सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई खुला पत्र । - Naya Online

सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई खुला पत्र ।

सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओली ज्यू,

कोरोनाले तहसनहस पारेको शरीरमा तागेरा निङ्वाफु माङसँग बल माग्दै सकिनसकी दश औला जोडी उठाउदै छु मेरो हात, स्वीकार्नु होला सेवारो !

जन्मजातले ताप्लेजुङको हुनुमा म सधैँ गर्व गर्दछु । एउटा आमाको कोखमा हुर्किएका सन्तानको आफ्नी आमाप्रति गर्वावन्बित हुने संस्कार सायद म मा मात्र नभई तपाईंलगायत सम्पुर्ण सन्ततिहरूमा नहुने कुरोको तर्क राख्दिनँ न तपाई स्वयम्ले नै जाहेर गर्नुहुन्छ ।

सुदूरपूर्व ताप्लेजुङमा जन्मिएको म, मेरो बाबाले पसिना बन्धक राखेर कमाई दिएको सर्टिफिकेटले एक आङ् र एक पेटसम्म भर्न नदिएपछि, आमाको शीरबन्दी बेची बनाएको राहदानी (पासपोर्ट) वैदेशिक रोजगार व्यावसायीको हात थमाई कर्मका रेखी पछ्याउँदै, आफ्नो देश नेपाल र जन्मभूमि ताप्लेजुङको असिमित माया ह्रृदयभरी बोकी चर्किलो घामले मुटु नै फुट्ला झै गरि पोल्ने यो अरबको खाँडीमा रोजिरोटीको निम्ति अस्थायी बसोबास गर्दै आईरहेको छु । यो मेरो ईच्छा नभई बाध्यता हो महासय ।

ठट्यौलीमै साथीहरूले मलाई थरीथरीका उपनामले सम्बोधन गर्ने गर्दछन् । कसैले कवि, गीतकार, गजलकार भन्दछन् त कतिका मुखबाट मुक्तककार नफुत्किने कुरै भएन । खैर, जसले जस्तो उपनामले बोलाउन यी सबैका श्रेय तपाई माननीय, सम्माननीयहरू उपर समर्पण गर्दछु । सायद नेल्शन मण्डेला जस्तै नेता तपाईहरू भईदिएको भए न म कवि नै हुनेथे न त ई अनेकौ उपनामले मलाई छुने थिए । तपाई सम्माननीयहरूकै खातिर केही उपनाम ग्रहण गरिरहेछु । स–धन्यवाद टक्याउदछु ।

सम्माननिय ज्यू,
जसरी मरुभूमिमा बाँच्नको निम्ति ऊँटले पिठ्युँमा पानी पोको पारेको हुन्छ त्यसरी आफ्नो जन्मभूमिको माया मुटुभरी छचल्कै बाचिरहेका युवाहरूले आफ्नो जन्मभूमिको अस्तित्व नामेट गर्ने बजेट भाषण सुन्दा उसको ह्रृदयमा कुन प्रजातिको ज्वार उठ्ला ? कहिले सोच्नु भएको छ ?

सम्माननिय ज्यू
एउटा कुशल राजनितीज्ञ रविन्द्र अधिकारीजस्ता अब्बल व्यक्तित्व गुमाउनु चानचुने कुरो हुँदै होईन । वहाँलाई गुमाउनु तपाईको मात्रै होइन म र सारा नेपालीकै दुर्भाग्य हो । तर एउटाको नाम अमर राख्न अर्काको अस्तित्व नामेट गर्न कहाँसम्मको युक्तिसंगत सोच्नु हुन्छ ?

सम्माननिय ज्यू,
विकासको क्रममा बिरलै सरकारको नजर पुग्ने नेपालको भौगोलिक क्षेत्र मध्ये ताप्लेजुङ पनि एक हो । तर तिनै ताप्लेजुङमा अवस्थित एक मात्र डोमेस्टिक उडान मार्ग सुकेटारको अस्तित्व नामेट गर्दै रविन्द्र अधिकारी उडान मार्ग राख्नको निम्ति तपाईंको सदनबाट आएको बजेट भाषण भने दुनियाँका कुनै द्रुत गतिका बाँयुयान भन्दा कमि लागेन जसको घोर भत्र्सना गर्छु । बिरोध गर्दछु । साहेव ! याद रहोस् सुकेटारको आफ्नै इतिहास छ । आफ्नै अस्तित्व छ । यसो हुन हामी कदापी दिने छैनौं ।

सम्माननिय ज्यू,
म यहि पत्रमार्फत हजुरलाई सुझाउने अनुमति माग्दछु कि रविन्द्र अधिकारी ज्यूले दुर्घटनामा परि आफ्नो देह ताप्लेजुङमै त्याग्नुभयो । वहाँको स्मृतिमा ताप्लेजुङमै एउटा हस्पिटल बनाउने योजना तयार गर्नु होला जसको निम्ति मेरो ल्याकतले भ्याएसम्म अनुदान श्रमदान हुनेछ । म जस्तै धेरै युवाहरू तपाईंको योजनामा साथ दिनेछन् तर सुकेटार रविन्द्र अधिकारी हुने परिकल्पनाबाट टाढै रहनु होला ।

अन्ततः देहावसान रविन्द्र अधिकारीप्रति हार्दिक श्रदाससुमन अर्पण गर्दछु । धन्यवाद ।

सुजन सिरेङ चोङ्वाङ लिम्बू
ताप्लेजुङ

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

निर्वाचन आयोगले जसपाको कार्यकारिणी सदस्य सनाखत गर्ने

काठमाडौँ, ७ साउन । जनता समाजवादी पार्टी, नेपालको आधिकारिकताका लागि निर्वाचन आयोगको इजलासमा भएको...

बुङलावा राईमा द्वारे, सुबेदार र गौरूङ्ग कसरी प्राप्त भयो ?

आजेश राई बुङलावा राईमा द्वारे, सुबेदार र गौरूङ्ग पदहरू छन् । यो कसरी प्राप्त...

विदेशमा उपचार भइरहेको भिआइपीको उपचार खर्च सरकारले गर्न पाउँदैन –गगन थापा

काठमाडौँ, ६ साउन । नेपाली काँग्रेसका नेता गगन थापाले जनस्वास्थ्य ऐनमा कुनै व्यक्तिलाई विदेशमा...

दलित पुजारीको घोषणा तर बस्ती र मन्दिर भने कथित दलितकै

सीता सुब्बा तुम्खेवा ललितपुर, ६ साउन । कथित दलित र गैरदलितको जुहारी चलिरहेको बेला...

जसपाका ३२ सांसदमध्ये २२ जना सांसद यादवपक्षमा

काठमाडौँ, ५ साउन । जसपाका महन्थ ठाकुर पक्षका सांसदहरूले क्रमशः ठाकुरको साथ छोड्न थालेपछि...

सरिता गिरी लहान नगरपालिकाको मेयरमा लड्ने ?

काठमाडौँ, ५ साउन । जनता समाजवादी पार्टी (जसपा) की पूर्वसांसद सरिता गिरीले लहान नगरपालिकाको...

‘फ्लोरक्रस’ गर्ने २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं, ४ साउन । चौधौँ वैठकलाई एकाएक १०औं बैठक बनाएर जेठ २ पछि जान...

शेरबहादुर देउवाले पाए विश्वासको मत

काठमाडौं ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत मागेको १६५ मत...

‘अभागीलाई खानेबेलामा रिस उठ्छ’ बाबुराम भट्टराई

ललितपुर, ३ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम...

जसपाको आधिकारिता विवाद सुल्झाउन इजलास आज बस्दै

काठमाडौँ, ३ साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा)को आधिकारिता विवाद सुल्झाउन निर्वाचन आयोगले...