गिरिजाबाबुले पठाएको १०० रूपैया, किशुनजीसँग पैदलयात्रा र ती दिनहरू - Naya Online

गिरिजाबाबुले पठाएको १०० रूपैया, किशुनजीसँग पैदलयात्रा र ती दिनहरू

एक गुमनाम पूर्व कांग्रेसी कार्यकर्ता मीनबहादुर थापाको संस्मरण

अर्जुन मादेन लिम्बू

७० वर्षभन्दा लामो ईतिहास बोकेको नेपाली कांग्रेस पार्टी हजारौं नेता र लाखौं कार्यकर्ताहरूको असंख्य योगदान, त्याग र समपणकै कारण आजसम्म आईपुगेको हो । काग्रेस भन्ने वित्तिकै वीपी, गणेशमान, सुवर्ण शम्शेर, किशुनजी, गिरिजाबाबु हुदै सुशील, शेरबहादुर, रामचन्द्रदेखि गगन थापासम्मलाई त सजिलै चिनिएला । तर त्यसरी नचिनिने पार्टीमा लागेर जेल, नेल, यातना, अनेक दुःख भोगेका कार्यकताहरूको तप्का पनि ठुलै छ । जो २०४६ सालको बहुदलीय प्रजातन्त्रको पुर्नस्थापनादेखि गणतन्त्रसम्मको यात्रामा कांग्रेस पटकपटक सत्ता, सरकारमा रहँदा पनि हमेशा “पाखा’मै पारिए । यसैका एकजना प्रतिनिधि कांग्रेसी कार्यकता हुन् मीन बहादुर थापा ।

२०१६ सालमा तेह्रथुम जिल्लाको तत्कालीन पन्चकन्या गाविसको वडा नं. ८ मा जन्मिएका उनी पिता लिलम बहादुर थापा र उनका दुई श्रीमतिहरूबाट जन्मेका ७ दाजुभाई र ६ दिदीवहिनीहरूमध्ये काइँलो हुन् । नेपाली काँग्रेससँग उनको परिवारको नजिकको साईनो कसरी पनि बन्यो भने वि.सं. २०१५ सालमा मोरङ्बाट चुनाव लड्दा वीपी कोईराला थापा परिवारको खेती रहेको मोरङ जिल्लाको हसन्दहस्थीत घरमै बसेका थिए । त्यतिबेला वीपीलाई धानको बालाको माला लगाईदिएर स्वागत गरिएको थियो । घरमै ४,५ घण्टा कार्यक्रम पनि भयो । सोही अवसरमा वीपीको हातबाट पिताजी लिलम बहादुर थापाले नेपाली कांग्रेसको सदस्यता लिएका थिए ।

पञ्चायती शासनको मध्यकालतिर अर्थात २०३० साल जेठ २९ गते विराटनगरबाट भारु ३० लाख बोकेर काठमाडौं उडेको विमान नेपाली कांग्रेसले अपहरण गर्यो । उक्त प्लेन हाईज्याकमा संलग्न एकजना तत्कालीन नेविसंघका कार्यकर्ता वसन्त भट्टराई मीनकै फुपुका छोरा थिए । यो समाचार रेडियो नेपालबाट सुनेपछि उनको पहाड घरमा रुवावासी नै चलेको थियो । यो घटनाले पनि १३, १४ वर्षका मीनलाई काँग्रेससँग नजिक गरायो । पछि अध्ययनका लागि विराटनगर झरेपछि त पारिवारिक वातावरण र स्थानीय माहोलका कारण उनी अझ नजिकिए । किनकी २०३६ सालको आन्दोलनको समयमा विराटनगर, सरोऊचियास्थित उनको घर पार्टी कार्यालय जस्तै भएको थियो । मीन आफै त्यतिबेलाको एक्शन कमिटिमा जुनियर सदस्यका रूपमा संगठीत थिए । जनमतसंग्रहपछि उनी महेन्द्र मोरङ क्याम्पसमा नेपाल विद्यार्थी संघको सचिव बने । अध्यक्ष भने प्लेन हाईज्याक काण्डका एक नायक नागेन्द्र ढुंगेल थिए । आममाफी पाएर विजय गच्छालार, उमेश गिरी, वसन्त भट्टराई, नागेन्द्र ढुंगेलहरू नेपाल फर्किएपछि महेन्द्र मोरङ क्याम्पसमा भर्ना भएको समय थियो त्यो । वर्तमान राष्ट्रपति विद्यादेवि भण्डारी पनि त्यो बेला त्यही क्याम्पसमा अखिलको राजनीतिमा सक्रिय थिइन् । २०३९ सालमा विजय गच्छाचार क्याम्पसका स्ववियु सभापति थिए, त्यहिबेला चर्चित गोलीकाण्ड भयो । त्यसपछि तितरवितरकोे अवस्था सिर्जना हुनपुग्यो । सोही समयमा नेविसंघका केन्द्रिय पर्यवेक्षक भएर जयप्रकाश गुप्ता (पूर्वमन्त्री) विराटनगर आए र थापालाई नेविसंघ मोरङको सभापति बनाए । उनले ६ महिनाभित्र संघको जिल्ला अधिवेशन सम्पन्न गरेर तत्कालीन नेपाली कांग्रेसका महामन्त्री गिरिजाप्रसाद कोईरालाको अनुरोधमा अमृत अर्याल (पूर्व सांसद तथा नेपाली काग्रेस, मोरङ जिल्ला सभापति)लाई जिल्ला नेतृत्व सुम्पिए । त्यतिवेला उनलाई गिरिजाबाबुले नेविसंघको केन्द्रिय सदस्य बनाउने आश्वसन दिएका थिए जुन पुरा भएन । २०४४ सालमा अशोक कोईरालाको सभापतित्वमा बनेको नेपाली कांग्रेस, मोरङ जिल्ला समितिमा मीन बहादुर थापा सबैभन्दा कान्छो सदस्यका रूपमा रहेका थिए ।

२०३८÷०३९ सालतीरको एउटा रोचक प्रसँग । नेपाली कांग्रेसको क्षेत्रीय सम्मेलनहरूमा भाग लिनका लागि गिरिजाबाबुले विद्यार्थी नेताका रूपमा बोलाएपछि उनिहरू काठमाडौं आए । कार्यक्रमस्थान थियो पोखरा । पोखरा जानका लागि किशुन र रामबाबु प्रसाई चढेको गाडीमै थापा बसेका थिए । थानकोट नपुग्दै, टायर पन्चर भयो । वर्कशपमा मिस्त्रीले पन्चर बनाउदै गर्दा ‘थाहा’ लेखेको स्कुटरमा नीलो क्याप लाएका रूपचन्द विष्ट आउदै गरेको देखियो । स्कुटर रोकेर विष्ट किशुनजीलाई जय नेपाल भन्दै भेट्न आए । त्यहीबेला रामबाबुले थाहा भनेको के हो भनेर विष्टलाई सोधें । ठट्यौली गर्दै किशुनले म भन्दिछु भन्दै था भनेको थापा, हा भनेको हार्यो, भनें । त्यो तत्कालीन शक्तिशाली राजनीति खेलाडी सुर्य बहादुर थापाप्रति कटाक्ष थियो ।

पोखरामा फेवातालपारि २०१५ सालमा मन्त्री बनेका मीन बहादुर गुरुङको घरमा बसोवासको प्रवन्ध गरिएको थियो । भोलिपल्ट प्रहरीले तालका डुङ्गाहरू नियन्त्रणमा लिएपछि २ दिन त्यहि बस्न बाध्य हुनुपर्यो । त्यहाँ किशुनजी, गिरिजाबाबु, वासु रिसाल, दमननाथ ढुंगाना, शैलाजा आचार्य, रामचन्द्र पोखरेल, उमेश गिरी, वसन्त भट्टराई, मनहरी थापालगायतका हस्तीहरू थिए । तेस्रोदिन प्रहरीले डुङ्गा छोडेपछि शुक्रराज शर्माको घरमा कार्यक्रम सम्पन्न भयो ।

अर्को क्षेत्रिय सम्मेलन नारायणगढमा थियो । मीनबहादुर थापाहरू बस चढेर कार्यकम स्थानतिर लागे । किशुनजी, गिरिजाबाबुहरू जीपमा आउने तय भएकोमा बाटैमा प्रहरीले उनीहरूलाई रोकेर गेष्ट हाउसमा राख्यो । नारायणगढमा रहेका मीनलाई गिरिजाबाबुले उमेश गिरीको हातमा चिठीसहित १०० रूपैया पठाए । चिठीमा प्रहरीले अवरोध गरेकाले तिमीहरू जिल्ला फर्क भनेर लेखिएको थियो ।

२०३९ सालमा कोईराला निवास, विराटनगरमा ज्योती कोईरालाको विवाह थियो । विहेमा किशुनजी पनि आएका थिए । किशुनजीले हिडेरै विराटनगर घुम्ने ईच्छा व्यक्त गरेपछि गाईडका रूपमा किशुनजीलाई साथ दिन नोना आमाले थापालाई भनिन् । त्यतिबेला किशुनजीसँग झण्डै अढाई घण्टा बिताउन पाएको क्षण अहिले पनि थापा सम्झिरहन्छन् । सन्त नेताले उनलाई राजनीतिसँगै पढाईलाई पनि निरन्तरता दिन सुझाव दिएका थिए त्यो बेला ।

२०३६ देखि २०४६ सम्मै भएका विभिन्न विरोध, धर्ना, आन्दोलनमा निरन्तर सहभागी र नेतृत्व गरेका थापा बाराम्बर पक्राउ परि हप्ता दिन देखि डेढ महिनासम्म पटकपटक हिरासतमा बसे । २०५२ को मध्यावधि निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवारका लागि मोरङको क्षेत्र नं. २ बाट थापाको नाम एकल सिफारीस भएको थियो । त्यहिबेला गिरीजाबाबुले काठमाडौं बोलाएर सो स्थान बसन्त भट्टराईलाई छोडिदिन आग्रह गरे । बदलामा केन्द्रमा कतै लाने आश्वसन दिए । आफ्नो नाममा आईसकेको पार्टीको टिकट पनि अन्तत उनले भट्टराईलाई छाडिदिए । यो चोटी पनि कोईरालाले थापालाई दिएको आश्वासन पुरा गरेनन् ।

पछि कांग्रेस विभाजन भयो । उनि शेरबहादुर देउवाले नेतृत्व गरेका नेपाली कांग्रेस प्रजातान्त्रिकतिर लागेर महासमिति सदस्य बने । २०६२/०६३ को जनआन्दोलनमा कांग्रेस प्रजातान्त्रिककै तर्फबाट स्वास्थ्यकर्मी परिचालन गर्ने जिम्मा लिएर आन्दोलनमा सहभागी भए । जनआन्दोलन सफल भएपछि सन् २००६ को अगष्टमा उनी अमेरिका उडे । पछि नेपाली कांग्रेस एक भयो । तर यसमा उनको व्यक्तिगत रूपमा फरक मत थियो । प्रजातान्त्रिक शक्तिको पनि विकल्प हुनुपर्छ, त्यसैले कांग्रेस एक हुनु हुदैन भन्ने उनको विचार थियो । राजनीतिक घटनाक्रमहरू विकास हुदै जाँदा नेपाली कांग्रेसले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको लाईन समातेपछि उनले सधैँका लागि कांग्रेस त्यागे ।

अहिले पुरा जीवन विताएको पार्टी छाडेर ६२ बर्षीय थापा स्वतन्त्र छन्, अमेरिकामा बस्छन् । तर मातृभूमिको राजनीतिक खिचातानी देखेर ढुक्कले बस्न सकेका छैन । कहिले सुध्रेलान् हाम्रा नेताहरू र कहिले बन्ला नेपाल ? यो गम्भीर प्रश्न सधै मनमा खेलिरहन्छ अमेरिकामै भए पनि ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बामपन्थी एकता रूपान्तरण कि नेताहरूको सुरक्षित अवतरण ?

इन्द्र नारथुङे पूर्व माओवादीसहित विभिन्न वाम घटकहरू मिलेर आज “नेपाली कम्युनिस्ट पार्टी” निर्माण हुँदैछ...

किताबका कुरा: दुई औँठाका ल्याप्चेसहित मुक्ति पाएकी लादिप्माको कथा ‘प्याउली’

प्रकाश दिप्साली राई  पत्रकारिताबाट हात धोएको झण्डै दशक नाघेछ । पत्रकारिताबाट हात धुनुका पछाडि...

‘ताई ओ’ सित जोडिएको यात्रा

जानु काम्बाङ लिम्बू अचेल सप्ताहान्तपछि हाइकिङ जान्छौं । सायद ! यसैलाई भन्छन् परिबर्तन ।...

एनआरएनएको एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको...

मुन्धुङगे र साङधुङगेको नालीबेली

उत्तमकुमार लिङथेप को हुन् मुन्धुङगे र साङधुङगेहरू ? मेवाखोला(मिक्वाखोला) क्षेत्रका लिम्बूहरूले आफुहरूलाई मुन्धुङ्गे र...

नेपाली सेनाको बहुआयामिक भूमिका: राष्ट्रिय सुरक्षा, कूटनीति र सामाजिक विकास  

प्रकाश रायमझी राजनीतिक विश्लेषक नेपाली सेनाले महाशिवरात्रिको अवसर पारेर सेना दिवस मनाउँदै आएको छ...

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको...

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ ।...

आखिर ! मधेस र मधेसी समुदायप्रति राज्य किन नश्लवादी बन्छ ?

वि.वि.याक्खा भर्खरै मात्रै सकिएको एनपीएल क्रिकेट पहिलो संस्करण कीर्तिपुर खेल मैदानमा सुदुर पश्चिमलाई उपविजेतामा...

अस्मिता पत्रिकाको त्यो तीन सय रूपैयाँ

राजकुमार दिक्पाल मेरा आदर्शमध्येका एक हुन्, मेरा आफ्नै बुबा । घरमा उपलब्ध पुराना कागजपत्रहरूको...