तमोर कोरिडोरको नावा खोलामा होम पाइप राखिंदै, - Naya Online

तमोर कोरिडोरको नावा खोलामा होम पाइप राखिंदै,

बर्खामा सवारी आवागमनमा सहज हुने अपेक्षा

पदम सुखी सम्बाहाम्फे
यासोक, ३ असार । पाँचथरको तुम्बेवा गाउँपालिका र धनकुटाको चौविसे गाउँपालिकाको संगम स्थानमा रहेको नावा खोलामा होम पाइप राख्ने काम भइरहेको छ । तुम्बेवा गाउँपालिकाको पहलमा होम पाइप राख्ने काम भइरहेको हो ।

बर्षायामसँगै खोलामा बाढी आउँदा सवारी आवागमन ठप्प हुने गरेको थियो । वर्षेनी समस्या दोहोरिन थालेपछि गाउँपालिकाले ११ लाख बढिको लगानीमा होम पाइप राख्ने काम हुदै आएको गाउँपालिका अध्यक्ष होमनाथ थापाले जानकारी दिएका छन् ।

तमोर कोरिडोर सडकमै पर्ने खोलामा ४ ठुला र १५ वटा साना होम पाइप जडान गर्ने काम हुदै आएको गाउँपालिकाले जनाएको छ । बर्खामा बाढीका कारण पूर्वको झापा, सुनसरी र मोरङसँगको सिधा सम्पर्क टुट्ने गरेको थियो । होम पाइपको व्यवस्थापनपछि कुम्मायक, तुम्बेवा पालिकावासी र तेह्रथुमकावासीलाई समेत तराइको धरान, इटहरी र बिराटनगरसम्मको सिधा सम्पर्कमा जोड्न सहज हुने गाउँपालिकाको अपेक्षा छ ।

बर्खाको समयमा खोलामा आएको बाढीले गर्दा सडक अबरुद्ध हुने गरेको थियो । लामो सयमसम्म सडक अवरुद्ध हुदा गाउँपालिकाले हेलिकप्टरबाट नागरिकको उद्धार हुदै आएको अध्यक्ष थापाको भनाइ रहेको छ ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

युथ फोर्स, अखिल फोर्स औचित्यहिन –योगेश भट्टराई

काठमाडौँ, ८ साउन । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी र सामाजिक कामको नेतृत्व...

युकेका कुशीमान र चन्द्रा रानाबाट म्याग्दीको स्मृति अक्षयकोषलाई ५० हजार सहयोग

म्याग्दी, ८ साउन । युकेमा बस्दै आएका कुशीमान राना र चन्द्रा रानाले मालिका गाउँपालिका...

पहिरोको कारण सल्यान, पाल्पा र बाग्लुङमा धनमाल नष्ट तथा सडक अवरोध

काठमाडौं, ७ साउन । सल्यान, बनगाड कुपिण्डे नगरपालिका-११ गंगटे बस्ने बिनोद शाहको भेरी हाईवे...

११ वुँदे निर्णय गर्दै एमालेको बैठक सकियो (निर्णयको पूर्णपाठसहित)

काठमाडौं, ७ साउन । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले विभिन्न ११ बुँदे निर्णय गरेको...

आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानद्वारा प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीसँग भेट

काठमाडौँ, ७ साउन । झापाको कमल गाउँपालिका –५ स्थित आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानको...

चुलाचुली स्वास्थ्य शाखाद्वारा कोभिड रोकथाम तथा नियन्त्रणमा भएको खर्च सार्वजनिक

सबिन राई पेल्टिमारी इलाम, ७ साउन । चुलाचुली स्वास्थ्य शाखाले गत वर्षमा कोभिड रोग...

दक्षिण कोरियाबाट गजेन्द्र सेर्माले तीन गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

पदम सुखी सम्बाहाम्फे पाँचथर, ६ साउन । पाँचथरको कुम्मायक –२ माङजाबुङ निबासी समाजसेवी गजेन्द्र...

प्रतिबन्धित क्याफिनयुक्त शक्तिवर्द्धक रेडबुल बरामद

काठमाडौँ, ६ साउन । नेपालमा प्रतिबन्धित इनर्जी ड्रिङ्स खुलेआम बिक्री–वितरण भइरहेको पाएपछि प्रहरीले ठूलो...

दलित पुजारीको घोषणा तर बस्ती र मन्दिर भने कथित दलितकै

सीता सुब्बा तुम्खेवा ललितपुर, ६ साउन । कथित दलित र गैरदलितको जुहारी चलिरहेको बेला...

दृष्टिविहिन परिवारलाई आर्थिक सहयोग

ललितपुर, ५ साउन । एउटै परिवारमा ३ जना दृष्टिविहिन भएको मोहन विश्वकर्माका परिवारलाई आर्थिक...