नउघ्रेको जूनलाई उघारी हेर्दा - Naya Online

नउघ्रेको जूनलाई उघारी हेर्दा

सुरेन्द्र लिम्बू परदेशी

कुनै उत्सवको बाटो हो या मृत्युमेलाको बाटो यसै भन्न सकिँदैन । हुन त जसो भने पनि त्यो हाम्रो दृष्टिकोण मात्रै हो । तर जसो–तसो जीवनको जिम्मेवारी बोकेर हामी हरपल समयको अघिपछि हिँडिरहेका हुन्छौं, अझ भनौं दौडिरहेका हुन्छौं । यसै अन्तरालमा ‘नउघ्रेको जून’ नामक कथा सङ्ग्रहसँग साक्षात्कार गर्ने मौका मिल्यो । कवि, कथाकार, गीतकार, पत्रकार बहुप्रतिभाशाली व्यक्तित्वकी धनी जानु काम्बाङद्वारा लिखित यो सङ्ग्रहका अधिकांश कथाहरू कथाभन्दा बढि यथार्थ लाग्छन् । हाम्रो सामाजिक संरचनामा चलायमान रहेका वैचारिकीहरूलाई टपक्कै टिपेर कथा बनाउनु सोचेजस्तो सजिलो हुँदैन । उनका सबैजसो कथाहरूमा बिहानीको आशामा निस्पट्ट अँध्यारोलाई पिउँदै हिँडिरहेका पात्रहरू छन् । चाहे त्यो खुसीको आकाशमा छिचिमिरो उडान भर्ने हाङ्माको विदेशी सपना होस् वा शिर्षकीय कथा नउघ्रेको जुनकी फुच्चीको विवशता । चाहे सैनिकको जीवनमा डीक गुरुङको अवस्था होस् वा बेहुलीको सपनामा नुमाले कुल्चनु परेको बिडम्बनाहरू होस् सबै कहालीलाग्दो र त्रासद छन् । कथाहरूमा देखिएका सरमान जस्ता एकाध चरित्र बाहेक सबैजसो घटना र पात्रहरू हामी र हाम्रै समाजमा विद्यमान रहेका पद्दति र पात्रहरू हुन् । यी मध्ये अधिकांश पात्रहरू भने न्यायको परिधि बाहिर उछिट्टिएका निमुखा र सिमान्तकृतहरू रहेका देखिन्छन् ।

संसार समान छैन, अथवा हुँदैन । प्राचीन काल भत्काएर तेह्रौँ शताब्दीमा पूर्वआधुनिक काल ल्याउने फ्रेन्च चिन्तकहरू हुन् या इश्वरीय प्रभुसत्ताको युगलाई भत्काएर सत्रौं शताब्दीमा विवेकको युग घोषणा गरेर आधुनिक काल ल्याउने फ्रान्सिस वेकन, रेने देकार्त, टी यस एलिट, भर्जिनिया उल्फ, पाब्लो नेरुदाहरू होस् अथवा उन्नाइसौं शताब्दीको मध्यतिर बहुविवेकको घोषणा गरेर उत्तरआधुनिक काल ल्याउने जैक डेरिडा, मिसेल फुको, मार्टिन हाइडेग्गर, बैल हुक्स, अमेलिया जोन्सहरू होस् उनीहरूले बाँचेको युग नै संसारका सबै मान्छेले बाँचेका हुन्छन् भन्ने हुँदैन । यहाँ म त्रिकालदर्शी भन्ने शब्द प्रयोग गर्न चाहन्छु । यसको मतलब चेतनाको उ माथिल्लो उचाइमा पुगेको मान्छेले तीनै काललाई देख्न सक्ला तर त्यो सौभाग्य सबैलाई हुँदैन । लेखिका जानु काम्बाङ्गजीमा भएका कालगत चेतनाका छरपस्ट अवयवहरूमध्ये ती कुनै जो बढी प्रभावित थिए मलाई लाग्छ त्यसैको उपज हो यो ‘नउघ्रेको जून’ ।

प्रस्तुत सङ्ग्रहमा कतै न कतै सर्जकको मनले मस्तिष्कको पारीपट्टि आफ्नो अस्तित्वको खोजीमा झोलीतुम्बा अथवा झिटीमिटी बोकेर भूमिगत विद्रोहको अभ्यास गरिरहेको देखिन्छ । “म सोच्छु त्यसैले म छु” भन्ने विश्व प्रसिद्ध दार्शनिक रेने देकार्तको मनोविज्ञान जानुमा पनि प्रत्यारोपण भएको जस्तो लाग्छ । सुकेटार विमानस्थलको नाम परिवर्तन गर्ने सन्दर्भमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लेखेको पत्र सामाजिक संचार माध्यमहरूमा हजारौं सेयर हुनु र प्राडा गोविन्दराज भट्टराईजस्ता नेपाली साहित्यका वरिष्ट विद्धानसमेतले उनको पत्रमाथि कविता लेखेर सार्वजनिक गर्नु आफैंमा ठूलो कुरा हो । यसरी हेर्दा जान अन्जानमा जानुभित्र पनि डेनिस दार्शनिक सोरेन किर्केगार्डले शिलान्यास गरेको आधुनिक अस्तित्ववादी चिन्तन रहेको देखिन्छ । पछि फ्रेडरिक नित्से, अल्बर्ट कामु, मार्टिन हाइडेग्गरहरूले संसारलाई हिँडाउदै ल्याएको यो मूल सडकमा हामी र हाम्रो पुस्ताहरू पनि हिँड्ने क्रम आद्योपान्त चलिरहेकै छ ।

ताप्लेजुङको दुर्गम गाउँ ईखाबूमा जन्मेर बचाईको क्यानभासमा जीवनको चित्र खोज्दै धरान, काठमाडौ, हङकङ हुँदै अहिले वेलायतमा संघर्ष गरिरहेकी जानु काम्बाङले ‘जुन उघ्रेको जून’ कथा सङ्ग्रह, ‘शिविरमा ईश्वर’ कविता सङ्ग्रह, ‘आँसुको लय’ गीति सङ्ग्रह जस्ता महत्वपूर्ण कृतिहरूका साथै ‘अनुभव’ र ‘जानु’ नामक दुई गीति एल्बम पनि पस्कनु भएको छ । लिम्बूवानी मन मुटु बोकेर वैचारिक आभाङ्गार्डजस्तै सामाजिक चेतनाको अग्रपंक्तिमा समर्पित भएर लाग्ने यस्तो सिर्जनशील मान्छेको सुदूर यात्रालाई म अनेकौं शुभेच्छा प्रकट गर्दछु ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बुङलावा राईमा द्वारे, सुबेदार र गौरूङ्ग कसरी प्राप्त भयो ?

आजेश राई बुङलावा राईमा द्वारे, सुबेदार र गौरूङ्ग पदहरू छन् । यो कसरी प्राप्त...

क्या. हर्क बहादुर राई, वृटिस आर्मी र वुङ्लावा भाषाप्रेमी

आजेश राई “चोला उठी गयो… शरीर विलय भयो… यथार्थ यही भयो… कृतिका तिम्रा पानाहरू...

धर्मले लादेको कानुन अहिले पनि व्यावहारमा

दलमर्दन कामी नेपालको संविधान –२०७२ ले नेपाललाई समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रूपमा...

टिप्पणीः ‘निर्वाचन क्षेत्रबाट ५०% बढि मत ल्याउने मात्र निर्वाचित हुनुपर्छ’

सरोज बराल २०१५ सालमा नेपाली काँग्रेसको दुई तिहाइ सरकार किन टिकेन ? २०४८ मा...

पोल्ट्रीफार्ममा विचौलिया आतङ्क

सिर्जना राई खोटाङका भीम राई (नाम परिवर्तन) लामो समय विदेशमा बसे । मलेसियाको एक...

‘विभेद पाइला–पाइलामा छ, न्याय मागे श्रद्धाञ्जली दिन्छन्’

सीता तुम्खेवा ३ बर्ष अघि म धरानको भानुचोक बस स्टेशनबाट चितवनको लागि बस चढेँ...

सांस्कृतिक शब्दमा वध गर्ने गाई कि संविधान ?

मलिसा याक्थुङ्बा लिम्बू च्याब्रुङ् कहिलेदेखि शुरु भयो भन्ने यकिन छैन तर परापाषाण युगकालिनमा निर्माण...

डोजर, सडक निर्माण र बाढि–पहिरो

विजय हितान यो वर्ष बाढिपहिरोका घटना मिडिया तथा सामाजिक सन्जालमा दरदर्ती छाईए । यस्ता...

सम्झनामा जनयुद्ध (संस्मरण)

सुनिल आङ्बो पहिला सबै माओवादीहरू अत्याधिक मनपथ्र्यो । आजभोलि केही माओवादीहरू मात्र मनपर्छ ।...

आरक्षणको विषयमा क्षमता र योग्यताको कुरा

मनोज खतिवडा सामाजिक सन्जालमा आरक्षणको विषय चर्किएको छ । यो संरचनाभित्र मेरो जात/वर्ग/क्षेत्र/लिङ्गका अत्याधिक...