गीत–संगीतले नछुने मन सायदै होलान् -शम्भु बाछना राई - Naya Online

गीत–संगीतले नछुने मन सायदै होलान् -शम्भु बाछना राई

२०४६ साल साविक हसनपुर– २, उखुबारी (हाल हतुवागढी–९, भोजपुर) मा जन्मेका शम्भु बाछना राई गीतकार हुन् । उनका कयौं गीतहरू रेकर्ड भएका छन् उनी लेखनमा नि अब्बल छन् । वैदेशिक रोजगारीको युएइमा कार्यरत रहेका बाछना परदेशमा रहेर पनि आफ्नो देशप्रति उनको अगाध प्रेम छ । र, नै उनको गाउँघरमा हुने विभिन्न कार्यक्रम, विपदहरूमा आफ्नो कुनै कुनै रूपमा उपस्थिति जनाउने गर्दछन् । हतुवागढी अनलाइनका म्यानेजिङ डाइरेक्टरसमेत रहेर पत्रकारिताको समर्पित छन् । राईसँग आज उनको साङ्गीतिक यात्राको बारेमा आज नयाँ अनलाइनले गरेको कुराकानीको अंश ।

प्रवास बसाई कस्तो चल्दैछ ?
आजसम्म यहाँहरूको शुभेच्छा र मायाले ठिकै छ भन्नु पर्यो । यद्यपि प्रवासमा हुँदा आफ्नो जन्मभूमि र गाँऊघरको यादले सार्है पिरल्दो रहेछ ।

सिर्जनाको समय कसरी व्यवस्थापन गर्नुहुन्छ ?
यसै त प्रायः ब्यस्त नै रहनुपर्छ प्रवासमा । आफ्नो दैनिकी सम्झौतामा चलेको हुन्छ । यसर्थमा कि कत्ति बजे उठ्ने ? कत्ति बजे सुत्ने ? अरुको हातमा लगाम हुन्छ । तथापी समय हाम्रो अनुकुलतामा नचले पनि हामी मानिस समयानुकूल भएर चलायमान हुनु पर्छ ताकी यो जीवन जिउनुको सार्थकता मिलोस् जस्तो लाग्छ । सिर्जनाहरू एउटा युगसँग समकालीन नै हुन्छन् मेरो बिचारमा त्यसैले “सिर्जना सधैं अमर हुन्छ !” प्रायः समय मिलेको बेला कोरिहाल्छु अरुबेला त दैनिकी छदैंछ ।

परदेशमा रहेर पत्रकारिता नि गरिरहनु भएको छ । कत्तिको चुनौतीपूर्ण छ ?
हो अघि नै पनि भनिसकेँ प्रवासको बसाईमा समय नमिल्ने र प्राय व्यस्त नै भइन्छ । अहिले छापाखाना भन्दा पनि डिजिटल अर्थात अनलाईन न्युज पोर्टलहरूको पहुँच र क्रेज बढ्दो छ । यद्यपि पत्रकारिताको सामान्य आचार/संहिता र मुल धर्मलाई बिर्सेर टिआरपीको चंगुलमा फँसेर पित्त पत्रकारीता गर्नेहरूको भिड पनि उत्तिकै छ ।

प्रवास बसाईमा श्रमिकहरूले भोग्ने गरेका समस्याहरू र हुने गरेका गतिविधिहरूलाई विशेष चासोको विषय बनाएर मैले आफुले सकेसम्म स्वतन्त्र रूपले पत्रकारिता मार्फत पस्किने गरेको छु । योसँगै मैले हतुवागढी अनलाईन डटकमको इडिटिङ आफैले गर्नुपर्ने जिम्मेवारी पनि भएकोले समय व्यवस्थापनमा चुनौती धेरै नै छ ।

गीत कस्तो बेला लेख्नुहुन्छ ?
गीत भनेको भावना वा कुनै सन्देश व्यक्त गर्ने एउटा माध्यम हो । विभिन्न खाले गीतहरू लेखेको छु । केही आफैँ भावनामा बगेको बेला लेखेको छु जस्तै कि “मुग्लान लागे उभौलीमा…” जहाँ परदेशका बिरहहरू उन्ने प्रयास गरेको छु । कतिपय गीत साथीहरूले “सिचुएशन” अथवा यस्तो खालको गीत लेखिदिनु पर्यो भनेर अनुरोध आउँछ त्यही अनुसार कोरिदेको छु । समग्रमा भन्नु पर्दा गीत लेखनमा म मुडी नै छु ।

जब गीतले पुर्णता पाउँछ, त्यो बेलाको अनुभुति बताइदिनुस न ?
जब गीतमार्फत भन्न खोजिएको कथालाई भगवानरूपी दर्शकश्रोताहरूले रुचाइदिनु हुन्छ त्यो अनुभुतिमा एक खालको “किक्” मिल्दो रहेछ जसले गर्दा फेरी पनि अर्को सृजना पस्किनलाई प्रेरणा जगाउँदो रहेछ ।

हामीले गीत किन लेख्ने ?
गीत भावनाहरू व्यक्त गर्ने मात्र नभई कथा भन्ने अर्को माध्यम पनि हो । शब्द साँच्चिकै शक्तिशाली हुन्छ । “क्रान्तिको बिगुल फुक्न पनि गीतकै माध्यमलाई क्रान्ति गर्नेहरूले साथ लिएका थुप्रै उदाहरणहरू छन् । गीतमा गाईने शब्दहरू मन र मस्तिष्कमा यसरी बसिदिन्छ कि त्यो तपाईको आफ्नै भावना बिचार बन्न पुग्छ । गीत/संगीतले नछुने मन हुदैन । त्यसकारण आमजनमानसको मानस्पटलमा रहन गीत लेख्नुपर्छ जस्तो लाग्छ ।

प्रायः लोकलयको गीत लेख्नुहुन्छ, यसमा के मज्जा छ ?
गाँऊघरमा जन्मे हुर्केकोले होला अझ लोकमा पनि पुर्वेली लोकभाकाहरूमा धेरै मन पर्छन् । जहाँ मैले मौलिक संस्कार, संस्कृति, भाषा र जनजीवनलाई नजिकबाट नियाल्ने अवसर पाएको छु । प्रवास बसाईमा तिनै लोकधुनहरू गुञ्जिँदा साकेला, पालाम आदिमा नाँचेको रिभाइव हुन्छ । लोकलयको गीतको बेग्लै मज्जा छ । यद्यपि अन्य ढाँचाका गीतहरू पनि लेखेको छु अब रिलिज हुन लागेको “भाइरल क्वीन टिकटकवाल” युवा गायक/संगीतकार भीम राईको स्वरमा छिट्टै आउदैछ । यो डिजे टाइपको गीत हो ।

गीतसङ्गीत बिनाको दुनियाँ कस्तो होला ?
गीतसंगीत बिनाको दुनियाँ कल्पना भन्दा बाहिर होला । गीत–संगीतले नछुने मन सायदै होलान् । चाहे दुखमा होस् वा खुशीमा होस्, दुःखका आँशुहरूमा अनि हर्षका हाँसोहरूमा वा क्रान्तिका ज्वालाहरूमा, अध्यात्मका आत्म–सन्तुष्टिहरूमा पनि संगीत बगेकै हुन्छ जस्तो लाग्छ मलाई ।

भावी योजना के छ ?
गज्जबको जिज्ञासा राख्नु भो । म योजना खासै बनाउँदिन तर समायानुकुल भएर प्राथमिकताका आधारमा केही योजना बनाउने गर्छु । यहि नै भन्ने त छैन । यद्यपि प्रवासिनु अघि पूरा नभएको एउटा काम बाँकी छ । मैले अंग्रेजी साहित्यमा एम.ए. अध्ययन पूरा गर्न पाएको थिइनँ । पहिला त्यसैलाई पुर्णता दिन्छु । बाँकी त्यसपछि ।

अन्त्यमा ?
हाम्रो गन्थनलाई झर्को नमानी सुरुदेखि अन्तसम्म हेरिदिनु भो, यहाँहरू सम्पुर्ण दर्शक/श्रोता अनि शुभेच्छुकहरूलाई हार्दिक आभार ब्यक्त गर्दछु । स्वस्थ र तन्दुरुस्त रहनुहोस् ।

प्रस्तुतिः प्रकाश दिप्साली राई

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘साहित्य सिर्जना र लेखन भनेको पथ प्रर्दशक नै हो’ -नेत्रप्रसाद काफ्ले

नेत्रप्रसाद काफ्ले। धरान उप महानगरपालिका वार्ड नम्बर १३ का वडाअध्यक्ष हुन् । सदा आफुलाई...

कम्युनिष्ट पार्टी शब्दजाल बुन्नमा सिपालु हुन्छ -भीम राई, केन्द्रीय सदस्य, जनता समाजवादी पार्टी

भीम राई जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य हुन् । उनले माध्यमिक तह अध्ययनरत...

विखण्डन भएको समाजलाई एकिकृत गर्नुपर्ने जरुरी ठानेकी छु -भवानी तिवारी

धादिङ जिल्लाको मैदीगाउँमा जन्मिएकी भवानी तिवारी गैरआवासीय नेपाली संस्था (एनआरएनए) अष्ट्रियाको महासचिव छिन् ।...

‘हालिमुहाली चै गरिनँ, पार्टीले दिएको जिम्मेवारी पुरा गरेँ’ -अइन्द्रसुन्दर नेम्बाङ

अइन्द्रसुन्दर नेम्बाङ नेपाल कम्युष्टि पार्टी एमालेका केन्द्रीय सदस्य हुन् । विद्यार्थी राजनीतिबाट अगाडि आएका...

‘आत्मसन्तुष्टी, विद्रोह, कसैप्रति समर्पित र मुद्दाको लागि लेख्ने गर्छु ।’ –सुष्मा रानाहँमा

२०५० सालमा खोटाङको साविकको लामाखु हालको रुपाकोट मझुवागढी नगरपालिकामा जन्मेकी सुष्मा रानाहँमा कविता लेखनमा...

गीत–संगीतले नछुने मन सायदै होलान् -शम्भु बाछना राई

२०४६ साल साविक हसनपुर– २, उखुबारी (हाल हतुवागढी–९, भोजपुर) मा जन्मेका शम्भु बाछना राई...

‘गाउँपालिकामा निर्वाचितहरुले आफ्नै कार्यकर्तामात्रै चेप्नु राम्रो होइन’ -गंगा कुरुम्बाङ

तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका ऐतिहासिक स्थल हो । दश लिम्बुवानले संयुक्त राज्य शुरु गर्दा...

‘भाषा, साहित्य, कला संगीत कुनै जाति विशेषले नै निर्माण गर्छन्’ –रामकर राई

केन्द्रीय अध्यक्ष किरात राई साँस्कृतिक कलाकार संघ विगतका वर्षहरूमा किराँत राई साँस्कृतिक कलाकार संघले...

“दौड प्रतियोगितालाई स्थानीय र स्थानीय निकायले सकारात्मक रूपले हेरेको छ” -बिपुल मगर

गत मंसिर ५ गते मोरङको केराबारी गाऊँपालिका वडा नं. १ मा इतिहाँसमै प्रथमपल्ट “पहिलो...

‘नेपालमा मातृभाषी साहित्यको खानी छ’ -डीएन ‘उपहार’ मगर

२०३२ सालमा धनकुटाको चौविसेमा जन्मेका मातृभाषी कवि तथा गजलकार डीएन ‘उपहार’ मगर हाल कतारमा...