बेलायतमा मन जित्दै मोडल अनिता - Naya Online

बेलायतमा मन जित्दै मोडल अनिता

इटहरी सुनसरकी अनिता लिम्बूले बेलायतमा चर्चित ‘आई टिभी टू’ च्यानलबाट प्रशारण हुने रियालिटी शो ‘सिक्रेट क्रस’मा सहभागिता जनाएर धेरैको मन जित्न सफल भएकी छिन् । उनको पुख्र्यौली ताप्लेजुङ जिल्ला हो भने इटहरी नगरपालिकाको तरहरामा हुर्केकी उनले सानै उमेरदेखि मोडलिङ र डान्सिङमा दिलचस्पी राख्ने गरेकी थिइन् ।

नेपालमा कक्षा १२ मा विज्ञान विषयमा अध्ययन सकेर अध्ययनको शिलशिलामा यूके पुगेकी उनले बेलायतमा ब्यूटी थेरापी सम्बन्धी अध्ययन पूरा गरिसकेकी छिन् । बर्हिगमको एक फेशन शोबाट मोडलिङ शुरू गरेकी उनले अक्सफोर्ड फेशन विक र लण्डन फेशन शो मा पनि भाग लिइसकेकी छिन् ।

सोही शिलशिलामा उनी आई टिभी टू बाट प्रशारण हुने सिक्रेटक्रश मा भाग लिन पुगेकी हुन् । मलाई अडिसन मार्फत यस शो मा सहभागि हुन पाउँदा अत्यन्तै खुशी लागेको ट, यसले मेरो मोडलिङ र डान्सिङको करियरमा पक्कै पनि मद्धत मिल्ने विश्वास लिएकी छु– उनले सञ्चारकर्मीसँग बताएकी छिन् ।

सामाजिक सञ्जाल इन्टग्राममा उनको कौशल देखेर आयोजक टिमले नै उनलाई रियालिटी शो मा भाग लिन आग्रह गर्दै सम्पर्क गरेको थियो । आयोजकको आग्रहपछि उनी अडिसनमा सहभागि हुँदै ‘शो’मा सहभागि हुन पुगेकी हुन् । उक्त रियालिटी शो आई टिभी टू च्यानलमार्फत विहिबार प्शारण भएको छ आई टिभी हबमार्फत उक्त कार्यक्रम जुनसुकै समयमा पनि हेर्न सकिनेछ ।

लण्डनमा बसेर मोडलिङलाई ‘प्यासन’का रुपमा अँगाल्दै आएकी अनिताले तीन बर्ष अघि लण्डनस्थित होस्टनमा आयोजित ‘फ्लेम इन्टरनेशनल आर्ट एण्ड फेसन फेस्टिवल–२०१८’मा विभिन्न चर्चित डिजाइनरहरूको क्रियशनमा स्टेजमा प्रस्तुत भएकी थिइन् । जसमा उनी डिजाइनर अक्सना कलिनिनाको क्रियशन ‘ब्राइडल वेयर’मा शोस्टपर थिइन् ।

विभिन्न फेसन शो तथा इभेन्टहरूमा -याम्प नाम्दै आएकी अनिता लण्डनमा मोडलिङका लागि चर्चित छिन् । लण्डन जस्तो फेसनेवल सहरमा आफूलाई छोटो समयमै मोडलिङ स्थापित गर्न सफल अनिताले यहाँसम्म आउँदा दर्जनौँ फेसन शोहरू गरिसकेकी छन् । सन् २०१६ देखि उनी फेसन र मोडलिङमा सक्रिय छिन् । यसरी छोटो अवधिमै आफूलाई स्थापित गर्नुको कारण आफ्नो मिहिनेत र लगनशिलता भएको उनी बताउँछिन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

गीतकार इन्दिरा चेम्जोङको एकलौटी बजार भिडियोसहित सार्वजनिक

काठमाडौँ, १८ साउन । गीतकार इन्दिरा चेम्जोङको “एकलौटी बजार” बोलको नयाँ गीत भिडियोसहित सार्वजनिक...

इन्द्रकला राईको ‘जीवन साथी एउटै हुन्छ’ ओपेरामा

ललितपुर, १८ साउन । इन्द्रकला राईको स्वरमा जीवन साथी एउटै हुन्छ गीत ओपेरा इन्टरटेन्मेन्टबाट...

मोनी ताम्लिङः सिक्किम र नेपालका सांगीतिक पुल

ललितपुर, १८ साउन । नेपाली तथा लिम्बू गीत संगीतमा लागिपरेका व्यक्ति हुन् मोनी ताम्लिङ...

लोकाधुनिक “गरिबै भएर…” युट्युवमा सार्वजनिक

ललितपुर, १८ साउन । गायक सुमन थेबे लिम्बूको ‘गरिबै भएर…’ युट्युवमा सार्वजनिक भएको छ...

अमृतको कला मोह

काठमाडौं १६ साउन । वास्तवमा कलाकारिता एउटा रहरमात्र होइन, जहाँ गर्न सके नाम र...

भ्वाईस अफ नेपालमा छानिए ४ उत्कृष्ट

काठमाडौं, १६ साउन । द भ्वाइस अफ नेपाल सिजन ३ का शुक्रबार भएको सेमिफाइनलमा...

गणेश खड्काको रचनामा कहिले तिम्रो नजरबाट गिर्न नपरोस् सार्वजनिक

ललितपुर, १५ साउन । साहित्यकार गणेश खड्काको रचनामा नयाँ गीत सार्वजनिक भएको छ ।...

गीतकार एसपी निङ्लेकुको सयौं जुनी सार्वजनिक

ललितपुर, १५ साउन । गीतकार एसपी निङ्लेकुको रचनामा सयौं जुनी म्युजिक भिडियोमा सार्वजनिक भएको...

भर्चुअल र फिजिकल दुबैबाट मञ्चन हुँदै अनुपस्थित ३

काठमाडौँ, १५ साउन । शिल्पी थिएटरमा फ्रान्सेली नाटककार झाँ-पल सात्रएको नाटक अनुपस्थित तीन नेपाली...

छोटो चलचित्र तरेमामा लिम्बुनी गाउँको झल्को

काठमाडौँ, १४ साउन । कवि राज माङ्लाकको लेखनमा छोटो चलचित्र तरेमा युट्युवबाट सार्वजनिक भएको...