जसपाबाट सरकारमा सहभागी मन्त्रीहरुलाई स्पष्टीकरण - Naya Online

जसपाबाट सरकारमा सहभागी मन्त्रीहरुलाई स्पष्टीकरण

काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई स्पष्टीकरण सोधिएको छ । पार्टीको निर्णय बेगर सरकारमा सहभागी भएको भन्दै अध्यक्ष उपेन्द्र यादवद्वारा मन्त्रीहरुलाई स्पष्टीकरण सोधिएको हो ।

पार्टीस्रोतअनुसार पार्टीको कुन निर्णयबाट सरकारमा सहभागी भएको भनेर सोधिएको बुझिएको छ । स्पष्टीकरण बुझाउन सात दिनको म्याद दिइएको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका ९ मन्त्री र दुई राज्यमन्त्री सहभागी छन् । सरकारमा जसपाको नेतृत्व गरेका राजेन्द्र महतोले उपप्रधानमन्त्री र सहरी विकास मन्त्रालय पाएका छन् ।

यसैगरी शरदसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बन्दा अनिलकुमार झाले खानेपानी र लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, राजकिशोर यादव उद्योग वाणिज्य तथा आपूर्ति, विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशंकर अरगरिया संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, चन्दा चौधरीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मियालाई युवा तथा खेलकुद चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री र रेणुका गुरुङ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री बनेका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

निर्वाचन आयोगले जसपाको कार्यकारिणी सदस्य सनाखत गर्ने

काठमाडौँ, ७ साउन । जनता समाजवादी पार्टी, नेपालको आधिकारिकताका लागि निर्वाचन आयोगको इजलासमा भएको...

बुङलावा राईमा द्वारे, सुबेदार र गौरूङ्ग कसरी प्राप्त भयो ?

आजेश राई बुङलावा राईमा द्वारे, सुबेदार र गौरूङ्ग पदहरू छन् । यो कसरी प्राप्त...

विदेशमा उपचार भइरहेको भिआइपीको उपचार खर्च सरकारले गर्न पाउँदैन –गगन थापा

काठमाडौँ, ६ साउन । नेपाली काँग्रेसका नेता गगन थापाले जनस्वास्थ्य ऐनमा कुनै व्यक्तिलाई विदेशमा...

दलित पुजारीको घोषणा तर बस्ती र मन्दिर भने कथित दलितकै

सीता सुब्बा तुम्खेवा ललितपुर, ६ साउन । कथित दलित र गैरदलितको जुहारी चलिरहेको बेला...

जसपाका ३२ सांसदमध्ये २२ जना सांसद यादवपक्षमा

काठमाडौँ, ५ साउन । जसपाका महन्थ ठाकुर पक्षका सांसदहरूले क्रमशः ठाकुरको साथ छोड्न थालेपछि...

सरिता गिरी लहान नगरपालिकाको मेयरमा लड्ने ?

काठमाडौँ, ५ साउन । जनता समाजवादी पार्टी (जसपा) की पूर्वसांसद सरिता गिरीले लहान नगरपालिकाको...

‘फ्लोरक्रस’ गर्ने २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं, ४ साउन । चौधौँ वैठकलाई एकाएक १०औं बैठक बनाएर जेठ २ पछि जान...

शेरबहादुर देउवाले पाए विश्वासको मत

काठमाडौं ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत मागेको १६५ मत...

‘अभागीलाई खानेबेलामा रिस उठ्छ’ बाबुराम भट्टराई

ललितपुर, ३ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम...

जसपाको आधिकारिता विवाद सुल्झाउन इजलास आज बस्दै

काठमाडौँ, ३ साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा)को आधिकारिता विवाद सुल्झाउन निर्वाचन आयोगले...