चलचित्र लिलिबिलिबाट डेब्यु गरेकी जसिता गुरुङ वर्ष २०२० मा संसारका सय सुन्दर युवतीको ५४औं स्थानमा परेकी थिईन् । सौन्दर्य मापन गर्ने विश्व चर्चित एजेन्सी टीसी क्यान्डलरले सय उत्कृष्टको सूची सार्वजनिक गरेको हो । इजरायलकी १९ वर्षे मोडल येल सेल्बिया सूचीको पहिलो स्थानमा सूचीकृत गर्दै संसारकै सुन्दरी युवतीको रुपमा चिनिएकी छन् । टीसी क्यान्डलर र इन्डिपेन्डेन्ट क्रिटिक्सले हरेक वर्ष यस्तो सूची सार्वजनिक गर्छन् ।
जसितालाई पछिल्ला दिनमा सम्भावना बोकेको अभिनेत्रीको रुपमा हेरिएको छ । पहिलो फिल्मबाट राम्रो सफलता र चर्चा कमाएकी गुरुङले दोस्रो फिल्म प्रदीप खड्कासँगै ‘लभ स्टेशन’ गरिन् । यो फिल्मले उनलाई चर्चा दिलाएपनि सफलता भने दिलाउन सकेको थिएन ।
पोखरामा जन्मिए पनि ७ बर्षको उमेरदेखि युकेमा रहँदै आएकी उनले उतैबाट ट्राभल एण्ड टुरिजममा अध्ययन पुरा गरेकी छिन् । अहिले हेयर र मेकअप डिजाइन अध्ययन गर्दै छिन् ।
युकेमा आयोजित चलचित्रको अडिसनबाट अभिनयका लागि छानिएकी उनी अभिनय प्रतिको लगाब सानैदेखि रहेको बताउछिन् । युकेमा आयोजित बृहत नृत्य प्रतियोगीता युके डान्स कम्पिटीसनकी बिजेता समेत रहेकी उनको जोसँग पनि सजिलै घुल्न सक्ने स्वभाव रहेको उनी बताउँछिन् ।
रिलिज भएका जसिताका दुई फिल्ममा नै उनको जोडी प्रदीप खड्कासँग थियो । अहिले चर्चामा रहिरहने नायिकामा पर्ने जसिता सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने गर्छिन् । ‘गुडिया’ जस्ती देखिने जसितालाई कतिले पुतलीसँग तुलना गर्छन् ।
पाइट र टिसर्ट आफुलाई लगाउन सजिलो हुने बताउने यी अभिनेत्री वान पिसमा भने निकै राम्री देखिन्छिन् । मेकअप तिर त्यति रुचि नभएपनि फिटनेसमा सजक यी अभिनेत्री जिम जाने गर्दछिन् । तर केही समय अगाडी देखि यो पनि बन्द भएको छ ।
चलचित्र अभिनयका कारणले जिम जान नभ्याएकी उनले घरमै ट्रेडमिल किनेकी छन् । त्यसमा दौडिएर रेगुलर एक्सरसाइज गर्ने उनले बताइन् । उनलाई घुम्नभन्दा पनि खाना बनाउन फ्यामिलिसँग रमाउन र चलचत्रि हेर्न मनपर्छ ।’
मेनुका प्रधान, साम्राज्ञी र प्रियंकाको अभिनय मन पराउने उनी आफ्नो सौन्दर्यमा धेरे ख्याल गर्दिनन् रे । ’सामान्य मेकअफ त गर्नु पर्यो नै । त्यो भन्दा बढी म स्क्रिनको ख्याल गर्छु । म, धेरै कस्मेटीक आइटम प्रयोग गर्दिन ।’ उनले भनिन् ‘मेकअपमा सधै प्रयोग गर्ने भनेको आइल्याण्डर, आइस्याडो लगायत हुन् ।’
त्यसो त प्रेममा अफर आउने नगरेको पनि होइन उनलाई । प्रेममा अफर धेरै आउने गरेका छन् । तर उनले एसेप्ट गरेकी छैनन् । ‘अफर गर्नेलाई अहिले करियर बनाउने क्रममा छु । म तपाइहरुको अफर स्वीकार्न सक्दिन । मलाई बुझिदिनुस्’ भनेर आफुले सम्झाउने गरेको उनले खुलाइन् ।
गोरो अनुहार, आकर्षक जिउडाल लोभलाग्दो बैसले भरिएकी यी अभिनेत्री कस्तो केटा मन पर्छ ? प्रश्न राख्न नपाउदै जवाफ फर्काइन् ‘मलाई बुझ्ने, कुरा मिल्ने, सबैको ख्याल गर्ने, अरुलाई इज्जत गर्ने, सम्मान दिने केटा मनपर्छ ।
जीवन एउटा यात्रा हो । यसमा उतार चढाप आइरहन्छ’ जीवनका बारेमा उनले राख्ने धारण हुन् यी । उनको चलचित्र अभिनयमा राम्रो गर्ने, सबैले चिन्ने पपुलर अभिनेत्री बन्ने सपना पनि छ ।
बिकसित मुलुमा बसेर हुर्किएकी यी अभिनेत्री प्रेममा त पक्कै होलिन् ? यो प्रश्नमा उनको जवाफ छैन भन्ने नै छ । ‘अहिले प्रेममा रमाउने बेला होइन । करियरमा फोकस गर्ने समय हो यसैमा फोकस छु’ उनी भन्छिन् ।
अनलाइनहरूबाट
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।




