्तिष्ठानको सङ्गीत विभागले सार्वजनिक ग¥यो वार्षिक योजना

काठमाडौँ, ३ असार । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सङ्गीत विभागले आ.व. २०७८÷०७९ मा विभागद्वारा सम्पादन गरिने वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ । विभागका प्रमुख प्राज्ञ अशोककुमार राईले आ.व. २०७८/०७९ मा आफूले नेतृत्व गरेको सङ्गीत विभागबाट चारओटा विशेष महत्वका कार्यक्रमहरू सम्पन्न गर्ने लक्ष्य लिइएको बताए ।

प्राज्ञ राईका अनुसार यस वर्ष मुलुकका सातओटा मध्ये चाओटा प्रदेशमा नेपाली मौलिक लोकबाजाहरू वाद्यवादनसम्बन्धी प्रशिक्षण सञ्चालन गरिने छ । दक्ष लोकबाजा वाद्यवादक तयार गर्ने उद्देश्यले पहिलो चरणमा सञ्चालन गरिने यो प्रशिक्षणमा प्रशिक्षार्थीलाई पूर्वीय तथा पाश्चात्य सङ्गीतको सैद्धान्तिक ज्ञान दिनुका साथै सम्बन्धित बाजाहरूको ऐतिहासिक पृष्ठभूमि, धार्मिक तथा सांस्कृतिक महत्वका बारेमा समेत ज्ञान प्रदान गरिने छ । बाजा बनाउने प्रविधिका साथै व्यवसायिक वाद्यवादक हुनका लागि चाहिने आधारभूत ज्ञान पनि दिइने छ । यस योजनाअन्र्तगत यस वर्ष सनाई, सारङ्गी, मुर्चुङ्गा, बिनायो, पियुङ, टुङ्ना, डम्फु, धिमे, च्याब्रुङ, राई ढोल, धिमाल ढोल, मादल, बाँसुरी र ढोलक वाद्यवादनसम्बन्धी प्रशिक्षण चलाइने छ ।

यसै गरी गण्डकी प्रदेशमा रहेका गन्धर्व समुदायका धार्मिक तथा विभिन्न संस्कार–संस्कृतिमा बजाइने धुनहरूको सङ्कलन तथा रेकर्डिङ गरी अभिलेख राखिनेछ । सोको पृष्ठभूमिसहित बृत्तचित्रसमेत बनाइने छ । यसरी नै लुम्बिनी प्रदेशमा रहेका मौलिक लोकबाजाहरूका इतिहास, परम्परा र ती बाजा बजाउने सम्बन्धित जाति तथा समुदायका धार्मिक तथा सांस्कृतिक पक्षका साथै हालको अवस्थाको समेत चित्रण गरिने छ । यसै गरी लिम्बू जातिमा प्रचलित एकराते तङ्सिङ र राई समुदायको मृत्युु संस्कारसँग सम्बन्धित मुन्धुमी सङ्गीतको अभिलेखीकरण गरिने छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

युथ फोर्स, अखिल फोर्स औचित्यहिन –योगेश भट्टराई

काठमाडौँ, ८ साउन । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी र सामाजिक कामको नेतृत्व...

नेपाल प्रज्ञा–प्रतिष्ठानले ल्यायो आधिकारिक एवम् प्रयोगात्मक शैक्षणिक व्याकरण

काठमाडौँ, ८ साउन । नेपाल प्रज्ञा–प्रतिष्ठानले कुलपति गङ्गाप्रसाद उप्रेतीको निर्देशन र सम्पादनमा शिक्षा र...

युकेका कुशीमान र चन्द्रा रानाबाट म्याग्दीको स्मृति अक्षयकोषलाई ५० हजार सहयोग

म्याग्दी, ८ साउन । युकेमा बस्दै आएका कुशीमान राना र चन्द्रा रानाले मालिका गाउँपालिका...

किरात राई यायोक्खाले किरात सिरिजङ्गा लिपिलाई प्रचलन गर्ने

काठमाडौँ, ८ साउन । किरात राई यायोक्खाको पहलमा चार किरात साथै सरोकारवाला संस्थाहरुस्ँग समन्वयमा...

प्रहरीमा सवारी चालकको उन्नत तालिम शुरु

काठमाडौं, ८ साउन । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी...

पहिरोको कारण सल्यान, पाल्पा र बाग्लुङमा धनमाल नष्ट तथा सडक अवरोध

काठमाडौं, ७ साउन । सल्यान, बनगाड कुपिण्डे नगरपालिका-११ गंगटे बस्ने बिनोद शाहको भेरी हाईवे...

मन्त्री शर्मालाई हटाउन शिल्पी विशेष प्रदेश समितिका अध्यक्षको माग

काठमाडौँ, ७ साउन । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं शिल्पी विशेष प्रदेश राष्ट्रिय...

आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानद्वारा प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीसँग भेट

काठमाडौँ, ७ साउन । झापाको कमल गाउँपालिका –५ स्थित आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानको...

दक्षिण कोरियाबाट गजेन्द्र सेर्माले तीन गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

पदम सुखी सम्बाहाम्फे पाँचथर, ६ साउन । पाँचथरको कुम्मायक –२ माङजाबुङ निबासी समाजसेवी गजेन्द्र...

खोटेहाङमा युवा क्षमता विकास अभिमुखि कार्यक्रम

खोटाङ, ६ साउन । खोटेहाङ गाउँपालिकाको आयोजनामा “युवा क्षमता विकास/सशक्तीकरण अभिमुखिकरण कार्यक्रम” सम्पन्न भएको...