कोभिड–१९ को कहर - Naya Online

कोभिड–१९ को कहर

विरही काइँला

कोरोना भाइरसले कोभिड–१९ भन्ने रोग लगाउँछ । कोभिड–१९ को सबैभन्दा सामान्य लक्षणहरू ज्वरो आउने, सुक्खा खोकी लाग्ने, र थकाइ लाग्ने हो । सामान्यतया कमै देखिने लक्षणहरूमा पीडा हुने वा दुख्ने, घाँटी दुख्ने, पखाला लाग्ने, आँखा पोल्ने, टाउको दुख्ने, स्वाद वा गन्ध थाहा नहुने र छालामा दाग हुने वा हात वा खुट्टाका औंलाको रङ्ग उड्ने गर्छ । यसबाहेक सास फेर्न गाह्रो हुने वा पटकपटक सास फेर्नुपर्ने, छाती दुख्ने वा छातीमा दबाब पर्ने, र बोल्न वा हिँडडुल गर्न नसक्ने अवस्थालाई भाइरसको गम्भीर लक्षणहरू मानिन्छ । यसरी कोभिड–१९ को लक्षणहरू देखापर्न संक्रमण भएको दिनदेखि औसत ५–६ दिनसम्म लाग्छ । यस प्रक्रियामा कसै कसैलाई १४ दिन सम्म पनि लाग्न सक्छ ।

अधिकांश सङक्रमित व्यक्तिहरूमा मध्यम खालको भाइरस बढी सक्रिय देखिने कोभिड–१९ले हाम्रो परिवारलाई पनि छोडेन । साबुन पानीले कम्तिमा २० सेकेन्ड हात धुने,पानीको सुविधा नभए, सेनिटाइजर प्रयोग गर्ने,खोक्दा वा हाछ्युँ गर्दा टिशू पेपर प्रयोग गर्ने, टिशू नभए, कुहिनोले मुख छोप्ने, अनुहार नछुने, ६ फिटको सामाजिक दूरी बनाए र सतर्क रहदा रहदै पनि दिपक, माङ्गेना र युयुलाई भाइरसका लक्षणहरू देखिए । हामीले घरलाई क्वारेन्टाइन बनायौं । घरदेखि बाहिर निस्कने हिम्मत कसैमा थिएन । बैठक कोठाको झ्यालबाट बाहिर देखिने सडक कोरोनाभाइरसको डरले सुनसान थिए, गाडीहरू गुडेका थिएनन् । त्यसबेलाको सुनसान सडकलाई हेरेर दिनहरू गुजार्नु पर्दथ्यो ।

युयु
युयु

 

११ अप्रेल२०२० कोदिन अमेरिका संसारमा कोरोनाभाइरसबाट सबैभन्दा बढी नागरिक गुमाउने देश बन्न पुगेपछि भोलिपल्ट १२ अप्रेलदेखि अमेरिकाको ५० वटै राज्यहरूमा आपतकाल घोषणा गरियो । हाम्रो लागि सन् २०२० को मई, जुन र जुलाई महिनाहरू राम्रो रहेन । अगस्त १५ मा युयुको कोभिड–१९ को रिपोट आयो, रिपोट नेगेटिभ रहेछ । वल्ल ढुक्क भयौं ।

कोरोनाभाइरसले सबैभन्दा पहिले दिपक त्यसपछि माङ्गेना र युयुलाई भेटेको थियो । कोरोनाको कहरले युयु त थला नै परेकी थिइन । युयुको श्वासनलीको माथिल्लो भागबाट सङ्क्रमण हुन थालेर नाकदेखि घाटीमाथि सम्मको भागमा पुगेपछि ज्वरो पनि आयो । अब शरीरको प्रतिरोध प्रणालीले भाइरससँग सङघर्ष गर्न थाल्छ । सुक्खा खोकी पनि लाग्छ । त्यहाँबाट भाइरस फोक्सोमा फैलिन पुग्छ । त्यसो हुँदा सास फेर्न गह्रो हुन्छ । अनि निमोनिया पनि हुन सक्ने र विस्तारै शरीरका अङ्गहरूले काम गर्न छोड्न सक्ने भएकोले परिवारमा आतङ्कको माहोल नै सृजना भयो ।

छेउमा जान नहुने, टाडा बसेर निको हुन्छ भनेर ढाडस दिन सिवाय अरू उपाय थिएन । बिरामीलाई छेउमा गएर सेवा गर्न नसकिने वाध्यता । टाडैबाट टुलु टुलु हेरेर चित्त बझाउनु पर्ने कठोर समय । युयुलाई कोरोनाभाइरस जित्न २० दिन लाग्यो । यी पीडादायी दिनहरू जीवनको भोगाइमा भुल्न नसकिने दिनहरू थिए ।

वैग्यानिक र अनुसन्धानकर्ताहरूले कोरोनाभाइरसको स्रोत के हो र कसरी मानिससम्म फैलियो भन्नेबारे भेउ पाउनका साथै निर्माताहरूले खोप उत्पादन शुरू गरे। फाइजर–बायोटेक खोप ११ दिसम्बर २०२० र मोडर्ना खोप सन् २०२० को दिसम्बर १८ मा अनि जान्सन एण्ड जान्सन खोप सन्२०२१ को फरवरी २७ देखि अमेरिकीहरूलाई उपलब्ध भयो । हाल कोभिड–१९ लाई रोक्न अमेरिकी खाध्य तथा औषधि प्रशासनले फाइजर–बायोटेक, मोडर्ना र जान्सन एण्ड जान्सन कोभिड–१९ खोपहरूको लागि आपतकालीन प्रयोग प्राधिकरण प्रदान गरेकोछ । अन्य दुई एस्ट्राजेनेक र नोभाभाक्सको खोप चाडै आउँदैछ ।

फाइजर–बायोटेक, मोडरना, जान्सन एण्ड जान्सन र नोभाभाक्स सबै अमेरिकामा आधारित कम्पनीहरू हुन । जान्सन एण्ड जान्सन खोप हार्वड विश्वविध्यालय र नेदरल्याण्डको लेडेनमा अनुसन्धानकर्ताहरूले विकसित गरे भने म्यासाचुसेट्सको क्याम्ब्रिजस्थित मोडर्नाले अमेरिकी सरकारको वैग्यानिकहरूसँग मिलेर यसको खोपको विकास गरेका हुन । यस्तै प्रकार एस्ट्राजेनेकका खोप अक्सफोर्ड विश्वविध्यालय र यसको स्पिन अफ कम्पनी भ्याकिटेकद्वारा विकसित गरिएको हो । बायोटेक जर्मनीको मेन्जमा रहेको बायोटेक्नोलजी कम्पनीले यसको खोप परीक्षण गर्न र उत्पादनको लागि फाइजरसँग साझेदारी गरेको छ ।

हाम्रो परिवारका सबै सदस्यहरूले फाइजर–बायोटेक खोप लगायौं । १२ वर्ष र माथि उमेरका जो कोहीलाई कोभिड–१९ खोपको सिफारिस गरिएको फाइजर–बायोटेक खोप ९५.०% प्रभावकारी छ । यो खोप २१ दिनको दूरीमा २ शट लगाइन्छ, भने खोपलाई फ्रिजमा स्थानान्रर गरेको ५ दिनभित्र प्रयोग गरि सक्नु पर्नेछ ।

मोडर्ना खोप २८ दिनको दूरीमा २ शट १८ वर्ष वा माथिका उमेरका व्यक्तिहरूको लागि ९४.१% प्रभावकारी छ । मोडर्ना खोप १ महिनाको लागि फ्रिजमा राख्न सकिनेछ ।

जान्सन फार्मास्यूटिकल्स कम्पनीहरूबाट निर्मित जान्सन एण्ड जान्सन खोप १ शट मात्र लगाइन्छ । १८ वर्ष वा माथिकालाई ७२% प्रभावकारी र गम्भीर रोगको रोकथाममा ८५ % प्रभावकारी देखिएको छ । यो खोप ३ महिनाको लागि फ्रिजमा भण्डारन गर्न सकिनेछ ।

एस्ट्राजेनेका–अक्सफोर्ड खोप दोस्रो खुराक दुई हप्ता पछि रोगसूचक कोभिड–१९लाई रोक्नको लागि ७६% प्रभावी थियो र कम्पनी अनुसार अमेरिकामा आधारित क्लिनिकल परीक्षणमा गम्भीर रोग र अस्पताल भर्ना रोक्न १००% प्रभावकारी थियो । बेलायतमा एउटा परीक्षणमा नोभाभाक्स खोपका दुईवटा खुराकहरू लाक्षणिक कोभिड–१९ बिरूद्ध लगभग ९०% प्रभावकारी देखाइएको छ ।

घर

 

फाइजर–बायोटेक र मोडर्नाले हालसम्म अधिकांश भाग अमेरिका, क्यानाडा र युरोपियन युनियन सहित उच्च आय भएको देशहरूमा खोपहरू बेच्दै आएका छन । अमेरिकाले मात्र ३३० जनसंख्याको लागि १ बिलियन भन्दा बढी खोप खरिद गरेकोछ । फाइजर–बायोटेक खोप प्रति डोज २० डलर, मोडर्ना खोप प्रति डोज १५ डलर, जान्सन एण्ड जान्सन खोप प्रति डोज १० डलर, एस्ट्राजेनेक खोप प्रति डोज ४ डलर र नोभाभाक्स खोप प्रति डोज १० अमेरिकन डलर मूल्य भुक्तान गरेको छ । समग्रमा अमेरिकी सरकारले धेरै निजी कम्पनीहरूसँग ९ अर्बभन्दा बढीको खोप सौदा गरेको छ ।

खोप लगाइयो तर यो स्पष्ट छैन, यी खोपहरूले हाम्रो सुरक्षा कहिले सम्म गर्छ । प्रारम्भिक परीक्षण सहभागीहरूको सानो संख्याले करीब एक वर्षसम्म सुरक्षा एन्टिबडीहरूको स्तर कायम गरेकोछ । कम्पनीहरू दुई वर्षसम्म स्वयंसेवकहरूको पछि लाग्ने छन । उनीहरूको प्रतिरोध शक्ति बिग्रन थाल्छ कि थाल्दैन हेर्नेछन् । यद्यपि अनुसन्धानले सुझाव दिन्छ कि खोपले भाइरसबाट मानिसहरूलाई बचाउँछ ।
अमेरिका

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

प्यारालाइसिसले थलिएका केवटलाई जनउद्दार केन्द्रले गर्यो उद्दार

जेडी गाउँले क्वालालम्पुर, मलेसिया २३ जुलाई । प्यारालाइसिसले थलिएका नवलपरासी जिल्लाको साविक हरपुर ५...

इनास अबुधाबी क्षेत्रीय समितिको अध्यक्षमा पदम खालिङ किराती चयन

सुजन सिरेङ चोङबाङ युएई, २३ जुलाई । अन्तर्राष्ट्रिय नेपाली कलाकर समाज (इनास) अबुधाबी क्षेत्रीय...

नेपाल फर्कने तयारी गर्दागर्दै निधन

जेडी गाउँले मलेसिया, २३ जुलाई । मलेसियाबाट नेपाल फर्किने तयारीमा रहेका ओख्रेनी ७ सल्यानका...

याक्थुङ आइडल सिक्किम हुने

सुबास केरुङ नुनाम पाँचथर, ७ साउन । याक्थुङ आइडल सिक्किम (याक्थुङ इनाक सुखिम) हुने...

किशोर सुब्बाको रचनामा गीत “हेल्लो अमेरिका” आउँदै

काठमाडौँ, ६ साउन । चलचित्र निर्देशक, साहित्यकार किशोर सुब्बाको रचनामा नयाँ गीत सार्वजनिकको तयारीमा...

साइप्रसमा चुम्लुङले मनायो सिसेक्पा तङ्नाम

साइप्रस, २० जुलाई । कोरोना भाइरसको बिषम परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षाका मापदण्डहरु पालना गर्दै...

कतारमा आदिवासी जनजाति महासङ्घ स्थापना दिवस मनाउँदै

रविलाल ताजपुरिया कतार, २० जुलाई । नेपाल आदिवासी जनजाति महासङ्घ, कतारको १५औं स्थापना दिवस...

अमेरिकामा ‘लेक्सिनटन दोहोरी’

केन्टकी, ५ साउन । युवा निर्देशक सुमन दाहालको सक्रियतामा अमेरिकाको केन्टकी राज्यको लेक्सिनटन शहरमा...

फिप्नाले विश्व आदिवासी दिवसमा खेलकुद, बहस र फिल्म फेस्टिबल गर्दै

न्यूयोर्क, १९ जुलाई । नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना)ले २७ औं विश्व आदिवासी...

लीला सिङ्गकको सेमेक्वा १२ वर्षपछि युट्युवमा

ललितपुर, ४ साउन । सन् २००६ मा रेकर्ड गरिएको सेमेक्वा १५ वर्षपछि युट्युवमा आएको...